Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकारले किन बोले झुटो ?

\"\"अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बर्खास्त गरिएका उनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँगको आफ्नो सम्पर्कबारे संघीय छानबिन निकाय \'एफबीआइ\'सँग झुटो बोलेको स्वीकार गरेका छन् ।

वाशिङटनका लागि रुसी राजदूतसँग गरेको संवादबारे आफूले झुटा अभिव्यक्ति दिएको उनले स्वीकारेका हुन् । वाशिङटन डीसीस्थित एउटा संघीय अदालतमा उपस्थित हुँदै फ्लिनले आफूले जानाजान \'झुटो, कपोलकल्पित र धोकाधडीपूर्ण\' अभिव्यक्ति दिएको स्वीकार गरे । अदालतमा उपस्थित समाचार संस्था एएफपीका एकजना संवाददाताका अनुसार न्यायाधीशले दोषी रहेको फ्लिनको अभिव्यक्ति स्वीकार गरेका छन् । र, फ्लिनले अदालती सुनुवाइको सामना गर्न नपर्ने न्यायाधीशले बताएका छन् । अदालतमा बयान दिएपछि जारी गरेको एउटा वक्तव्यमा फ्लिनले भनेका छन्, \"मैले पहिला गरेको काम गलत थियो भन्ने कुरा अदालतमा स्वीकार गरेँ र ईश्वरमा आस्था राख्दै अब त्यसलाई सच्याउन लागिपरेको छु ।\" अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार फ्लिनले ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहित राष्ट्रपतिका संक्रमणकालीन समूहका वरिष्ठ सदस्यहरुले रुसीहरुसँग सम्पर्क गर्न निर्देशन दिएको भन्ने बयान दिने तयारी गरेका छन् । फ्लिनले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको हस्तक्षेपबारेको अनुसन्धानमा आफूले सघाउने बताएका छन् । ह्वाइट हाउसले भनेको छ- फ्लिनले अरु कसैलाई नभई आफैँलाई फसाएका छन् । ट्रम्पको चुनावी अभियान र मस्कोबीच भएको भनिएको साठगाँठलाई लिएर छानबिनमा परेका फ्लिन ट्रम्प प्रशासनका पहिलो पूर्व वरिष्ठ सदस्य हुन् । गत फेब्रुअरीमा ह्वाइट हाउसका एकजना प्रवक्ताले राष्ट्रपति डोनल्ड ट्रम्प फ्लिनले रुसी अधिकारीसँग गरेको टेलिफोन वार्ताका कुरा लुकाएको बारे जानकार रहेको बताएका थिए । उनले कानून उल्लंघन गरेको कारणले नभई विश्वास गुमाएका कारण राष्ट्रपतिले फ्लिनको राजीनामा मागेको बताएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending