Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

माओवादीको वैचारीक आलोकमा एमालेको एकता सम्भव छ !

नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एक आपसमा संघर्षबाट अचानक एकतामा आउने विषयले वामपन्थी जनता आशावादी बनेका छन् ।वामगठबन्धन निर्माण पछिको प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा एमाले सानदार पहिलो पार्टी बन्याे । यतिबेला, वामगठवन्धनका निर्माता पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली,एक अर्काको ब्यवस्थापनसंगै पार्टी समयोजन आगामी दिनमा कसरी गर्नेछन !भन्ने आम जनताको चासो बनेको छ। प्रचण्ड र ओलीबारे अहिले बजारमा धेरै अड्कल बाजी चलिरहेको छ । वामगठवन्धनका सुत्रधार प्रचण्डले नेपालका वामपन्थी मिल्नै पर्ने भन्दै पहिलो संविधानसभा चुनाव अघि  पहल र पछि सरकारमा एमाले लाई सामेल गराउनुभयो । वर्तमान समयमा एमाले मा अहिले नेतृत्व फरक छ,प्रवृत्ती पनि यद्मपि त्यति वेला वनेको गठवन्धन नै अहिले निरन्तरता हो ।
एमालेले पनि नवौं महाधिवेशनबाट राष्ट्रिय पुजींको निर्माणलाई मुख्य बनाएको छ । उत्पादनका साधन बढाएर मात्र राष्ट्रिय पुजीं निर्माण आशींक संभव छ । कुनैबेला पुजींवादको धुरन्धुर विरोध गर्ने अहिले एमाले नेताहरुको लगानी हाईड्रोमा, आफ्नै निजि अस्पताल, झलनाथ खनाल प्रतिष्ठान, निजि विद्मालय विश्वविद्मालयमा र \'क\' वर्गका बै‌कमा कराेडौ सेयर गरेका छन् । पार्टीको महाधिवेशनले सरकारको ढुकुटी बढाउने उद्देश्य लिएको भए पनि ब्यवहारत नेताहरू आफ्नै  थैलीमा भर्नमा ब्यस्त छन । एमालेको सिद्दान्त र ब्यवहार नदिको दुई किनार जस्तो छ ।
वामगठवन्धनका दुई ठुला कम्युनिष्ट पार्टीहरुले घोषणापत्रमा घोषणा गरे अनुरूप कार्यन्वयन पनि गंभीर हुन्छन कि हुदैन आम जनताको चासो विषय रहेको छ । विगतमा बहुदलीय ब्यवस्थाका लागि पञ्चायत विरुद्ध शसक्त संघर्ष गर्ने मध्यको एउटा पार्टी एमाले हो । गणतन्त्रका लागि निरंकूश राजतन्त्र विरुद्ध शसस्त्र संघर्ष गरेको माओवादीले संविधान सभाबाट गणतन्त्र संस्थागत हुनु र संविधान बन्नु भनेको कार्यनिति सफलता हो । यसर्थ राजनिति विचारबाट चल्ने हुदाँ संख्यामा एमाले ठुलो भए पनि आजको राजनीतिको कोरीयोग्राफर माओवादी बनेको छ । अहिले माओवादी को वैचारीक धारमा एमालेको संगठन एकता हुने संभावना छ । आफ्नो निजि सम्पत्ति पार्टीकरण गरेका माओवादी नेताहरुले हेटौडा महाधिवेशनबाट उत्पादनका स्रोत र साधन बढाउदै समाजवाद यात्रा तय गरेका छ । महाधिवेशनले सरकारका उद्मोग कलकारखानलाई सुचारु गर्न दवाव दिएको थियो । यसै अनुरुप मुलुक वर्तमान संविधानमा वामपन्थीहरूको पहलमा,\'अव समाजवाद तर्फ मुलुक उन्मुख हुनेछ,\' लेखीएको छ । वामपन्थीहरूले संविधानमा समाजवाद उल्लेख गराउनुलाई ज्यादै ठुलो उपलब्धी मानिएको छ । एमालेले पनि नवौं महाधिवेशनबाट राष्ट्रिय पुजींको निर्माणलाई मुख्य बनाएको छ । उत्पादनका साधन बढाएर मात्र राष्ट्रिय पुजीं निर्माण आशींक संभव छ । कुनैबेला पुजींवादको धुरन्धुर विरोध गर्ने अहिले एमाले नेताहरुको लगानी हाईड्रोमा, आफ्नै निजि अस्पताल, झलनाथ खनाल प्रतिष्ठान, निजि विद्मालय विश्वविद्मालयमा र \'क\' वर्गका बै‌कमा कराेडौ सेयर गरेका छन् । पार्टीको महाधिवेशनले सरकारको ढुकुटी बढाउने उद्देश्य लिएको भए पनि ब्यवहारत नेताहरू आफ्नै  थैलीमा भर्नमा ब्यस्त छन । एमालेको सिद्दान्त र ब्यवहार नदिको दुई किनार जस्तो छ । पार्टीको नाम एकिकृत मार्क्सवादी लेनिनवादी राख्ने तर मार्क्सवादको मुख्य सारत्व वल प्रयोगको सिद्दान्त नमान्ने, लेनिनवादको सार जनताको अधिनायकत्व नमान्ने ! अनि मार्क्सवादी लेनिनवादी पनि भईरहने ! मार्क्सवाद र लेनिनवादका आधारभुत सिद्दान्त नमान्ने कुन प्रकारको एमाले कम्युनिष्ट पार्टी हो ! [caption id=\"attachment_169647\" align=\"alignleft\" width=\"300\"]\"\" लेखक[/caption] कम्यनिष्टहरू वर्गीय हुन्छन । वर्गीय दृष्टीकोण प्रतिको आस्था र निष्ठामा वैचारीक रूपमा माओवादी प्रष्ट छ । तर एमाले पार्टी श्रमजिवि र उत्पीडीत वर्ग तथा मधेशी जनजातीलाई अधिकार दिने विषयमा सधै विपक्षमा हुन्छ । एमालेको यो चरित्र मार्क्सवाद र नेपालको परिवेशमा वस्तुनिष्ठ छैन् । जनयुद्ध माओवादी केन्द्रको राजनितिक जग हो । देश वहुदलिय व्यस्थामा प्रवेश गरे पश्चात विकास निर्माण  जनताका अधिकारलाई व्यवास्था गर्दै निर्वाचित दलका नेताहरु फोहरी संसदीय खेलमा मस्त भएपछी मुलूकको  आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र समस्या ग्रस्त हुदां तत्कालिन समयको माग थियो \'जनयुद्ध\'। माक्सवाद लेनिनवाद र माओवादको आलोकमा ठोस परिस्थितिको ठोस बिश्लेषण गरेर जनयुद्ध मुलुक सुरु भएको हो । माओवादी अहिले राष्ट्रीय अन्तराष्ट्रीय स्तरमा परिवर्तनकारी शक्तीका रूपमा सकारात्मक सन्देश प्रवाह भईरहेको छ,त्यो सवै जनयुद्धले नै संभव बनाएको हो।नेपालमा जनयुद्ध संघिय गणतन्त्र जग हो । माओवादी नेता कार्यकर्ताको ढुकढुकीमा बसेको जनयुद्ध छ । मुलुकमा जनयुद्ध चलिरहेको वेला राजातन्त्रकालिन समयमा मन्त्री बन्ने ओली अन्जान बन्दै अहिले जनयुद्ध माथि प्रश्न गर्नु भनेको गणतन्त्र नेपाललाई ब्यङ्ग्य गरे जस्तो हुन्छ । अहिलेको चुनावमा एमालेले धेरै जनमत प्राप्त गरेको छ, जनताको जनमतलाई सलाम । ठुलो पार्टी बनेपछि फराकिलो मन हुन आवश्यक हुन्छ । माओवादी नेता कार्यकर्ता ओलीमा शालीनता खोजिरहेका छन् । यतिबेला एमाले आफ्नै जगमा मात्र ठुलो भएको भन्ने भ्रम मन मतिष्कमा राख्नु भनेको माओवादी मतलाई बिर्सनु हो । दुई पार्टी एकतालाई अल्मल्याउनु हो । स्वार्थको मकुण्डो लगाएर पार्टी एकता नभई  ठुलो पार्टी बनाउने उद्देश्यका साथ वामगठवन्धन भएको हो भने, यो सरासर जनताको मत माथि खेलवाड हो |
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending