Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

विवादित मन्त्रीले दिइन पदबाट राजीनामा

[caption id=\"attachment_161994\" align=\"alignleft\" width=\"750\"]\"\" पटेलले राजीनामा नदिएको भए मेले उनलाई बर्खास्त गर्ने अडकलवाजी गरिएको थियो[/caption] अनधिकृत रुपमा इजरेली नेताहरुलाई भेटेकाले विवादमा परेकी ब्रिटेनकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रीत‌ि पटेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । बुधबार अबेर अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रीट गएर प्रधानमन्त्री टरीजा मेलाई आफ्नो राजीनामा बुझाएकी थिइन् । पटेलले राजीनामा नदिएको भए मेले उनलाई बर्खास्त गर्ने अडकलवाजी गरिएको थियो । गत अगष्ट महिनामा इजरेलमा छुट्टी मनाउन गएको बेला मन्त्री पटेलले इजरेली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहु लगायत वरिष्ठ अधिकारीहरुलाई भेटेको भर्खरै खुलासा भएको थियो । तर उनले यसबारे ब्रिटिश विदेश मन्त्रालय वा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिएकी थिइनन् । आफ्नो व्यवहारबारे उनले क्षमा मागेकी थिइन् । तर इजरेली अधिकारीहरुसंग पटक पटक भेटेको खुलासा भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएकी हुन् । उनी ब्रिटेनले युरोप छाडनु पर्छ भन्ने अभियानकी एक कट्टर समर्थक पनि थिइन् । ४५ वर्षीय पटेलका बाबुआमा भारतीय मूलका हुन् । पटेल एकसाताभित्र राजीनामा दिने दोश्रो ब्रिटिश मन्त्री हुन् । १५ वर्ष अघि एक महिला पत्रकारसंग अभद्र व्यवहार गरेको आरोप लागेका ब्रिटिश रक्षा मन्त्री माइकल फालनले गत साता आफ्नो पदबाट राजीनामा दिएका थिए । गत बुधबार रक्षा मन्त्री फालनले आकस्मिक रुपमा आफ्नो राजीनामा ब्रिटिश प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका थिए । फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो । उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending