Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

चुनावी प्रचारलाई तीब्र पार्दै कांग्रेस, वाम गठबन्धन अझै छलफलमा

\"\"काठमाडौं । आगामी मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले निर्वाचन गतिविधि अघि बढाएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याउन बाँकी रहनुका साथै यहाँका ६ वटै प्रदेश सभाका लागि उम्मेदवार टुंगो नलागे पनि निर्वाचन गतिविधि अगाडि बढाउन काँग्रेसको जिल्ला कार्यसमितिले जिम्मेवारी समेत प्रारम्भिक चरणमा बाँडफाँड गरिसकेको छ । केही दिनअघि मात्रै कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाको उम्मेदवारमा पार्टी केन्द्रीय सदस्य नारायणप्रकाश साउद र निर्वाचन क्षेत्र नं ३ मा अर्का केन्द्रीय सदस्य रमेश लेखकलाई उम्मेदवार बनाएसँगै चुनावी प्रचारप्रसारलाई नेताहरुले अघि बढाएका छन् । प्रदेश नं ७ सुदूरपश्चिमको राजनीतिमा राम्रो प्रभाव रहेका नेताद्वय साउद र लेखकले उम्मेदवारको टुंगो लाग्नुअघि देखि नै आफ्नो निर्वाचन क्षेत्रमा दौडधूप शुरु गरिसकेका थिए । नेका कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहराले जिल्लाभरको निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा पार्टीबाट जिल्ला सदस्यलाई जिम्मेवारी दिएर निर्वाचनका लागि खटाइसकेको जानकारी दिए । त्यसका साथै भ्रातृ संगठन परिचालनका लागिसमेत काँग्रेसले नेतालाई जिम्मेवारी दिइसकेको छ । यसअघि कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा काँग्रेसले बाजी मारेको थियो । अघिल्लो पटकको जित परिणामलाई कायम राख्न कांग्रेस नेता सक्रिय भएर लागेका छन् । त्यसैगरी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन भने कञ्चनपुरको निर्वाचन क्षेत्र बाँडफाँडकै विषयमा छलफलमा छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ लाई एमाले र माओवादीले आ–आफ्नो दाबी गर्दै छाड्न नचाहेकाले जिल्लामा उम्मेदवार टुंग्याउन ढिलाइ भएको हो । एमालेका उपसचिव रणबहादुर महराले कञ्चनपुरका तीन मध्ये दुईवटा निर्वाचन क्षेत्र एमाले र एउटा निर्वाचन क्षेत्र माओवादीलाई दिने शीर्ष तहमा सहमति भइसकेको जानकारी दिए । “यहाँको निर्वाचन क्षेत्र नं १ माओवादीलाई दिने भन्ने भएको छ,” एमाले उपसचिव महराले भने, “निर्वाचन क्षेत्र नं २ र ३ एमालेको भागमा परेको छ ।” उहाँले निर्वाचन क्षेत्र टुंगो लागे पनि पार्टीबाट बन्ने उम्मेवारको भने टुंगो नलागेको बताए । उनका अनुसार सोमबारभित्रै उम्मेदवारको टुंगो लागेपछि जिल्लामा चुनावी गतिविधिलाई तीव्रता दिइने छ । त्यसैगरी माओवादी केन्द्रका कञ्चनपुर संयोजक वीरबहादुर थापाले माओवादीलाई यहाँको निर्वाचन क्षेत्र नं १ भागमा परेको आधिकारिक घोषणा नभएको बताए। “हामी पनि त्यै घोषणाको पर्खाइमा छौंँ” संयोजक थापाले भने–“प्रदेश सभामा पनि निर्वाचन क्षेत्र नं २ को ‘ख’ र ३ को ‘ख’ माओवादीलाई दिने सहमति भएको सुनियोे ।” निर्वाचन क्षेत्र नं १ माओवादीको भागमा परे सो पार्टीबाट नेत्री बिना मगर उम्मेदवार बन्ने प्रवल सम्भावना रहेको माओवादी स्रोतले जनाएको छ । वाम गठबन्धनका उम्मेदवारका आकांक्षी यतिबेला राजधानीमै छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE