Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

उत्तर कोरियासँग युद्ध हुने दिन नजिक रहेको ट्रप्पका सल्लाहकारको खुलासा

\"\"ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर मकमास्टरले अमेरिका र उसका मित्र शक्तिहरु उत्तर कोरियाले आफ्नो परमाणु लक्ष्य हासिल गर्नु अघि नै समस्याको समाधान गर्न हतारिएको बताएका छन् ।

उनी क्यालिफोर्नियामा एक प्रतिरक्षा मामिलासम्बन्धी मञ्चमा बोल्दै थिए । त्यसक्रममा उनले उत्तर कोरियासँग युद्धको सम्भावना हरेक दिन बढिरहेको बताए । तर उनले हतियारको प्रयोग विना पनि उत्तर कोरियाले सिर्जना गरेको चुनौतीको समाधान गर्न सकिनेमा जोड दिए । मकमास्टरले भने, \"तर यो एक दौड जस्तै भएको छ र त्यो नजिक भन्दा नजिक आइरहेको छ। अब हामीसँग धेरै समय छैन ।\" उनले चीनको भूमिका महत्वपूर्ण रहेको बताउँदै उसले उत्तर कोरियालाई तेल आपूर्ति पूरै बन्द गरिदिएमा उसको क्षेप्यास्त्र कार्यक्रमलाई कठिन बनाइदिन सकिने बताए । उनले भने, \"हामी चीनलाई चीनकै चासोमा कदम चाल्न भनिरहेका छौं। अब यसबारेमा चीनले अझै धेरै गर्नुपर्छ किनकि यो चीनकै उच्च चासोको विषय हो ।\" \"तेल भएन भने क्षेप्यास्त्र परीक्षण गर्न सकिंदैन ।\" उत्तर कोरियाले दुई महिनापछिको पहिलो बलिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको तीन दिनपछि मकमास्टरको पछिल्लो प्रतिक्रिया आएको हो । जापानको जल क्षेत्रमा खसेको त्यो क्षेप्यास्त्र पछिल्ला क्षेप्यास्त्र भन्दा निकै माथि उडेको थियो । गत सेप्टेम्बरमा प्योङयाङले आफ्नो पहिलो परमाणु परीक्षण गरेको थियो । आउने सोमबारदेखि दक्षिण कोरिया र अमेरिकाले हवाई सैन्य अभ्यास थाल्ने तयारी गरिरहेका छन् । त्यसप्रति उत्तर कोरियाले कडा प्रतिक्रिया दिएको छ। \"यो उत्तर कोरियाको लागि खुल्ला चुनौती हो । त्यसले कुनै पनि समय परमाणु युद्ध निम्त्याउन सक्छ,\" सत्तारुढ दलको रोदोङ पत्रिकाको संपादकीयमा लेखिएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending