Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

धरानमा फकिर कवि

\"\"प्रकाश आङ्देम्बे मेरा लागि कवि हुन् । तर, बल्ल कवितासंग्रह प्रकाशनको तयारी गर्दै छन् । बरु उनले आफूलाई नाटककार, गजलकार र फिल्म निर्देशकका रूपमा स्थापित गराइसकेका छन् । नेपालमा तांकासंग्रह निकाल्ने औँलामा गनिने कविमध्ये हुन्, प्रकाश आङ्देम्बे । उनको पहिलो पहिचान कवि नै हो । र, आज जे छन्, त्यो धरानले नै दिएको देन हो । अहिले पनि उनी धरानले खनेको गोरेटोमा हिँडिरहेका छन् । उनको धरान आगमनको कथा भने सुखद छैन । अाजकाे नयाँ पत्रिकाकाे  मध्यपृष्ठमा लेखिएकाे छ-न त धरान बहिर्गमनको कथा नै सुखद छ । दमकको सातफुटे कोठा उनी आमासँगै झापाको शरणामती बस्थे । पाँच कठ्ठा जमिन र सानो झुप्रो घर थियो । बुवाले अर्को बिहे गरे । त्यहाँसम्म पनि ठीकै थियो । तर, बुवा बिरामी परेपछि सबै कुरा बिग्रियो । उपचारका लागि जग्गा बन्धकी राखेर ऋण लिए । ऋण एक हजार रुपैयाँ मात्र थियो । आफन्तसँगै काढेको । तर, तिर्न सकेनन् । जग्गा हडपियो । अनि सुकुमबासी भए । बस्ने ठाउँको खोजी गर्दै दमक आए । आमा छोरा एउटा सानो कोठा लिएर बस्न थाले । कोठा झन्डै सात स्क्वायर फुटको थियो । भाडा ५० रुपैयाँ । कोठामा सुत्न मिल्दैन थियो । पकाउने र खाने मात्र । उनीहरू पशुहाटको एउटा घरको बरन्डामा सुत्न जान्थे । तर, त्यहाँ प्रत्येक दिन दिउँसै गएर ठाउँ रोक्नुपथ्र्यो । ठाउँ रोक्न प्रकाश २ बजे नै पुगिसक्थे । बुवा र सानिआमा अलिकमाथि हाटखोलामा बस्थे । बुवा र सानीआमाको झगडा परिरहन्थ्यो । त्यसको कारण प्रकाश र उनको आमा नजिकै बस्नु पनि थियो । सानिआमातिरका भाइबहिनी साना थिए । प्रकाशकी आमा बच्चालाई माया गर्ने । उनीहरू ठूलीआमालाई भेट्न आइरहन्थे । आउँदा सडक पार गर्नुपथ्र्यो । गाडीले ठक्कर दिने डर हुन्थ्यो । आमा डराइबस्थिन् । नआओ भन्न पनि नसक्ने । त्यसकारण बुवाले उनीहरू त्यो ठाउँ छाडेर गइदिएहुन्थ्यो जस्तो गरे । तर, जाने ठाउँ थिएन । बुवा र सानीआमा दमक हाटखोलाको सुकुमबासी बस्तीमा बस्थे । दीप खड्का भन्ने सुकुमबासी नेता बुवालाई भेट्न आइरहन्थे । उनको घर धरानको सुकुमबासी बस्तीमा थियो । आमा छोराको दुःख देखेपछि उनले बुवालाई धरानको सुकुमबासी टोलमा जग्गा भएको बताए । नहुनेले आश गर्नुबाहेक अरू उपाय हुन्न । प्रकाशकी आमालाई पनि आफ्नै जग्गामा बस्न पाइने आशा लाग्यो । उनीहरू धरान जान राजी भए । मक्किसकेको छाना र ढल्लाजस्तो भित्ता ०४९ सालमा प्रकाश ६ कक्षा पढ्थे । आमासँग लागेर धरान पुगे । उनीहरूलाई छाड्न बुवा र सानीआमा धरानसम्म आएका थिए । धरान पुगेपछि उनीहरू फर्किए । त्यहाँ कोही चिनेजानेको मान्छे थिएन । थिए त उनीहरूलाई लिएर आउने दीप खड्का मात्र । उनको घर दुईकोठे थियो । आमा छोरा त्यहीँ बस्न थाले । तर, खर्च थिएन । खर्चको नाममा आमासँग १३ रुपैयाँ रहेछ । फर्किने वेला बुवा र सानीआमाले खर्चबारे केही सोधेनन् । अब पाइलैपिच्छे समस्या थियो । लिम्बू जातिमा निकै परसम्म पनि नाता खोज्ने चलन छ । धरान धेरै लिम्बू जातिको बसोवास भएको ठाउँ । नाता खोज्दै जाँदा प्रकाश र उनकी आमाले पनि धेरै आफन्त भेटाए । सहयोग नै गर्ने भन्ने कम मात्र । गैह्रीघरे बाजे र बजुले भने निकै सहयोग गरे । उनीहरू दीप दाइको घरमा दुई महिनाजति बसे । सुकुमबासी टोलमा नै लम्बुडे भनिने दाइ थिए । उनको खास नाम अधिकांश टोलवासीलाई थाहा थिएन । लम्बुडे दाइको पुरानो फुसको घर थियो । छाना मक्किसकेको, भित्ता पनि ढल्ला ढल्लाजस्तो । लम्बुडे दाइले त्यही घर सजाएर बस्ने भए आफूले दिने प्रस्ताव गरे । उनीहरू बस्ने भए । टाउको लुकाउनसम्म मिल्ने थियो । छानामा प्लास्टिक लगाए । भित्ता टाले । तर, वर्षाको पानी प्लास्टिकले नछेक्ने । घरभित्र आहाल जम्थ्यो । रगतको साइनो टाढा, मनको नजिक उनले धरान गएको एक वर्षपछि ६ कक्षा पास गरे । ७ कक्षा भर्ना गर्ने पैसा थिएन । आफन्तले पत्याएनन् । भर्ना गर्न एक सय ६० रुपैयाँ लाग्थ्यो । उनीहरूका लागि त्यो निकै ठूलो पैसा थियो । कमाउने आमा मात्र । उनी पनि रोगी थिइन् । कमाएको पैसा खाना र औषधिमै सकिन्थ्यो । सुकुमबासी टोलछेउमै मधेसी मूलका नरेश र ललिता बस्थे । उनीहरूलाई प्रकाश मामा–माइजू भनेर सम्बोधन गर्थे । प्रकाशले पैसा नभएर भर्ना गर्न नसकेको नरेश मामाले थाहा पाएछन् । उनले प्रकाशलाई बोलाएर हात समात्दै शिक्षा सदन मावि पु¥याए । भर्ना गरिदिए । आफन्त भनेको रगतको नाता मात्र होइन रहेछ । आफन्त भन्नु त मन रहेछ । किनभने जग्गा हडप्ने तिनै आफन्त थिए, जोसँग रगतको साइनो थियो । विद्यालय भर्ना गर्दिने ती आफन्त थिए, जोसँग मनको साइनो थियो । विद्यालयमा चैतन्य इजम, अखण्ड भण्डारी, रमेश लिम्बू, लक्ष्मी, सुधालगायत प्रकाशका साथी थिए । गोपाल पौडेल, चन्द्रमणि अधिकारी नेपाली पढाउने शिक्षक थिए । गोपाल सरको पढाउने शैलीबाट सबै विद्यार्थी प्रभावित थिए । चन्द्रमणि सरचाहिँ लेखक । उनका निबन्धका पुस्तक प्रकाशन भइसकेका थिए । उनको प्रेस पनि थियो । आफैँ पत्रिका निकाल्थे । त्यसकारण विद्यार्थीलाई पनि लेख्न प्रेरित गरिरहन्थे । उनैले प्रकाशमा पनि साहित्यको छाप पारे । कक्षा ७ पढ्दा नै उनले आफ्नो क्षमता देखाउन थालिसकेका थिए । एकपटक वादविवाद प्रतियोगिता हुने भयो । उनी बोल्नमा तगडा थिए । साथीहरूले भाग लिनुपर्छ भनेर फुक्र्याए । उनले पनि भाग लिए । दोस्रो भए । त्यतिवेला राजनीति विद्यालयसम्मै आइपुगेको थियो । अनेरास्ववियुले प्रारम्भिक कमिटी र नेवि संघले इकाइ समिति बनाउँथे । प्रकाश बोल्न सिपालु । दुवै संगठनको नजरमा परेका थिए । एकपटक चिनेकै दाइहरू कक्षामा आए । कमिटी बनाए । सिन्दूर लाइदिए । भाषण गर्न सिकाए । उनले पनि गरिदिए । बल्ल अरूले भनेपछि पो थाहा पाए कि उनी त कम्युनिस्ट पो भइसकेछन् । जब सरले कविता च्यातचुत पारिदिए उनले ०५३ सालतिर नै विद्यालयमा ‘सजाय’ भन्ने नाटक गरे । त्यतिवेला उनी ९ कक्षामा पढ्थे । नाटक लेखन र निर्देशन उनकै थियो । अभिनय पनि गरे । अहिले सम्झिँदा त्यतिवेला विद्यार्थी बिग्रिनुको मनोविज्ञान खोजेको रहेछुजस्तो लाग्छ रे, उनलाई । तर, तरिका पुगेको थिएन भन्ने उनको आफ्नै ठम्याइ छ । त्यतिवेला जिल्लास्तयरीय कविता प्रतियोगिता हुन्थे । उनी तुक मिलाएर लेख्थे । अर्थात्, अन्त्यानुप्रास मिलाएपछि कविता बन्छ भन्ने थियो । कविताको विषयवस्तु र सारको मतलब थिएन । प्रतियोगिता हुने भयो । त्यो पनि जिल्लास्तरीय । साथीहरूले उनलाई ‘तँ त खतरा लेख्छस्, भाग लिनुपर्छ,’ भने । उनले नेपाली सरलाई कविता दिए । तर, सरले त कवितै च्यातेर फ्याँकिदिए । आफूलाई मन परेको कविता सरले त पत्याएनन् । उनले पनि इख लिए । सरलाई देखाउँछु भनेर एउटा पूरै कापी कविताले भरे । अहिले पनि त्यो कापी उनीसँग सुरक्षित छ । तर, कविता भने गतिला भएनछन् । अहिले हेर्दा त उनलाई लाज लाग्छ रे ! तर, त्यसले उनलाई कविता लेख्ने अभ्यास भने राम्रै भएछ । त्यतिवेला कविता हिमाल, पहाड, जंगल, खोला, नदी, देश, आमा आदिबारेमा हुन्थ्यो । सबै विषयमा अरूले नै कविता लेखिसकेपछि आफूलेचाहिँ केबारे लेख्ने होला भन्ने उनलाई चिन्ता लाग्थ्यो । तनाव लिएर सोची बस्थे । ती अनौठा साथीहरू उनी ‘गरिमा’ खुब पढ्थे । तर, नयाँ अंक कम मात्र किन्थे । पुराना अंक सस्तोमा पाइन्थ्यो । उनले गरिमा किनिरहँदा उनका साथी चैतन्य इजम भने ‘जापानका लोककथा’जस्ता पुस्तक छान्थे । ती लोककथा उनी पनि पढ्थे । निकै प्रतिभावान् थिए, चैतन्य । तर, उनी पछि लाहुरे भए । कवि बन्न सकेनन् । प्रकाशका अर्का साथी थिए, विजयपुरका लोकराज निरौला । अहिले उनी राजनीतिमा छन् । लोकराज पहिलादेखि नै आशावादी । जुनसुकै कुरा पनि हुन सक्छ भन्ने विश्वास थियो । आफूसँग नभएको कुरा सम्झिएर कहिल्यै दुःखी हुँदैन थिए । बाबुको मृत्युमा पनि ‘मान्छेलाई नै पर्ने हो, यस्तै हो’ भनेर आफैँ चित्त बुझाउँथे । लोकराजकै कारण उनीहरूले ‘बिहानी सांस्कृतिक केन्द्र’ खोले । त्यसपछि आफैँ कविता गोष्ठी गर्न थाले । बिहानीको अध्यक्ष अनुप सबल थिए । खास नाम, अनुप संग्रौला । प्रकाशचाहिँ महासचिव । अनुप अनौठो स्वभावका थिए । माओवादीसँग पुलिसको पक्षमा कुरा गर्थे, पुलिससँग माओवादीको । अनि कांग्रेससँग कम्युनिस्टको र कम्युनिस्टसँग कांग्रेसको समर्थन । पछि उनी हराए । न बेपत्ताको सूचीमा छन्, न मृतकको । आफैँलाई कुकुर सम्झेर लेखेको त्यो कविता पहिलोपटक ०५३ सालतिर उनको ‘कुकुर’ शीर्षकको कविता ‘ब्लाष्ट’ दैनिकमा छापियो । कुकुर इमानदार, बफादार भएर पनि मान्छेहरूले उसलई हेला गर्छन् भन्ने कविताको सार थियो । उनी पनि आफन्तको घरमा बस्थे । काम सघाइदिन्थे । कहिलेकाहीँ नराम्रो वचन खानुपथ्र्यो । त्यही अनुभूतिलाई उनले कवितामा उतारेका थिए । तर, कविता धेरै सशक्त थिएन । तुक मिलाएर लेखेका थिए । कविताजस्तो भए पनि उनलाई त्यहीकारण साथीहरूले चिन्न थाले । धरानबाट छापिने ‘न्युज पोष्ट’, ‘मर्निङ टाइम्स’लगायत पत्रिकामा पनि कविता छापिन थाले । जस बेखर्चीलगायतले ती पत्रिकाको अन्तिम पृष्ठमा स्तम्भ लेख्थे । ब्लाष्टमा राजकुमार कार्कीको स्तम्भ आउँथ्यो । धरानमा चलेका लेखक कविले पनि उनलाई चिन्न थाले । गोविन्द विकलको त्यो गजल उनको गोविन्द विकलसँग पहिलो भेट दमकमा भएको हो । विकल धरान आउजाउ गरिरहन्थे । गोविन्द विकल फकिरजस्ता । प्रकाश पनि फकिर नै थिए । गोविन्द विकल अभावमा बाँचेका । उनी पनि अभावमै बाँचेका । अभावले मान्छेलाई नजिक बनाउँदो रहेछ । उनीहरूको उमेर मिल्दैन थियो । तर, पनि नजिक भए । जीवनको अन्तिमकालसम्म उनी गोविन्द विकलसँग निकट थिए । गोविन्द विकलले एउटा गजल लेखेर सुनाए । पहिलोपटक प्रकाशलाई नै सुनाएका थिए । त्यसको पहिलो सेर उनी कहिल्यै बिर्सिंदैनन् । नसोध्नू है तिमी मेरो घरको ठेगाना । तिम्रो दिल, मेरो जीवनभरको ठेगाना ।। प्रकाशको न घर थियो, न जीवनको कुनै भर । गोविन्द विकल पनि दुईपटक विवाह गरेर असफल भएका थिए । उनको जीवनयात्रा कहाँ पुग्छ टुंगो थिएन । सायद, यही गजलजस्तो थियो, दुवैको जीवन । त्यतिवेला धरानमा कुन्ता शर्मा, गोविन्द विकल, बद्री पलिखे, बम देवान, कृष्ण पाख्रिनलगायत नाम चलेका कवि थिए । कुन्ता शर्माको कविता ‘पोथी बास्नुहुँदैन’ उनले पहिलोपटक स्टेजमा कुन्ता शर्माकै मुखबाट सुनेका थिए । त्यतिवेला कविताको विद्रोह शक्ति उनले बुझेनन् । तर, अहिले सम्झिँदा त्यसले कविता लेख्ने ठूलै हौसला दिएको ठान्छन् । धरानमा उनी कवितामा खास जमेनन् । बरु उनका नाटक खुब मन पराइएको थियो । ‘सजाय’ नाटक स्कुल हुँदा नै गरे । ‘गरिबको दशा’ नाटक बिहानी सांस्कृतिक केन्द्रबाट विभिन्न स्थानमा देखाए । कलेज पढ्न थालेपछि ‘आमाको सपना’ नाटक गरे । उनी धरानमा कविभन्दा बढी नाटक गर्ने मान्छेको रूपमा चिनिन्थे । तर, उनको पहिलो परिचय भने कवि नै थियो । दुःखमा आए, दुःखमै छाडे धरान प्रकाश आङ्देम्बेले ०५५ सालको अन्त्यतिर धरान छाडे । धरान छाड्दा पनि उनको खल्ती रित्तो थियो, जसरी धरान आउँदा रित्तो थियो । एसएलसी पास भइसकेका थिए । जागिर थिएन । आमा रोगी । सुकुमबासी बस्तीको बसाइ । आमाले काम गर्न सक्न छाडेपछि उनलाई जिम्मेवारी बढ्दै थियो । तर, धरानले जागिर पत्याएन । अनि भौतारिँदै फेरि दमक पुगे । दमकमा भेटिए, धरानका सुमन जवेगू । उनी एउटा बोर्डिङमा भाइस प्रिन्सिपल भइसकेका थिए । त्यहीँ उनले नृत्य सिकाउन थाले । अनि, दमक बसेर धरानमा खनेको गोरेटो हिँड्दै कवि र गजलकार बने । त्यही बाटो हिँडेर फिल्म बनाए । धरान उनको दुःखको भूमरी थियो । त्यही भूमरीमा पसेर उनले जीवन सिके ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies