Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

कस्तो चुनाव, कसको चुनाव !

\"\"चुनाव सकेर काठमाडौं फर्केका उम्मेदवारहरू अहिले खर्चका दुईथरी विवरण बनाइरहेका छन् । एउटा, सक्कली खर्चको लामो सूची र अर्को निर्वाचन आयोगलाई दिने किफायती विवरण । हारेका र जितेका दुवैका लफडा उस्तै छन् । गाडी, साउन्ड सिस्टम, होटल र प्रचार सामग्रीका बाँकी बिलका लागि जिल्लाबाट फोन आएकाआयै छन् । आमा समूह, युवा क्लब, मन्दिर र अरू सामुदायिक संस्थासँगका ‘कमिटमेन्ट’ त कति छन् कति ! अाजकाे नयाँ पत्रिकामा छापिएकाे यो लेख तिनै उम्मेदवारमध्ये करिब एक दर्जन साथीहरूका अनुभवमा आधारित छ । सबैभन्दा पहिले टिकट पाउनै महाभारत छ । कि ‘दाइहरू’ दाहिना हुनुपर्‍यो, कि दाम । सुरुसुरुमा ठेकेदार र व्यापारीलाई मात्र टिकट बेच्ने नेताहरूले आजकल मिलेसम्म आफ्नै कार्यकर्तालाई पनि ‘फ्री’ मा टिकट दिन छाडेका छन् । जे–जसरी होस्, टिकट पाएपछि चुनाव सुरु हुन्छ । पार्टी त छन् तर चुनावमा अब पार्टीले पनि ‘फ्री’ मा केही गर्दैनन् । आजकल पार्टी चुनाव लड्दैनन्, व्यक्ति मात्रै लड्छ र टिकट लिएर निर्वाचन आयोग छिरेकै वेलादेखि उम्मेदवार नितान्त एक्लो हुन्छ । उसका कुनै पनि राजनीतिक र भावनात्मक सम्बन्धहरू अब काम लाग्दैनन् । उम्मेदवारले सबैभन्दा पहिले आफ्नै पार्टी र नेता साथीहरूमा लगानी गर्नुपर्छ । पछि मैले पनि चुनाव लड्नुपर्ला भनेर दयामाया गर्ने कोही हुँदैन । बेग्लाबेग्लै गाडी र पैसा नपाएसम्म तिनले फोन उठाउँदैनन् । पैसा र गाडी मिलाइसकेपछि फेरि तिनैले अन्तर्घात गर्ने हुन् कि भनेर बेग्लाबेग्लै जासुस खटाउनुपर्छ । अब पालो आउँछ कार्यकर्ताको । कार्यकर्ता अब फेरिइसकेका छन् । निकै थोरैलाई खानपान र जलपान गराए पुग्छ । धेरैलाई ज्यालादारी कामदारझैँ दैनिक पैसामै परिचालन गर्नुपर्छ । पेट्रोल, दारु र मासु त अनिवार्य भइहाले । आफ्नै कार्यकर्तालाई पैसाले किनेपछि बल्ल उम्मेदवार जनतातिर फर्कन्छ । ‘जनता’का पनि थुप्रै ठेकेदार छन् । जो भेटिन्छ, ‘कम्तीमा तीन सय मत मुठीमा’ भएको मात्र भेटिन्छ । ठेकेदार उदार छ, ऊ आफैँलाई केही चाहिँदैन । उसले केवल सघाउन खाजेको हो, ‘मतदाता परिचालनका लागि दश लाखजति’ भए ऊ मिलाउन तयार छ । त्यस्ता ठेकेदार हरेक टोलमा दश–बीसजना छन् र ती अत्यन्त लोकतान्त्रिक ढंगले विनापक्षपात हरेक उम्मेदवारका लागि उपलब्ध र सम्पर्कमा छन् । अब पालो आउँछ, होनहार युवाशक्तिको । होनहार युवाशक्ति पाएसम्म बाइककै प्रतीक्षामा छ । नेविसंघ होस्, तरुण दल होस्, अखिल होस् वा वाइसिएल होस्, आफ्नै पार्टीका लागि पनि ऊ फ्रीमा केही गर्दैन । चुनाव हो यार, बिहान पेट्रोल र बेलुका लाग्ने झोलसहित दैनिक केही सय रकमलाई उसले आफ्नो लोकतान्त्रिक अधिकार मानेको छ । चितवनका एकजना उम्मेदवारले चुनाव हारे फिर्ता गर्नुपर्ने र जिते आफ्नै हुने सर्तमा दुई सयजति सेकेन्ड ह्यान्ड मोटरसाइकल बाँडेको चर्चा थियो । ‘केटा परिचालन गर्न’ टोलटोलमा ‘युवा नेता’ छन् । तिनको ‘परिचालन खर्च’ टोलैपिच्छे केही लाखको हाराहारीमा आउँछ ।
टिकट पाउनै महाभारत छ । कि ‘दाइहरू’ दाहिना हुनुपर्‍यो, कि दाम । सुरुसुरुमा ठेकेदार र व्यापारीलाई मात्र टिकट बेच्ने नेताहरूले आजकल मिलेसम्म आफ्नै कार्यकर्तालाई पनि ‘फ्री’ मा टिकट दिन छाडेका छन् ।
टोलैपिच्छे युवा क्लब छन् । पहिले ती भकुन्डो र नेट मागेर चित्त बुझाउँथे । लोकतन्त्र संस्थागत हुँदै जाँदा क्लबका मागहरू पनि ‘संस्थागत’ भएका छन् । दश–बीसजनाका ती क्लब चार–पा“च लाखमै सहयोग गरिदिन तयार छन् । अब आउँछ सबैभन्दा करुण दृश्य । उम्मेदवार आमा समूहहरूकहाँ पुग्छ । आमा समूहहरू पहिले पाँच सय–हजारमा चित्त बुझाउँथे वा भाँडाकुँडा र टेन्टका लागि सहयोग माग्थे र टीका लगाइदिन्थे । अब तिनले ‘तीसजनाको समूह हो, तीन लाख चाहिन्छ’ वा ‘भवन बनाउन दश लाख चाहिन्छ’ भन्न थालेका छन् । अर्थात्, अब आमाहरूले नै भोट बेच्न थालेका छन् । जनता जनार्दन आआफ्ना ढंगका ‘मेनु’ लिएर बसेको छ । ऊ मिलेसम्म सबै उम्मेदवारको खाइदिने दाउमा छ । आखिर चुनाव हो । चुनावमा नखाए कहिले खाने ? नेपालमा कम्युनिस्ट आन्दोलनको ठूलै सफलता भन्नुपर्छ, सुकुमवासी र विपन्न बस्तीलाई चाहि“ अब सबैले ‘किन्नैपर्ने’ ठाउँ मान्ने भएछन् । लालपुर्जाका आश्वासन यति पुराना भएछन् कि अब भाषणमा पनि यो भनिन छाडेछ । गाली सुकुमवासी र विपन्नले खाए पनि मत बेच्न भने मध्यमवर्गले तिनलाई उछिनिसकेछ । काकाकै छोरा होस्, चुनाव भनेपछि पैसा नपाई मोटरसाइकल स्टार्टसम्म गर्दाे रहेनछ । लोकतन्त्रको महोत्सव हुनुपर्ने चुनाव धनोत्सव र जाँडोत्सव भइसकेको छ । सबैजसो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धी उम्मेदवारले थोरैमा दुई करोडभन्दा माथि खर्च गरेका छन् । यसरी एउटा निर्वाचन क्षेत्रमा सबैको जोडेर थोरैमा दश करोड खर्च भएको छ । सबै जोड्दा १६५ क्षेत्रको कुल हिसाब सोह्र अर्ब हुन आउँछ । आखिर यो सोह्र अर्ब नेताहरूले राज्यकोषबाटै जुटाउने हुन् । ठेकेदारहरूसमेत ‘यसरी त कसरी चुनाव लड्ने ?’ भन्ने गुनासो गर्न थालेको देशमा इमानदार राजनीतिज्ञ कसरी चुनाव लड्ने ? निर्वाचन लोकतन्त्रको अन्तिम भ्रम हो, मेरो एक मतले मैले राज्य चलाएको छु भन्ने भ्रम । त्यो मत जाँडमा, मोटरसाइकलमा र आमा समूहका प्लास्टिकका कुर्सीमा बेचेपछि लोकतन्त्रका नाममा अरू कुनै भ्रम कसैले पाल्न हुँदैन । इमानदार व्यक्तिका लागि चुनाव अब वरदान होइन, श्राप भइसकेको छ । लोकतन्त्रका लागि यो खतराको सबैभन्दा ठूलो चेतावनी हो । नेता त भ्रष्ट थिए थिए, अब जनताले पनि सदाचारको शिक्षा दिने हैसियत गुमाउन थालेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies