Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

नेपालमा असाधारण संकटको समाधान : राजनीतिक स्थिरता

‘ईश्वरले तिनैलाई सहयोग गर्छन्, जसले स्वयंमलाई सहयोग गर्ने गर्छन्’– अंग्रेजीमा प्रचलित यस भनाइको वर्तमान नेपालको सन्दर्भमा निकै सम्झना भैरहेको छ । यस भनाइको मूल तात्पर्य भनेको मानिसहरुले स्वयंमलाई सहयोग गर्न समर्थ हुनु नै निर्णायक हुन्छ भन्ने हो । त्यतिबेला मात्र अरु कसैको (यहाँसम्म कि ईश्वर समेतको) सहयोग पनि काममा आउन सक्छ, जतिबेला स्वयम मानिस आफूलाई सहयोग गर्न समर्थ हुन्छ । नेपालमा यस्तो संकट आइपरेको छ कि हामी छिमेकी मित्रहरुले हेर्दा–बुझ्दा नै मुटु काम्न थाल्छ । र, थप चिन्ता त्यसबेला बढ्न जान्छ, जतिबेला नेपालको राजनीतिक अस्थिरतामा हामीले ध्यान केन्द्रत गर्छौं । नेपालमा विश्वभरका देशबाट सहयोग जारी रहेको छ तर बाहिरबाट आउने सहयोगको सधैं एउटा सीमा हुने गर्दछ । अन्ततोगत्वा त नेपालीहरुले नै, मुख्य गरेर सरकारले नै आफूलाई सहयोग आफैंले गर्नुपर्ने हुन्छ । विकट गाउँमा एक किसानले पत्रकारलाई भने– ‘हामीलाई हाम्रो सरकारमाथि विश्वास छैन ।’ यो अत्यन्तै चिन्ताजनक अवस्था हो । वास्तवमा हामीलाई सरकार संकटदेखि जुध्न नसकिरहेको झैं लागिरहेको छ । पहल गर्न  पनि कसले भनोस्, बाहिरबाट आउने सहयोग पनि राम्रोगरी व्यवस्थापन गर्न सकिएको छैन । गत जुन महिनामा म काठमाडौंमा थिएँ । मैले त्यहाँका विश्वविद्यालयसहित कयौं गोष्ठीहरुमा सहभागिता जनाएँ । संविधानसभाका ‘बहस’ हरु सुनें र प्रत्यक्ष आफैंले त्यसको गरिमा महशुस गरें । म त्यहाँबाट दुईटा धारणा लिएर फर्किएँ– पहिलो, नेपाल धेरै सम्भावनाहरुको देश हो । त्यहाँको बौद्धिक समुदायमा समाजलाई नेतृत्व गर्ने, भारतका बौद्धिक समुदायमाभन्दा धेरै क्षमता छ । त्यो किनभने उनीहरुले आफ्नो देश–समाजलाई बुझेका छन् र त्यसमा उनको गहिरो चासो छ । संविधानसभामा पनि म खासगरी महिला सदस्यहरुको प्रखरता देखेर अत्यन्त प्रभावित भएको थिएँ । मेरा मित्र नरेश लगातार मेरै साथ हुन्थे र नेपालीमा भनिएका कुराहरु, जहाँ मैले बुझ्न अप्ठ्यारो पर्दथ्यो– मलाई बुझाउने गर्थे । दोस्रो, यति धेरै सम्भावनाहरुका बाबजुद पनि नेपाली मध्यमवर्गमा हताशा बढदै गइरहेको छ किनकि उनीहरुले संक्रमणबाट पार पाउने अझैसम्म कुनै विकल्प नै देखापरेको छैन । पार्टीहरुको नेतृत्वले समाजलाई आश्वस्त पार्न सकेका छैनन । पार्टीहरुमा बढ्दो संकीर्णता प्रबुद्ध मानिसहरुको पनि ‘सिनिकल’ बनेको छ । यो अत्यन्त नकारात्मक स्थिति हो किनकि नेपाली मित्रहरुका उद्धरणहरुबाटै नेपालमा विभिन्न कोणबाट विदेशी हस्तक्षेप बढदै गइरहेको थाहा हुन्छ । यहाँसम्म कि यो हस्तक्षेप सांस्कृतिक जीवनमा समेत देखिएको छ र त्यससँग जुध्ने कुनै उपाय हाम्रासामु छैनन । त्यहाँबाट फर्किएपछि मैले आफ्नो पत्रिका ‘इतिहासबोध’ को एउटा अंक नेपालकेन्द्रित भएर प्रकाशित गर्ने निर्णय लिएँ– ‘नेपालः हिजो, आज र भोलि ।’ यस विषयमा विस्तृत रुपरेखा बनाएर नेपाल र भारतका मित्रहरुलाई देखाइयो र सबैतिरबाट सहयोग पाउन थालियो । यस अंकको तयारीका क्रममा नेपाललाई समग्रतामा हेर्ने प्रयास गरियो । मेरो आशावादिता कायम छ । नेपालजस्तो देशमा गणतन्त्रको स्थापना र जनतान्त्रिक समाजवादको दिशामा भैरहेका प्रयोगले मलाई र मजस्ता अनेकौं मानिसहरुलाई उत्साहित हुने अवसर प्रदान गरेको छ । त्यस मार्गमा आएका अवरोधसँगै दुनियाको आँखा नेपालमा संविधान निर्माणको प्रयास र प्रक्रियामा अडिएको छ । संविधान निर्माणमा बढ्दो अवरोधका कारण मानिसहरुमा निराशा बढिरहेको छ । तर, म भने अझै पनि हताश भैसकेको छैन । यहाँ एउटा के कुरा सत्य हो भने नेपालमा जुन स्तरको वैचारिक भिन्नता छ, उनीहरुका बीच सर्वस्वीकार्य संविधान निर्माण हुन कठिन छ । तर, संक्रमणको स्थितिमा ‘अधिकतम सहमति’ (हाइयस्ट डिनामिनेटर) मा राष्ट्रिय सहमति हुनु आवश्यक हुन्छ । नेपालमा सयबेला जुन संकट छ, त्यसबाट पार पाउन दसौं वर्ष लाग्न सक्छ । यदि यस्तै अस्थिरता कायम रहिरह्यो भने त नेपालमा सामाजिक मनोविज्ञान बिग्रँदै जाने अवस्था आउन सक्छ । कुनै पनि समाजका लागि मनोवैज्ञानिक समस्याहरु सबैभन्दा धेरै खतरनाक हुन्छन् । प्रायः राजनीतिक दलहरु त्यसमा ध्यान दिँदैनन् किनकि उनीहरुको सोच तात्कालीकताग्रस्त हुन्छ । सही देशभक्ति र मानवीयताका लागि विवेक र दूरगामी सोच निर्णायक हुन्छ । नेपालका राजनीतिक पार्टीका नेतृत्वकर्ताहरुका निम्ति यो समय परीक्षाको घडी हो । यदि उनीहरु तात्कालीक संकीर्णता र निहीत हितभन्दा माथि उठ्न सकेनन् भने इतिहासले उनीहरुलाई कहिल्यै माफ गर्ने छैन । उनीहरुसँग यही अपेक्षा छ कि सर्वस्वीकृत संविधानका लागि सहमति बन्दैन भने एउटा अन्तरिम संविधान बनाउन पहल गरुन्, जसमा आवश्यकताअनुसार संशोधन गर्दै अगाडि बढ्न सकियोस् । नेपालका राजनीतिक दलहरुले यस विषयमा भारतको संविधानलाई पनि एकसरो हेर्न सक्नेछन्; जुन एक प्रकारको अन्तरिम संविधान नै थियो किनकि जुन कुरा तत्काल कार्यान्वयन गर्न सकिँदैन, तिनलाई राज्यका नीतिनिर्देशक तत्वहरुको कोटीमा राखिएको थियो । जसमा अझै पनि कयौं कुराहरु आज पनि कार्यान्वित हुन सकेको छैनन् । तर, आवश्यकताअनुसार एक सयभन्दा धेरै पटक संशोधन गरिसकिएको छ । तर, पनि बीचबीचमा नयाँ संविधानसभाको माग भने उठी नै रहेको छ । नेपाल त नराम्रोगरी संकट र संक्रमणमा अल्झिएको छ । जबसम्म संविधान बन्दैन, तबसम्म कुनै पनि प्रभावकारी सरकार पनि बन्न सक्दैन । नेपालका निम्ति तत्काल प्रभावकारी र जनपक्षधर सरकारको अनिवार्यता छ । आशा छ, नेपालका विभिन्न पार्टीका नेतृत्वहरु सम्पूर्ण शक्ति लगाएर नेपाललाई संकटबाट निकाल्न जुट्नेछन् र दूरगामी सामाजिक हितका लागि तात्कालीक पार्टीगत हितहरुलाई गौण ठान्न समर्थ हुनेछन् । ज–जसले यसो गर्न सक्नेछन्, तिनैले इतिहासलाई गति दिनेछन् र ज–जसले यस्तो गर्न सक्नेछैनन्, उनीहरु इतिहासको फोहोरमा बिलिन हुनेछन् । (वर्मा इलाहावाद विश्वविद्यालयका इतिहास विषयका निवर्तमान प्राध्यापक हुन्)

(अनुवाद : नरेश ज्ञवाली)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies