Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कुर्द राष्ट्रपति बर्जानीद्वारा राजीनामा

\"\"इराकको कुर्दिस्तानका पूर्व राष्ट्रपति मसुद बर्जानीले आफूले कार्यालय छोडे पनि आफ्ना जनताका लागि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने बताएका छन् । टेलिभिजनमार्फत गरिएको सम्बोधनमा उनले गत महिनाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा मतदान गरेपछि कुर्दहरुको पक्षमा कोही पनि नबोलेको बताए । उक्त जनमतसंग्रहपछि उत्पन्न भाँडभैलोका माझ कुर्दहरुले जमिनको ठूलो क्षेत्र गुमाएका छन्। चारदिन भित्र क्षेत्रीय राष्ट्रपतिको कार्यकाल सकिन लागेका बर्जानीले आइतबार एउटा पत्रमा आफूले कार्यकाल लम्ब्याउन नचाहेको उल्लेख गरेका थिए । क्षेत्रीय सांसदहरुले बर्जानीको निर्णयको समर्थन गरेका छन् । संसदलाई पत्र बुझाएपछि कुर्दिस टेलिभिजनबाट प्रशारण गरिएको भाषणमा बर्जानीले ३० लाख मानिसहरुले स्वतन्त्रताको पक्षमा मत खसालेर इतिहास रचेका र यसलाई मेटाउन नसकिने बताए । सेप्टेम्बर २५ तारिखका दिन भएको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा उल्लेख्य मानिसहरुले कुर्दिस्तान अलग हुने पक्षमा मत खसालेका थिए । उनले राजनीतिक प्रतिद्वन्द्वीहरुले तेलका लागि धनी मानिएको किरकुक क्षेत्र कुनै लडाईँ बिना नै इराकी फौजलाई दिएर देशद्रोह गरेको आरोप लगाए । ७१ वर्षीय नेताको कुर्दलाई स्वतन्त्र बनाउने सपना चक्नाचुर भएको भन्दै कुर्द समर्थकहरु निकै असन्तुष्ट देखिएका छन् । उनको राजीनामा पछि इरबिलस्थित कुर्दिस संसदमा आक्रोसपूर्ण दृश्यहरु देखिएका थिए । बर्जानीले पद छोड्न गरेको निर्णयबारे संसदमा छलफल भइरहँदा बर्जानीका केही समर्थकहरु संसद भवन प्रवेश गरेर विरोध जनाएका थिए । त्यहाँको अवस्थाबारे स्पष्ट भइसकेको छैन तर केही प्रत्यक्षदर्शीहरुका अनुसार प्रदर्शनकारीहरुले लाठी बोकेको देखिएको थियो र त्यहाँ केही गोली चलेको पनि सुनिएको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending