Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

व्यापारीसँग चन्दा माग्ने नेकपाका एक नेता पक्राउ

\"\"भक्तपुर । व्यापारीसँग पाँच लाख रूपैयाँ चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल कम्युनिष्ट पार्टीका(विप्लव) एक नेतालाई पक्राउ गरेको छ । नेकपा भक्तपुर जिल्लास्तरीय नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ । प्रहरीले भक्तपुरमा पछिल्लो समयमा बम विस्फोटका घटना बढेपछि नेकपाका नेता कार्यकर्ताको व्यापक खोजी गरिरहेको जानकारी दिएको छ । प्रहरीले यही मंसिर ९ गते चाँगुनारायण नगरपालिकाका नेपाली कांग्रेसका क्षेत्र नं १ को (क) का उम्मेदवार जीवन खत्रीको घरलाई लक्षित गरी बम विस्फोट गराउन प्रयोग भएको आशंकामा एक वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । प्रेसर कुकर बम विस्फोट गराएर भाग्दै गर्दा केही स्थानीयले रोक्ने प्रयास गर्दा मोटरसाइकल छाडेर भागेको आशंकामा प्रहरीले बेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल नियन्त्रणमा लिएको हो । मोटसाइकलबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ९ गते एकै समयमा चाँगुनारायण र मध्यपुरथिमिमा क्षेत्र नं २ प्रदेश (ख) का कांग्रेसका उम्मेदवार गणेशमान चक्रधरको घरलाई लक्षित गरी बम विस्फोट गराएपनि अझै कसैलाई पक्राउ गर्न सकेको छैन । मंगलबार राति मात्रै सूर्यविनायक नगरपालिका–२ बालकोटमा नेपाली काँग्रेसबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुंगाना बस्दै आएको रोज भिलेजबाट करिब १०० मिटर पर बम विस्फोट भएको थियो । महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले विस्फोट गराउने व्यक्तिको खोजी भइरहेको बताए । प्रहरीले चुनाव नजिकिँदै गर्दा पनि सुरक्षा संयन्त्रलाई बलियो बनाएर परिचालन गर्न नसक्दा भक्तपुर जस्तो सानो जिल्लामा पनि सुरक्षा चुनौती बढ्दै गएको दलका नेताहरुले बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: