Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

शान्ति सुरक्षाको कारण देखाउँदै एक बर्षका लागि सैनिक कानून

\"\"मनिला । फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानूनको अवधि थप एक वर्षका लागि थपिएको छ । उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्काे एक वर्ष सो सैनिक कानून जारी राख्नुपर्ने भन्दै उक्त कानून बुधबारको संसद बैठकमा प्रस्तुत गरिएको थियो । यसैसँगै फिलिपिन्समा यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्तेको अर्को जित भएको रूपमा उहाँका समर्थकहरूले लिएका छन् । एक वर्षभन्दा लामो समयदेखि संसदमा चर्चामा रहेको यो कानून बुधबार पुनः एक वर्षका लागि थप भएको छ । सो क्षेत्रमा जारी रहेको यस कानूनको अवधि अगामी डिसेम्बर ३१ सम्म रहेको थियो । अब उक्त मितिबाट अर्को वर्षको डिसेम्बरसम्मका लागि थप भएको छ । आगामी सन् २०१८ को डिसेम्बरसम्मका लागि उक्त कानून लम्ब्याउन संसदमा अनुरोध गर्दै राष्ट्रपति डुटेर्तेले संसदसँग आग्रह गरेका थिए । राष्ट्रपतिको यस आग्रहको विद्रोही तथा संसदका विपक्षी दलहरूले विरोध पनि गर्दै आएका थिए । यस कानूनलाई सिनेट, प्रतिनिधिसभा दुवैले पारित गरेको छ । यस कानून पारित गर्नका लागि संसदमा भएको मतदानमा २४७ जना सांसदले पक्षमा र २७ ले विपक्षमा मतदान गरेका थिए । करिब दुई करोड व्यक्तिको बसोबास रहेको यस मिन्दानाओ प्रान्तको दक्षिणी शहर मराबी सशस्त्र इस्लामिक आतङ्ककारीहरूले कब्जा गर्दै आएका थिए । विद्रोहीको कब्जामा रहेको उक्त शहरलाई पछि सरकारले सैनिक कारबाहीमार्फत फिर्ता गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending