चितवन । साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो ।
‘आज मलाई यस्तो लागेको छ कि म फूलै फूलको बीचमा बसेर गीत गाइरहेको छु, भाइ बहिनीहरुबीच गीत गाउँदा मलाई मेरो बैंशका दिनहरु याद आइरहेको छ,’ गुरुङले अलिकति वैंशका कुरा उधिन्दै भने – ‘मेरो अनुरोध छ है, कुनै पनि बच्चालाई घरभित्र लुकाएर राखिएको छ भने ती बच्चालाई स्कुलमा जान सबैले सहयोग गर्नु हो....ई ।’ दर्शकले एकै स्वरमा फेरि होईमा होई मिलाए ।
चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र प्रदेशसभा सदस्य विजय सुवेदीको परिवारसहित नेपथ्यसँग रमाए । चितवनका प्रहरी उपरीक्षक दीपक थापा र उनको परिवार नेपथ्यको गीतमा झुम्दै नाच्नुभयो । प्रदेशसभा सदस्य सुवेदीले नेपालीपनको उत्कृष्ट प्रस्तुति भन्दै नेपथ्यको प्रशंसा गरे ।
बीच बीचमा सन्देश बाँड्ने गुरुङले डा गोविन्द केसीको आन्दोलनमा साथ दिन पनि अपिल गरे । ‘हिमाल पहाड तराई कोही छैन पराई, हामी मिलेर बसौं हो...ई ।’ यसरी उनले राष्ट्रियताको सन्देश बाँडे । लोकसंस्कृति र भाषा बचाउन पनि उनले आग्रह गरे । देश बनाउन हामी आफैं लाग्नुपर्छ भन्दै गुरुङले ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ गीत प्रस्तुत गर्दा कम्मर नमर्काउने दर्शक शायदै थिए । उनले तिमी पनि नेपाली म पनि नेपाली, यो जिन्दगानी, हिमाल चुचुरे, रेशम, तालको पानी गाएर दर्शकलाई २ घण्टा मुग्ध पार्नुभयो । उहाँले ‘रातो र चन्द्र सूर्य’ गीतबाट दर्शकसामु एकताको सन्देश छाड्दै प्रस्तुतिको बीट मारे । उनलाई ड्रम्समा ध्रुव लामा, देश गितारमा सुविन शाक्य, मादलमा शान्ति रायमाझी, पियानोमा सुरज थापा र गितारमा निरज गुरुङले साथ दिएका थिए । शान्ति यात्राका क्रममा चितवनको रत्ननगरमा नेपथ्य व्याण्डले ४ वर्ष अघि प्रस्तुति दिएको थियो । रासस
प्रतिकृया लेख्नुहोस्: