मंसिर २८ गते, २०७४ बिहिवार 14th December, 2017 Thu१५:०२:५८ मा प्रकाशित
काठमाडौं ।एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ ।
थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो । जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
म्यानमारलाई सानो योगफलमा समेट्ने क्रममा नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले चार÷चार विकेट लिए । जोशीले तीन ओभरमा दुई मेडन राखि मात्र एक रन खर्चे । थापाले तीन ओभरमा चार रन मात्र दिए । विशाल विक्रम केसीले एक विकेट लिए ।
ब्याटिङतर्फ म्यानमारका हियन अयुङले सर्वाधिक ३ रन बनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: