Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

यो हो १५ यात्रु बोक्ने चालकविहिन बसः जो प्रतिघण्टा ४५ किलोमिटर गुड्छ

\"\"अमेरिकाको लास भेगस शहरमा एउटा स्वचालित यात्रु बस आफूले सेवा दिएको पहिलो दिनमै दुर्घटनामा परेको छ । \'कैयौं\' यात्रुहरु सवार भनिएको उक्त चालकविहीन बस सुस्त गतिमा गुडिरहेको एउटा लरीसँग ठोक्किएको थियो ।

उक्त दुर्घटनामा कसैलाई चोटपटक लागेको छैन् । अधिकारीहरुले लरीका चालकको मानवीय त्रुटिका कारण उक्त दुर्घटना भएको जनाएका छन । ती चालकलाई तत्कालै प्रहरीले रसिद दिएको थियो । उक्त चालकविहीन यात्रु बस अमेरिकाका सार्वजनिक सडकमा पहिलो पटक गुडाइएको त्यस्तो प्रकृतिको सवारी साधन हो ।
गुगलको माउ कम्पनी अल्फाबेटले फिनिक्स एरिजोनामा चालक रहित ट्याक्सी सञ्चालनमा ल्याउने घोषणा गरेको एक दिनपछि दुर्घटनाको यो खबर ‍आएको हो । लास भेगसको चालकविहीन बसले नाभ्या नामक कम्पनीले विकास गरेको प्रविधिको प्रयोग गरिरहेको छ र त्यसको परीक्षण लण्डनमा समेत भइरहेको छ । अधिक्तम गति ४५ किलो मिटर प्रति घण्टा रहेको उक्त बसमा बढीमा १५ जना यात्रु चढ्न मिल्छ । साधारणतया उक्त बस २५ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने गर्छ । सिटी अफ लास भेगसका प्रवक्ताले बस र लरी सामान्य रुपमा ठोक्किएको र नियमित जाँचपछि उक्त चालकविहीन बस बिहीवारबाट सञ्चालनमा आउने बताए । उनले भने, \"एउटा गल्लीबाट सामान पुर्याउने ट्रक आइरहेको थियो। उक्त बस लरीलाई देखेर रोकियो, उसले गर्नुपर्ने पनि त्यहि थियो । तर दुर्भाग्यवश चालकको मानवीय त्रुटिका कारण ट्रक रोकिएन ।\" स्वचालित प्रविधिबाट चल्ने सवारी साधनहरु विगतमा पनि दुर्घटनामा परेका छन् । \"\" अहिलेसम्म आएका विवरणमा लगभग सबै दुर्घटनामा मानवीय त्रुटि कारण देखिने गरेको छ । यसै वर्षको सुरुमा उबर नामक कम्पनीले एरिजोनामा चलाएको एउटा स्वचालित गाडी सडकमा रहेको अर्को गाडीका चालकले बाटो नछाड्दा पल्टिएको थियो । केही स्वाचलित सेवा समेत रहेको टेस्लाको मोडेल एस भनिने अर्को सवारी साधनका कारण सन् २०१६ मा एक जनाको ज्यान गएको थियो । विज्ञहरुले यस्ता केही घटना भएपनि चालकविहीन प्रविधिका सवारी साधनले सडकलाई थप सुरक्षित बनाउने जिकिर गरेका छन् । यसै हप्ता आरएएनडी कर्पोरेशनले प्रकाशित गरेको एउटा अध्ययनले केही कमजोरी रहेका भएपनि चालकविहीन प्रविधिलाई सञ्चालनमा ल्याउनुपर्ने तर्क गरेको थियो । \"चालक रहेका सवारी साधनको विकल्पमा स्वचालित प्रविधिका सवारीसाधनको प्रयोग अझै नगर्नुका कारण ज्यान जोगाउने अवसर गुमिरहेको छ,\" उक्त प्रतिवेदनमा लेखिएको छ \"राम्रोको सट्टा उत्तमलाई प्रयोग गर्नुपर्छ ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending