Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

गठबन्धनले थाल्यो नयाँ सरकार बनाउने तयारी

बर्लिन । अष्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी तथा चरम दक्षिणपन्थी फ्रिडम पार्टीबीच संसदीय निर्वाचन भएको करिब दुई महिनापछि नयाँ सरकार गठनका लागि सहमति भएको छ । गठबन्धनले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसँगबाट सहमति माग गरेका छन् । चुनावमा पिपुल्स पार्टीले जिते पनि सरकार बनाउन आवश्यक बहुमत ल्याउन नसकेपछि नयाँ सरकार गठनका लागि गठबन्धन गरिएको हो । राष्ट्रपति सरकार गठनका लागि नयाँ गठबन्धनलाई अनुमति मिलेमा पिपुल्स पार्टीका नेता ३१ बर्षीय जेबास्टियन कुर्ट्ज नेतृत्व सम्हाल्ने विश्वकै सबभन्दा कान्छा नेता बन्नुहुुने छ साथै पश्चिम युरोपमा चरम दक्षिणपन्थी पार्टी सरकारमा भएको अष्ट्रिया एक्लो मुलुक बन्नेछ । पिपल्स पार्टीका जेबाष्टियन कुर्ट्ज र फ्रिडम पार्टीका हाइन्ज क्रिष्टियन स्ट्र्याचबीच नयाँ सरकारका लागि सहमति बनेको भएपनि सरकारका कार्यक्रमबारे विस्तृत विवरण दिइएको छैन । दुई महिना अघिको चुनावमा युरोपको आप्रवास संकट मुख्य मुद्दा बनेको थियो जुन आप्रवासन विरोधी फ्रिडम पार्टीले लामो समयदेखि वकालत गर्दै आएको थियो । कुर्ट्जले कन्जरभेटिभ र दक्षिणपन्थी मतदातासँग आप्रवासीको युरोप प्रवेश गर्ने मार्ग बन्द गर्ने, शरणार्थीलाई दिँदै आएका सहुलियत नियन्त्रण गर्ने र अष्ट्रियामा बसेको पाँच वर्ष पुरा नभएसम्म राज्यका विभिन्न सुविधा नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । फ्रिडम पार्टीले कुर्ट्जलाई आफूहरुको नीति चोरेको आरोप लगाउँदै ढोँगी नेताका रूपमा चित्रण गरेको थियो । यसैबीच राष्ट्रपतिलाई सहमतिबारे जानकारी गराउन जानु पहिले कुटर््जले गठबन्धनमा ‘राम्रो र मजबुत नेतृत्व टोली’ रहेको प्रतिक्रिया दिनुभयो । समिकरण अनुसार कुटर््ज अष्ट्रियाको गभर्नर बन्ने र स्ट्र्याच भाइस चान्सलर बन्ने लगभग पक्कापक्की भएको छ । राष्ट्रपति भान देर बेलेनले राष्ट्रिय चाहना तथा आवश्यकता अनुसार गठबन्धनमा रहेका सबैजनाले मजबुत यूरोपेली महासङ्घको पक्षमा काम गर्न तयार बनेका बतए । गठबन्धनको नीति तथा कार्यक्रम शनिबारनै घोषणा गर्ने तयारी रहेको गठबन्धन समूहका नेताहरूले जनाए ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending