Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

बर्खास्त नेताविरुद्ध पक्राउ आदेश

\"\"स्पेनले बर्खास्तीमा परेका क्याटलान नेता कारलस पुज्डमोन र उनका चारजना पूर्व मन्त्रीहरुविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ आदेश जारी गरेको छ।

बिहीवार मड्रिडस्थित उच्च अदालतमा उपस्थित नभएपछि एकजना न्यायाधीशले उनीहरुविरुद्ध पक्राउ आदेश जारी गरेका हुन्। क्षेत्रीय सरकारका ९ जना पूर्व सदस्यहरुलाई चाहिँ न्यायिक हिरासतमा लगिएकोमा एकजना ५० हजार युरो तिरेर जमानतमा रिहा भएका छन्। उनीहरुमाथि क्याटलोनियाको स्वतन्त्रताका लागि विद्रोह, देशद्रोह र राज्यकोषको दुरुपयोग गरेको आरोप लगाइएको छ। बेल्जियमका अभियोजनकर्ताहरुले स्पेनबाट जारी गरिएको पक्राउ पूर्जी आफूहरुले प्राप्त गरेको बताएका छन्। न्यायाधीशहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाउन दिनुअघि आफूहरुले ती कागजातको अध्ययन गर्ने अभियोजनकर्ताहरुले उल्लेख गरेका छन्। स्पेनले विद्रोह र देशद्रोहको मुद्दा चलाउने बताएपछि बर्खास्त गरिएका क्याटलान नेताहरु गत हप्ता बेल्जियम पुगेका थिए। बर्खास्त गरिएका क्याटलान पूर्व राष्ट्रपति पुज्डमोनले निष्पक्ष सुनुवाइको सुननिश्चितता नभएसम्म स्वदेश नफर्किने बताउँदै आएका छन्। पूर्व नेताहरुलाई गरिफ्तार गरिएको विरोधमा क्याटलोनियामा हजारौं मानिसले प्रदर्शनहरु गरेका छन्। स्वतन्त्रताका लागि गत अक्टोबर १ मा गराइको जनमत संग्रहलाई स्पेनले अवैधानिक घोषणा गरेपछि एक हप्ताअघि क्याटलोनियाको संसद्ले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। त्यसपछि स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाको संसद् विघटन गर्दै त्यहाँ प्रत्यक्ष शासन लागू गरेका थिए। उनले निर्धारित समयअगावै आउँदो डिसेम्बर महिनाको २१ तारिखमा त्यहाँ चुनाव गराइने घोषणा समेत गरेका थिए। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending