Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

'मुगाबेद्वारा तत्काल पद छाड्न अस्वीकार'

\"\"लामो समय सत्तामा रहेका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरिरहेको विवरण आएका छन् । उत्तराधिकारी चयन सम्बन्धी विवादमाझ जिम्बाब्वेको सेनाले उनलाई नजरबन्दमा राखेको छ ।

९३ वर्षीय मुगाबेलाई बुधवार सत्ता हातमा लिएको सेनाले नजरबन्दमा राखेको हो । क्षेत्रीय दूतहरु र सेनाप्रमुखसँग भएको मुगाबेको वार्ताबारे अहिलेसम्म केही पनि खुलाइएको छैन । तर मुगाबेले उनीहरुसँग भेटघाट गरिरहेको तस्वीर सार्वजनिक गरिएको छ । तस्वीरमा मुगाबे मुस्कुराइरहेका देखिन्छन् । तर श्रोतहरुका अनुसार उनी अहिलेसम्म पद छाड्न तयार भएका छैनन् । विपक्षी नेता मोर्गन चाङगराइले मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बाब्वेका जनताको हितमा रहेको प्रतिक्रिया दिएका छन् । बीबीसीका अफ्रिका संवाददाता भन्छन् सेनाले देशमा नियन्त्रण कायम गरे पनि राष्ट्रपति शान्त जस्तो देखिन्छन् । केही विवरणहरुमा उनले राजीनामा दिन अस्वीकार गरिरहेको जनाइएको छ । तर उनको बहिर्गमनका लागि एउटा सहमति कायम गर्ने दिशामा प्रगति भइरहेको चर्चा पनि चलिरहेको छ । एकाथरीले मुगाबेलाई उनले बर्खास्त गरेका एमरशन मनाङगाग्वाले विस्थापित गर्न सक्ने र विपक्षी नेता मोर्गन चाङगीराईले प्रधानमन्त्री बन्न सक्ने पनि सङ्केत गरिरहेका छन् । अघिल्लो हप्ता मुगाबेले देशका उपरराष्ट्रपति मनाङगाग्वालाई बर्खास्त गर्दै आफ्नी पत्नी ग्रेस मुगाबेलाई उनको दल जानु पिएफको नेता हुँदै राष्ट्रपतिसम्म बनाउने सङ्केत दिएपछि जिम्बाब्वेको सेनाले हस्तक्षेप गरेको हो । जिम्बाब्वेबाट बीबीसीका एन्ड्र्यु हार्डिङ भन्छन्, यदि राजीनामा दिन मुगाबेले माने भने उनको कदमले सेनाको नाटकीय हस्तक्षेपलाई वैध बनाउन मद्दत पुर्याउनेछ । शहरमा मुगाबे सत्तामा रहिरहुन् भन्ने चाहना राख्ने मानिसहरु भेट्न कठिन छ । तर उनको वहिर्गमन र सत्ता हस्तान्तरणको अवधिसम्मको अल्पकालीन व्यवस्थामा सहमति कायम गर्न केही समय लाग्नसक्ने देखिन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending