Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

त्रिवि दीक्षान्त समारोहमा एकै व्यक्तिले पाए तीन पदक

\"\"काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा एकै व्यक्तिले तीन वटा पदक प्राप्त गरेका छन् । स्नातकोत्तर तहको विस २०७१ तर्फ प्रशन्नकुमार तामाङले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक गरी तीन वटा पदक प्राप्त गरेका हुन् । स्नातकोत्तर तहको प्रथम श्रेणीमा प्रथम र सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकाले उनले उक्त तीन वटा पदक प्राप्त गरेको त्रिविको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले बताए । उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–३ का तामाङले स्नातकोत्तर तहमा गणित विषयमा केन्द्रीय विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट उत्तीर्ण गरेका हुन् । उनले आफूले तीनबाट पदक पाएकामा खुशी व्यक्त गरे । ‘‘मिहनेतको फल प्राप्त भएको अनुभव भएको छ”, उनले भने, ‘‘पदकले मलाई थप हौसला प्रदान गरेको छ ।” तामाङले गणित विषयमा विद्यावारीधि गर्नका लागि अमेरिका जाने तयारीमा रहेको बताउँदै विद्यावारीधि गरेसकेपछि पुनः नेपालमा फर्की विश्वविद्यालयमा शिक्षण पेशा गर्ने धारणा व्यक्त गरे । यसैगरी समारोहमा त्रिवि प्राध्यापक संघद्वारा स्थापित शहीद हरिराज अधिकारी स्वर्ण पदकबाट व्यवस्थापन संकायमा एमफिलतर्फ सर्वोकृष्ट अंक ल्याउने डम्बर सुवेदीलाई सम्मान गरिएको छ । उनले जनप्रशासन क्याम्पस बल्खुबाट एमफिल गरेका हुन् । त्यस्तै समारोहमा स्नातकोत्तरतर्फ २० र स्नातकतर्फ ११ जनालाई समेत विभिन्न पुरस्कार प्रदान गरिएको छ । सबैलाई प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरबहादुर देउवा र भारतस्थित जवारलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राडा एम जगदीश कुमारले पुरस्कार तथा पदक प्रदान गरेका हुन् । समारोहमा विभिन्न संकायबाट ६२ जनालाई विद्यावारीधि उपाधि प्रदान गरिएको छ । पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको प्राङ्गणमा भएको दीक्षान्त समारोहमा ६ हजार २६७ विद्यार्थी दीक्षित भएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending