Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

न्यूयोर्क आक्रमणपछि कसले के भने ?

\"\"राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्कमा \'दिमागी हालत ठीक नभएको एकजना गुण्डाबाट आक्रमण भएको\' प्रतिक्रिया दिएका छन् । न्यूयोर्कको लोअर म्यानह्याटनमा एक व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ भने ११ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कानून कार्यान्वयन गराउने निकायले घटनालाई नजिकबाट हेरिरहेको बताए । उनले मध्यपूर्वमा तथाकथित इस्लामिक स्टेट समूह पराजित भएपछि उसलाई अमेरिका फर्किन वा प्रवेश गर्न दिन नहुने उल्लेख गरेका छन् । न्यूयोर्कमा आंतकवादी आक्रमण, आक्रमणकारीले जथाभावी ट्रक चलाएर ८ जनालाई मारे, ११ घाइते म्यानह्याटन आक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका आउने विदेशीहरुको जाँच प्रक्रियामा थप कडाई गर्न आन्तरिक सुरक्षासम्बन्धी मन्त्रालयलाई निर्देशन दिएका छन् । ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले यसअघि नै त्यहाँ जाने विदेशीहरुको जाँच प्रक्रियामा कडाई गरिसकेको छ । घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन् । उनले भने, \"हामीलाई थाहा छ कि हाम्रो मनोबल गिराउने नियतले यो कार्य गरिएको हो तर हामीलाई यो पनि थाहा छ कि न्यूयोर्कवासी बलिया छन्, असहज अवस्थाबाट छिट्टै सहज अवस्थामा फर्किनसक्ने खालका छन् ।\" न्यूयोर्क राज्यका गभर्नर एन्ड्रिव क्वोमोले न्यूयोर्कवासीलाई नडराउन आग्रह गरेका छन् । न्यूयोर्कका प्रहरी कमिसनर जेम्स ओनिलले न्यूयोर्कका धेरै मान्छे र परिवारलाई ठूलो पीडा दिने घटना भएको प्रतिक्रिया दिएका छन् । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले न्यूयोर्कलाई ब्रिटेनको साथ रहेको बताएकी छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले ऐक्यवद्धता जनाउँदै स्वतन्त्रताको लडाइँले फ्रान्सलाई अमेरिकासँग हालसम्मकै सबैभन्दा नजिक ल्याएको प्रतिक्रिया दिएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending