Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

डीभी चिठ्ठा खारेज गर्ने डोनाल्ड ट्रम्पको प्रस्ताव

\"\"अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार न्यूयोर्क शहरमा आठजनाको ज्यान जानेगरी भएको हमलापछि अमेरिकी प्रवेशाज्ञा कार्यक्रमको केही अंशमा परिवर्तन गर्न आह्वान गरेका छन्।

ट्वीटरमा सन्देश लेख्दै उनले अमेरिका प्रवेश गर्ने विभिन्न उपाय मध्येको एक, चिट्ठा माफर्त प्रवेशाज्ञा प्राप्त गर्ने प्रकृयाको बदला आवेदकको सिप र दक्षताको आधारमा प्रवेशाज्ञा दिने प्रणाली लागु हुनु पर्ने बताएका छन्। राष्ट्रपति ट्रम्पले चिट्ठा मार्फत विशेष अमेरीकी प्रवेशाज्ञा, ग्रीन कार्ड, प्रदान गरिने \"डाइभरसीटी भिसा (डीभी)\" प्रणाली रद्द गर्न आह्वान गरेका छन्। ग्रीन कार्ड लटरी भनिने उक्त कार्यक्रम अन्तरगत हरेक वर्ष करिब ५० हजार आप्रवासीहरुलाई अमेरिकामा स्थायी बसोबास गर्ने अनुमति दिने गरिएको छ। त्यही प्रणाली मार्फत नै न्यूयोर्कमा भएको हमलाका संदिग्ध आक्रमणकारी अमेरिका प्रवेश गरेको उनको भनाई थियो। सामाजिक संजालको वेबसाइट ट्वीटरमा विभिन्न सन्देशहरु लेख्दै राष्ट्रपति ट्रम्पले उक्त आप्रवसन कार्यक्रमको बदलामा दक्षतामा आधारित नयां प्रणाली लागु हुनु पर्ने बताएका छन्। तर अधिकारीहरुले मंगलबारको हमलाका ति संदिग्ध हमलाकारी सेफुलो साइपोभ कसरी अमेरिका प्रवेश गरेका थिए भन्ने विषयमा स्पष्ट पारेका छैनन्। राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्ने विदेशीहरुमाथिको छानविनलाई अझ बढाउन होमल्याण्ड सेक्युरीटी मन्त्रालयलाई निर्देशन दिने पनि बताएका छन्। उज्बेकिस्तानबाट आएका आप्रवासी सेफुलो साइपोभले तीव्र गतिमा ट्रक चलाइ साइकल चालक र पैदलयात्रुहरुलाई किचेको बताइएको छ। सो हमलामा कम्तीमा आठ जानको ज्यान जानुका साथै एघार जना घाइते भएका थिए। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending