Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

डोनाल्ड ट्रम्पको ट्वीटले कंग्रेसलार्इ तनाव

\"\"अमेरिकी कंग्रेसका सदस्यहरुले संघीय अनुसन्धान निकाय एफबीआइ, त्यसका पूर्व निर्देशक र गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको हस्तक्षेपसँग सम्बन्धित राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका श्रृंखलाबद्ध ट्वीटप्रति चिन्ता व्यक्त गरेका छन् ।

केही डेमोक्रेट्सले न्यायिक प्रक्रियामा राष्ट्रपतिले अवरोध पुर्‍याउने विषयमा शंका बढ्दै गएको बताएका छन् भने एकजना रिपब्लिकन सिनेटरले ट्रम्पलाई आफ्ना ट्वीटबारे सावधानी अपनाउन सुझाव दिएका छन् । ट्रम्पका एकजना निजी वकिलले एउटा ट्वीटको जिम्मेवारी लिएका छन् । उक्त ट्वीटमा राष्ट्रपतिका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले मस्कोसँग उनको सम्पर्कबारे एफबीआइसँग झुटो बोलेको कुरा ट्रम्पलाई पहिल्यैदेखि जानकारी भएको उल्लेख छ । शनिवार उक्त ट्वीट लेख्ने क्रममा गल्ती भएको ट्रम्पका ती निजी वकिलले स्वीकार गरेका छन् । आफूले एफबीआइका पूर्व निर्देशक जेम्स कोमीलाई फ्लिनमाथिको अनुसन्धान रोक्न भनेको भन्ने आरोपप्रति ट्रम्प फेरि खनिएका छन् । एउटा ट्वीटमा ट्रम्पले एफबीआइको प्रतिष्ठा \'धुजाधुजा\' भएको लेखेका छन् । अमेरिकी निर्वाचनमा रुसको आरोपित हस्तक्षेपसम्बन्धी विशेष काउन्सेल रोबर्ट मुलरको अनुसन्धानमा भइरहेको विकासक्रमका बीच ट्रम्पले ट्वीटमार्फत पछिल्लो आक्रमण गरेका हुन् । आफूलाई निर्वाचित गराउनका निम्ति आफ्नो चुनावी अभियान समूहले रुससँग साठगाँठ गरेको भन्ने आरोप ट्रम्पले अस्वीकार गर्दै आएका छन् । एफबीआइका एकजना कर्मचारीले टेक्स्ट सन्देशमार्फत ट्रम्पविरोधी अभिव्यक्ति दिएको भन्दै गर्मीयाममा एफबीआइका पूर्व निर्देशक मुलरले अनुसन्धानबाट ती कर्मचारीलाई हटाएको भन्ने विवरणहरु यसै सप्ताहन्तमा सार्वजनिक भएका थिए । ती कर्मचारीले त्यस्तो अभिव्यक्ति दिएको थाहा भए लगत्तै उनलाई निलम्बन गरिएको मुलरका एकजना प्रवक्ताले बताएका छन् । रुसी राजदूतसँगको आफ्नो भेटघाटको प्रकृतिबारे उपराष्ट्रपति माइक पेन्ससमक्ष गलत ढंगले प्रस्तुत गरेको भन्दै राष्ट्रपति ट्रम्पले गत फेब्रुअरीमा पूर्व सुरक्षा सल्लाहकार फ्लिनलाई पदबाट बर्खास्त गरेका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending