Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

सरकारी जग्गालार्इ अाफ्नो नाममा बनाउन मन्त्री बिक्रम पाण्डेको यस्तो हर्कत

\"\"चितवन । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ (साविक ७) को टिकौली पुल नजिक रहेको जग्गा किर्ते कागज बनाएर आफ्नो कम्पनीको नाममा बनाएका छन् ।
\"\"
यस अगाडिको मन्त्री परिषद्मा आफू भूमि सुधार तथा व्यवस्था मन्त्री हुँदा पाण्डेले उक्त जग्गाको मुआब्जा लिइसकेका व्यक्तिलाई पुनः उचालेर सरकारी कागजातहरु किर्ते गराएर उक्त जग्गा आफ्नो नाममा गर्न लगाएका थिए । विकासका चर्का भाषण गरेर नथाक्ने र आदर्शका कुरा गर्दै जनतालाई गुम्राहमा पार्नृे बहालवाला मन्त्री पाण्डे यति बेला चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । उनी पद र सत्ताको चरम दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिमा गिद्दे नजर लगाउन माहिर भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्दा उनले गरेका कर्तुतहरु खुल्दै गएका छन् ।
\"\"
विक्रम सम्वत् २०३१ पुस ८ गते राजपत्रमा सूचना प्रकाशीत गरि तत्कालीन खाद्य, कृषि तथा सिँचाई मन्त्रालयको नाउँमा अधिग्रहण भएको जग्गालाई आफू मन्त्री हुँदा हडप्दै उक्त जग्गा आफ्नो कम्पनीको नाममा गराएका हुन् । तत्कालीन समयमा पुराना जग्गाका मोहीहरु छन्दप्रसाद अधिकारीको परिवारहरुको नाममा रहेको पाँच विघाहा सात कठ्ठा १३ धुर जग्गा २०७४ जेठ २३ गते आफ्नै कालिका अटो ईन्जिनियरिङ्ग प्रा.लि.को नाममा किर्ते गरेका थिए । यद्यपि उक्त जग्गा खगेरी सिँचाई आयोजनाको नाममा सरकारले २०३१ सालमा नै अघिकरण गरेको थियो ।
\"\"
खगेरी सिँचाईको नाममा जाने प्रक्रियामा रहेको जग्गालाई मुआब्जा दिने क्रममा रहँदा अहिलेका वन मन्त्री पाण्डेले पहिलो पटक मन्त्री बनेपछि मुआब्जा बुझेकालाई पनि किर्ते कागज बनाएर उक्त जग्गा आफ्नो नाम गराउन खोजेका हुन् । मन्त्री पाण्डेको कर्तुत स्थानीयले बुझेपछि यसको विषयमा रत्ननगर नगरपालिकालाई खबर गरेका थिए । स्थानीयको जानकारीपछि गत असारमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अध्यक्ष हरिकुमार श्रेष्ठको संयोजकत्वमा रत्ननगरको सार्वजनिक जग्गा खोजी तथा छानविन समिति गठन गरेको छ ।
\"\"
पाण्डेले जग्गा कब्जा गरेर दर्ताका लागि नामसारी र किनबेच सिफारिस पाउँ भनि निवेदन दिएपछि पाण्डेको जग्गा किर्ते सम्बन्धि रहस्य बाहिर आएको रत्ननगर पालिका कार्यालयले जनाएको छ । जग्गा आफ्नो नाममा आउनु अगाडि नै उनले अहिले उक्त जग्गा कब्जा गरि आफ्नो निर्माण सामग्री राख्दै अन्य कामहरु गर्दै आएका छन् । सुकुम्बासीलाई वैज्ञानिक व्यवस्थापन र जग्गा दिन्छु भन्दै हिँड्ने मन्त्रीले नै सरकारी जग्गामाथी आँखा गाडेका छन् ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको कालिका कन्स्ट्रक्सन प्रालि रहेको ठाउँको नारायणी लिफ्ट सिँचाईको जग्गा समेत पाण्डेले हडप्दै निजी काममा प्रयोग गर्दै आएका छन् । कन्स्ट्रक्सन रहेको ठाउँको जग्गा समेत बिबादित भएपनि शक्तिको आडमा पाण्डेले सरकारी नियम मिचेका छन् ।
\"\"
साथै दुई महिना अगाडि नेपाल कम्युनिस्ट पार्टी विप्लब समूह निकटका व्यक्तिहरुले उक्त जग्गामा झण्डा समेत गाडेका थिए । पाण्डेले सत्ता र शक्तिको दुरुपयोग गर्दै सार्वजनिक जग्गा हडप्न खोजेका भन्दै विप्लब समूहले उक्त जग्गामा झण्डा गाडेका थिए
\"\"
\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending