Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

न्यूयोर्क आक्रमणपछि कसले के भने ?

\"\"राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्कमा \'दिमागी हालत ठीक नभएको एकजना गुण्डाबाट आक्रमण भएको\' प्रतिक्रिया दिएका छन् । न्यूयोर्कको लोअर म्यानह्याटनमा एक व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ भने ११ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कानून कार्यान्वयन गराउने निकायले घटनालाई नजिकबाट हेरिरहेको बताए । उनले मध्यपूर्वमा तथाकथित इस्लामिक स्टेट समूह पराजित भएपछि उसलाई अमेरिका फर्किन वा प्रवेश गर्न दिन नहुने उल्लेख गरेका छन् । न्यूयोर्कमा आंतकवादी आक्रमण, आक्रमणकारीले जथाभावी ट्रक चलाएर ८ जनालाई मारे, ११ घाइते म्यानह्याटन आक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका आउने विदेशीहरुको जाँच प्रक्रियामा थप कडाई गर्न आन्तरिक सुरक्षासम्बन्धी मन्त्रालयलाई निर्देशन दिएका छन् । ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले यसअघि नै त्यहाँ जाने विदेशीहरुको जाँच प्रक्रियामा कडाई गरिसकेको छ । घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन् । उनले भने, \"हामीलाई थाहा छ कि हाम्रो मनोबल गिराउने नियतले यो कार्य गरिएको हो तर हामीलाई यो पनि थाहा छ कि न्यूयोर्कवासी बलिया छन्, असहज अवस्थाबाट छिट्टै सहज अवस्थामा फर्किनसक्ने खालका छन् ।\" न्यूयोर्क राज्यका गभर्नर एन्ड्रिव क्वोमोले न्यूयोर्कवासीलाई नडराउन आग्रह गरेका छन् । न्यूयोर्कका प्रहरी कमिसनर जेम्स ओनिलले न्यूयोर्कका धेरै मान्छे र परिवारलाई ठूलो पीडा दिने घटना भएको प्रतिक्रिया दिएका छन् । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले न्यूयोर्कलाई ब्रिटेनको साथ रहेको बताएकी छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले ऐक्यवद्धता जनाउँदै स्वतन्त्रताको लडाइँले फ्रान्सलाई अमेरिकासँग हालसम्मकै सबैभन्दा नजिक ल्याएको प्रतिक्रिया दिएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending