Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

माधव नेपाल भर्सेस दीपक कुइँकेलः दुबै जित्नेमा ढुक्क छन्

\"\"काठमाडौं । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मत माग्ने निकै चटारो छ । वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले)का नेताका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेल छन् । नेपाल र कुइँकेल दुवै घरदैलोमा भोट माग्न व्यस्त छन् । निर्वाचनको समय नजिक आइसकेको हुनाले भोट माग्ने अन्तिम क्षणमा पनि सभा, समारोह र घरदैलोमा पुगिरहेका छन् । सो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका–९ र ३२, कागेश्वरी मनहरा नगरपालिकाको ४ देखि ९ नंसम्मका वडा र शंखरापुर नगरपालिकाका नौ वटै वडा समेटिएका छन् । सो निर्वाचन क्षेत्रका वाम गठबन्धनका उम्मेदवार नेपाल र काँग्रेसका उम्मेदवार कुइँकेल दुवैले आ–आफ्ले जित्ने दाबी गरेका छन् । मत आफ्नो पक्षमा पार्नका लागि दौडधुप पनि उत्तिकै चलिरहेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार सो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ६४ हजार ७५६ छन । स्थानीय तहको निर्वाचनमा आएको मत परिणामलाई हेर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) मत १९ हजार १९६ रहेको छ । यहाँ काँग्रेसको मत १५ हजार ६२७ रहेको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेसभन्दा एमाले एक्लैको मत तीन हजार ५६९ बढी छ । यसमा माओवादीको कूल मत पाँच हजार ७३२ जोड्दा २४ हजार ९२८ पुग्छ । यसरी हेर्दा वाम गठबन्धनको मत नौ हजार ३०१ मत बढी छ । नेता नेपालले आफ्नो जित सुनिश्चित रहेको उल्लेख गर्दै भने “मेरो जित सुनिश्चित छ, स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा पनि मैले जितिसके, मलाई जिताउन यस क्षेत्रका जनता आतुर छन ।” नेता नेपाल आफूले निर्वाचन जित्नेमा ढुक्क छन् । नेपाली काँग्रेसका उम्मेदवार कुइँकेलले भने, “निर्वाचन जिप्नेमा म ढुक्क छु, मतदाताको मन, साथ र सहयोगले मैले चुनाव जित्छु ।” कुइँकेललाई पनि आफूले निर्वाचन जित्ने आशा बढेर गएको छ । उम्मेदवार नेपाल र कुइँकेलको चुनाव जित्छु भन्ने आधार त्यहाँको विकास निर्माण र जनताको मत जित्नु नै हो । सो निर्वाचन क्षेत्रबाट संविधानसभा पहिलोमा हार ब्यहोर्नु भएका नेता नेपाल दोस्रो संविधानसभा निर्वाचनमा विजयी थिए । दोस्रो पल्ट दुई ठाँउबाट जितेका नेपालले पार्टीले त्यहाँ छाडेर मधेश जान्न आग्रह गरेपछि सो निर्वाचन क्षेत्र छोडेका थिए । नेता नेपालले छोडेपछि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कुइँकेल विजयी भएका थिए । मत माग्ने समय पनि निकै अन्तिम चरणमा पुगेको छ । अब मतदातालाई रिझाउन सक्नेले बढी मत ल्याउने देखिन्छ । कोटेश्वरीकी मतदाता मनमाया श्रेष्ठले भने “सडक, खानेपानीको विकासदेखि लिएर जनताको दुःखमा जस्ले हेर्छ, उसैलाई मत दिने हो ।” मनमायाको भनाइले पनि जुन उम्मेदवारले मतदाताको मन जिप्न सक्छ । उसैको भागमा मत पर्ने पक्का छ । वाम गठबन्धनका तर्फबाट सो क्षेत्रको प्रदेश (क)मा सानु श्रेष्ठ, प्रदेश (ख)मा मणिराम फँुयाल छन् भने नेपाली काँग्रेसबाट प्रदेश (क)मा लोकेश ढकाल र प्रदेश (ख)मा मनहरि खड्का उम्मेदवार छन् । प्रदेशसभाका उम्मेदवारहरु पनि मत माग्ने हतारोमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending