Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

‘तीन नम्बर प्रदेशको राजधानी भक्तपुर’

\"\"भक्तपुर । पूर्वउद्योगमन्त्री महेश बस्नेतले ३ नं प्रदेशको राजधानी भक्तपुरमा बनाइने बताएका छन् । आज गठ्ठाघरमा आयोजित बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै उहाँले भौतिक पूर्वाधार र उपयुक्त जग्गा भक्तपुरमा रहेको र १३ जिल्लाको मध्यविन्दु पनि भक्तपुर रहेकाले त्यसलाई प्रदेशको राजधानी बनाइने जिकिर गरेका हुन् । भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार नेकपा एमालेका युवा नेता बस्नेतले भने,“ काठमाडाँै भएर पूर्वपश्चिम जाने मुख्य मार्ग एवं आर्थिक विकासको केन्द्र प भक्तपुर हो, यहाँ प्रदेश राजधानी बनाउनका लागि आवश्यक जग्गा र पूर्वाधार पनि तयार छन्, त्यसैले भक्तपुरलाई प्रदेश राजधानी बनाउन म महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु ।” स्थानीय जगातीमा रहेको २५० रोपनी जग्गा र सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा आवश्यक संसद् भवन, कार्यालय एवं आवास बनाउन जग्गा पुग्ने बताउँदै उनले भने, “यी दुई ठाउँका जग्गाबाहेक तत्कालका लागि खरीपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र, बोडेमा रहेको कृषि विकास बैंकको भवन र सानोठिमीमा रहेको शिक्षा मन्त्रालयअन्तर्गतका कार्यालयलाई प्रयोगमा ल्याउन सकिन्छ ।” नेता बस्नेतले भक्तपुर २ नं क्षेत्रमा यसअघि नेमकिपा र नेपाली काँग्रेसले आलोपालो गरेर २०४८ सालदेखि जिते पनि विकास गर्न नसकेको आरोप लगाउँदै जनताले यसपल्ट आफूलाई रोज्ने जिकिर गरे।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies