Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

तेस्रो लिङ्गीलाई फौजमा नलिने आदेशमाथि रोक

\"\"अमेरिकाको एउटा संघीय अदालतले सेनामा तेस्रो लिङ्गीहरुको प्रवेशमाथि राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको प्रतिबन्ध तत्कालका लागि रोक्का गरेको छ ।

जिल्ला न्यायाधीश कोलीन कोलार कोटेलीको आदेशसँगै तेस्रो लिङ्गीहरुले खुल्ला रुपमा सेवा गर्न पाउनेछन् र नयाँ भर्ती पनि हुन पाउनेछ ।

न्यायाधीश कोटेलीले प्रतिबन्ध लगाउन राष्ट्रपतिले देखाएका कारणहरुलाई कुनै तथ्यले समर्थन नगरेको देखिएको बताएकी छन् । गत जुलाईमा एउटा कार्यकारी आदेश जारी गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनामा तेस्रो लिङ्गीहरुको प्रवेशमाथि प्रतिबन्ध लगाएका थिए । आफूहरुको संवैधानिक अधिकार उल्लंघन भएको भन्दै त्यसविरुद्ध तेस्रो लिङ्गी सैनिकहरुको एउटा समूहले गत महिना अदालतमा मुद्दा हालेको थियो । अनपेक्षित रुपमा गत जुलाईमा महिना ट्रम्पले ट्वीटमार्फत प्रतिबन्धको संकेत गरेका थिए । वरिष्ठ सैनिक अधिकारी तथा विज्ञहरुसँगको सल्लाहपछि आफूले उक्त निर्णय लिएको ट्रम्पले बताएका थिए । उनले तेस्रो लिङ्गीहरुले सेनालाई औषधि खर्च तथा अन्य कारणले धेरै बोझ थप्ने बताउँदै आएका छन् । त्यसपछि गत अगष्टमा राष्ट्रपति ट्रम्पले देशको सेनामा तेस्रो लिङ्गीहरुको भर्ती रोक्न रक्षा मन्त्रालयलाई आदेश दिएका थिए। रक्षामन्त्री जेम्स म्याटिसलाई पठाइएको आदेशमा गत वर्षको जुन महिनामा सैनिक सेवामा तेस्रो लिङ्गीहरुका लागि फुकुवा गरिएको प्रतिबन्ध पुनः लागू गर्न भनिएको थियो । ट्रम्पले सैनिक सेवामा रहेका महिला तथा पुरुषले लिङ्ग परिवर्तनका लागि गराउने शल्क्रियामा पनि रोक लगाउन पनि आदेश दिएका थिए । गत जुलाइको शुरुतिर रक्षामन्त्री म्याटिसले ओबामा प्रशासनले तेस्रो लिङ्गीहरुलाई सेनामा भर्ना लिने भन्ने विषयमा सन् २०१६ मा पेश गरेको योजना कार्यान्वयन गर्न ६ महिना ढिला गर्ने निर्णय गरेका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending