Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

नयाँ शक्तिको चुनावी घोषणापत्रः यस्तो छ सात प्रदेशका योजना 

\"\"काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गरी आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। अहिलेको निर्वाचनले विकास समृद्धिको युगमा लैजाने नेतृत्व छनोट गर्ने भएकोले विशेष प्राथमिता दिएर हाम्रा योजना सार्वजनिक गरिएको छ नयाँ–शक्तिका संयोजक डा. बाबुराम भट्टराइले बताए । तीन खण्डमा विभाजन गरएको प्रतिवद्धता पत्रको पहिलो खण्डमा विचार तथा राजनीतिको विषयमा चर्चा गरिएको छ भने दोस्रो खण्डमा आर्थिक विकास समृद्धिको विषयमा योजना र तेस्रो खण्डमा लोकतन्त्रको समृद्धिकरण र सुशासन सम्वन्धमा पार्टीका योजना समेटिएको छ। यस्तो छ सात प्रदेशका प्रमुख योजनाहरु प्रदेश नं १ १. लिम्बुवानी, खम्बुवानी र हिमाली कला, संस्कृति र इतिहासको केन्द्रको झल्को दिने गरी क्रमशः बृहत म्याङ्गलुङ, बृहत मझुवागढी र बृहत्त सल्लेरी नगर विकास योजना बनाई कार्यान्वयन गर्ने । समग्र अरुण उपत्यका विकास योजना लागू गरिनेछ । २. भीमनगर-कोशीटप्पु-बराहक्षेत्र-धरान-भेडेटार-नाम्जे-हिले-मिल्के जलजले- सभापोखरी-पाथिभरा-इलाम-झापा पर्यटकीय रुट निर्धारण गरी यी क्षेत्रमा आवश्यक पूर्वाधार विकास गरिनेछ । धरान-बराहक्षेत्र, फुङलिङ-पाथीभरा, कटारी-हलेसी केवलकार निर्माण र सञ्चालन गरिनेछ । ३. इलामलाई अर्गानिक चिया-व्यवसायिक अम्लिसो-अकबरे-अलैची-तरकारी-ओलन उत्पादनको नमूना क्षेत्रका रुपमा प्रवर्द्धन गरिनेछ । साथै यी वस्तुहरुको उत्पादनलाई पूर्वी पहाडका सबै सम्भाव्य क्षेत्रहरुमा विस्तार गरिनेछ । ४. झापा-मोरङ-सुनसरी-उदयपुरको समथर क्षेत्रमा धान, गहुँ मकै, उखू, तरकारी, दलहन तेलहनको उत्पादनमा विशेष जोड दिइनेछ । सोलुलाई स्याउ खेतीको नमूना जिल्ला बनाइनेछ । बाँकी पहाडी क्षेत्रमा सुन्तला-कागती लगायतको फलफूल खेती र नगदे बालीमा जोड दिइनेछ । ५. झापा-मोरङ्ग-सुनसरीलाई वृहद् ‘नगर राज्य’ (सिटी स्टेट) का रुपमा विकास गरिनेछ । ६. भण्टावारी-इटहरी-दमक-विर्तामोड-काकरभिट्टा मध्य हुने गरी पूर्व-पश्चिम,उत्तरदक्षिण मेट्रोरेलको सम्भाव्यता अध्ययन गराइनेछ । ७. सबै नगरहरुको आधुनिकीकरण र पूर्वाधार विकासमा जोड दिइनेछ । ८. कटारी-चतरा-केरावारी-झिलझिले-बुधबारे चुरे लोकमार्ग १० वर्षभित्र पूरा गरिनेछ । ९. चतरामुनी चारकोशे रेन्जमा नयाँ व्यारेज बनाई चतरा-काकरभिट्टा पूर्वी नहर र रामपुर-कमला वेसिनसम्म पश्चिम नहरको वृहत सिँचाई योजना बनाइनेछ । १०. जोगवनी-किमाथाङ्का, ओलाङचुङ्गगोला सडक निर्माण तीब्रगतिमा गरिनेछ र यसको समानान्तर रेल सेवाको योजनाको अध्ययन गरिनेछ । ११. धरान, धनकुटा, ओखलढुंगा, तेह्रथुममा थप विमानस्थल बनाइनेछ । १२. बराहक्षेत्र, हलेसी, रामुधनी, विष्णुपादुका, छिन्ताङ्गदेवी, अर्जुनधारा, बुढासुब्बा, पिण्डेश्वरी, नागछागा, साल्पापोखरी आदि मुख्य धार्मिक स्थलहरुको उचित व्वस्थापन गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ । १३. हतुवागढी, उदयपुरगढी, चौदण्डीगढी, आदि ऐतिहासिक गढीहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ । प्रदेश नं. २ १. जनकपुरधामलाई सनातन विवाह संस्कार मेगासिटीको रुपमा विकास गरिनेछ । भारत सरकारसँगको साझेदारीमा अयोध्यादेखि जनकपुरसम्म ‘स्वयम्बर एक्सप्रेस’ रेल सञ्चालन गरिनेछ । २. ५ वर्षभित्र जनकपुरधामलाई नेपालको केन्द्रीय रेलवे स्टेशनका रुपमा विकास गरिनेछ । ३. जलेश्वरमा अष्टबक्र सनातन पूर्वीय सभ्यता र दर्शन अध्ययन अन्तर्राष्ट्रिय प्रतिष्ठान निर्माण गरिनेछ । ४. नेपाललाई कलकत्ता र बंगलादेशसँग जलमार्गद्वारा जोड्नको लागि जलमार्ग निर्माण गर्ने, सप्तरीको हनुमाननगर र भारदहमा कोशी बन्दरगाह निर्माण गर्ने, भारदहदेखि विहारको कुर्सेलाघाटसम्म जोड्ने जलमार्ग निर्माण गरिनेछ । ५. सर्लाहीको सागरनाथ वन क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक पर्यटन र मूर्तिया चरा अवलोकन केन्द्र निर्माण गरिनेछ । ६. वीरगञ्जलाई भारतको राष्ट्रिय राजमार्ग प्रणाली र गोल्डेन क्वाडि्रलेटरल राजमार्गसँग जोड्ने एक्सप्रेस वे बनाइनेछ । ७. वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको स्वायत्त नेपाल इन्स्टिच्यूट अफ टेक्नोलोजी र नेपाल इन्स्टिच्यूट अफ म्यानेजमेन्ट स्थापना गरिनेछ । ८. अमलेखगञ्ज देखि रक्सौलसम्म यात्रुरेल सेवा सञ्चालन गरिनेछ । ९. बागमती, लालबकैया, कमला, खाडो र महली नदीहरुमा बाढी नियन्त्रण कार्यक्रम तीब्रताकासाथ लागू गरिनेछ । १०. राजविराजमा विद्यापति मैथिली अध्ययन प्रतिष्ठान र कलैयामा भोजपुरी अध्ययन प्रतिष्ठान स्थापना गरिनेछ । ११. मुसहर लगायत मधेशी दलित समुदायलाई लक्षित गरी सहलेश तथा दिनाभद्री बहुउद्देश्यीय सहकारी अभियान सञ्चालन गरिनेछ । १२. अन्न भण्डारको रुपमा रहेका मधेशका कृषकहरुलाई मल, विउ, कृषि औजार, न्यूनतम मूल्यमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ । १३. बैदेशिक रोजगारमा गएका मधेस प्रदेशका नागरिकको लगानीमा लगानी साझेदारी मञ्चका रुपमा ‘मधेस विकास कोष’ स्थापना गरिनेछ । १४. ढल्केबर-जनकपुर करिडोरलाई विशेष आर्थिक क्षेत्र तथा औद्योगिक करिडोरका रुपमा विकास गरिनेछ । १५. मैथिली र भोजपुरी भाषालाई प्रादेशिक भाषाको मान्यता दिलाई भाषिक विकासका योजनाहरु लागू गरिनेछ । प्रदेश नं. ३ १. प्रदेशका उत्तरी नाका तातोपानी तथा केरुङ्ग नाकालाई चीन सरकारसँग समन्वय गरी व्यवस्थित रुपमा सञ्चालनमा ल्याइनेछ । त्यसैगरी भारतसँग प्रदेशको व्यापारिक सम्बन्धलाई ठोरी नाका मार्फत् व्यवस्थित गरिनेछ । केरुङ्ग-ठोरी लोकमार्गको अवधारणा कार्यान्वयन गरिनेछ । २. काठमाडौं-भक्तपुर-ललितपुरको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण, विकास, जीर्णोद्वार र पुनर्निमाणमा विशेष तदारुकता अपनाइनेछ । ३. काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ । समग्र काठमाडौं उपत्यकालाई स्वच्छ, सुरक्षित, सुन्दर, सुव्यवस्थित र समृद्ध ऐतिहासिक सम्पदासम्पन्न ‘राष्ट्रिय राजधानी विशेष क्षेत्र’का रुपमा विकास गरिनेछ । ४. लाङ्गटाङ्ग र गौरीशंकर पर्वतारोहणलाई व्यवस्थित गरिनेछ । गोसाइँकुण्ड, दोलखा भीमसेन, सिन्धुलीगढी, नुवाकोट दरबार आदिलाई धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको रुपमा विकास गरिनेछ । ५. साना तथा मझौला जलविद्युत आयोजनाहरु जनताको प्रत्यक्ष लागनीमा ‘सामुदायिक जलविद्युत आयोजना’का रुपमा विकास गरिनेछ । ६. काठमाडौं-हेटौडा, टोखा-छहरे सुरुङ्ग मार्गको निर्माण गरिनेछ । ७. नेपाल भाषा र तामाङ्ग भाषालाई प्रादेशिक भाषाको मान्यता दिई भाषिक विकासको योजना लागू गरिनेछ । प्रदेश नं. ४ १. प्रदेश विकासको गुरुयोजना बनाई उक्त योजना मुताविक आधुनिक कृषि -फाँटहरुमा खेती, भिराला पहाडी भूभागमा फलफूल तथा नगदे वाली, हिमाली क्षेत्रमा पशुपालन, मौरीपालन), उद्योग, कलकारखानाको विकास गरिनेछ । प्रदेशमा रहेका थुप्रै ठूला टारहरुमा आधुनिक सिँचाइको व्यवस्था गरिनेछ । २. मर्स्याङ्दी र बुढीगण्डकी कोरिडोरलाई एकीकृत आर्थिक विकासका केन्द्रहरू बनाइनेछ । ३. पोखरालाई आधुनिक पर्यटकीय सहरको रुपमा विकास गरिनेछ । साथै प्रदेशभित्र रहेका सराङकोट, लिगलिगकोट, राइनासकोट जस्ता विभिन्न ठाउँमा रहेका कोटहरुलाई पर्यटकीय विकासका आकर्षक स्थलहरुको रुपमा विकास गरिनेछ । ४. मनकामना, गोरखनाथ, गोरखा कालिका, बाङलुङ्ग कालिका, मक्तिनाथ जस्ता मन्दिहरुको संरक्षण गरिनेछ । यी स्थान वरिपरिका क्षेत्रहरुमा आधुनिक सुविधायुक्त होटलहरुको निर्माण गरी धार्मिक पर्यटनलाई बढावा दिइनेछ । ५. मनास्लु, अन्नपूर्ण, धौलागिरी जस्ता हिमालहरुमा हुने पर्वतीय पर्यटनलाई सुबिधायुक्त तथा जोखिममुक्त बनाइनेछ । ६. मुस्ताङ तथा मनाङलाई सांस्कृतिक पर्यटनको हब बनाइनेछ । ७. पोखराबाट जोमसोमसम्म केवलकार राखिनेछ । ८. कालीगण्डकी कोरिडोर हुँदै लोमानथाङ जाने सडक यथाशीघ्र सम्पन्न गरिनेछ । ९. साना तथा मझौला जलविद्युत तथा सौर्य उर्जा विकासमा विशेष ध्यान केन्द्रित गरिनेछ । १०. नेपाली भाषाका साथै तमू भाषालाई सरकारको कामकाजी भाषा बनाइनेछ । प्रदेश नं. ५ १. बेलैया-पाल्पा-पोखरा-मुस्ताङ-तिब्बत सडकको स्तरोन्नति गरी प्रदेशलाई भारत- चीन व्यापारिक सम्बन्धमा जोडिनेछ । २. प्यूठानको स्वर्गद्वारी, बाँकेको बागेश्वरी, गुल्मीको रिडी, अर्घाखाँचीको सुपादेउराली लगायत प्रदेशका सबै प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुको गुरुयोजना बनाई विकास गरिनेछ । ३. बाँके-बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती गाउँहरुलाई पर्यटकीय ग्राम अवधारणा अनुरुप विकास गरिनेछ । ४. प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रलाई प्रादेशिक औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने र बुटवल औद्योगिक क्षेत्रको क्षमता विस्तार, रहवाको विशेष आर्थिक क्षेत्र (सेज)लाई चाँडो सञ्चालनमा ल्याइनेछ । ५. रोल्पा तथा रुकुमका उच्च भेगमा पाइने जडिबुटी संकलन तथा प्रशोधनको लागि आवश्यक उद्योगको स्थापना गरिनेछ । साथै यस क्षेत्रको भौगोलिक विविधताको उपयोग हुने किसिमले कृषि तथा बन पैदावार सम्बन्धी उद्योगहरुको स्थापनामा जोड दिइनेछ । ६. लुम्बिनी विकास गुरुयोजनाको शीघ्र कार्यान्वयनमा विशेष जोड दिइनेछ । रामग्राम-देवदह-लुम्बिनी-तिलौराकोट धार्मिक तथा साँस्कृतिक परिपथ निर्माण गरिनेछ । रुकुम-रोल्पा-सल्यान छुने गरी ट्रेकिङ्ग रुटको पहिचान र विकास गरिनेछ । ७. गुल्मी-पाल्पा-अर्घाखाँची-प्यूठान-रोल्पा-रुकुम छुने गरी लिंकरोड निर्माण गरिनेछ । ८. राप्ती पश्चिम दाङ्ग कालोकाटे-बाँके वैजापुर नयाँ सडक योजना लागू गरिनेछ । ९. थारु, मगर र अवधी भाषालाई प्रादेशिक भाषाको मान्यता दिई भाषिक विकासका योजनाहरु लागू गरिनेछ । मुस्लिम समुदायका मदरसालाई संरक्षण र विकासमा सहयोग गर्न प्रदेश स्तरमा मदरसा बोर्ड गठन गरिनेछ । १०. भालुवाङ-प्युठान-ढोरपाटन सडक ४ लेनको निर्माण गरिनेछ । प्रदेश नं. ६ १. हिमाली लोकमार्गको प्रदेश खण्ड जुम्ला-डोल्पा-कालीकोट खण्ड यथाशीघ्र पूरा गरिनेछ । २. हुम्लाको यारी भञ्ज्याङ्ग र डोल्पाको धो हुँदै तिब्बती शहर दोमा जोड्ने सडक बनाइनेछ । ३. दैलेख, जाजरकोट र डोल्पाको उपयुक्त स्थानबाट जुम्लालाई सुरुङ्ग मार्गबाटजोडिनेछ । ४. प्रदेशका मुख्य तालहरु रारा र से-फुक्सुण्डो ताल क्षेत्रको पर्यटकीय विकासको विशेष योजना बनाई लागू गरिनेछ । काञ्जिरोवा पर्वतारोहणलाई व्यवस्थित गरिनेछ । कालीकोटको पलातामा ‘पलाता बहुउद्देश्यीय जलाशय’ निर्माण गरिनेछ । ५. दैलेख पञ्चकोशी -श्रीस्थान-नाभीस्थान-पादुका-कोटिला-धुलेश्वर) पर्यटकीय गुरुयोजना बनाई लागू गरिनेछ । ६. सिञ्जा उपत्यकाको वस्ती विकास र शहरीकरण गर्दा यसको ऐतिहासिक तथा साँस्कृतिक महत्वलाई झल्काउने गरी योजना बनाइनेछ । सिञ्जा भाषिक तथा साँस्कृतिक अध्ययन प्रतिष्ठान निर्माण गरिनेछ । ७. खस भाषालाई प्रादेशिक भाषाको मान्यता दिई विकास गरिनेछ । मगर, लामा लगायत अन्य स्थानीय भाषाहरुको संरक्षण गरिनेछ । ८. कालीकोटको पचाल झरनाको पर्यटकीय महत्वको प्रवर्द्धन गरिनेछ । मान्मा-पचाल केवलकार निर्माण गर्न निजी क्षेत्रलाई विशेष सुविधासहित प्रस्ताव गरिनेछ । ९. सुर्खेतलाई १० वर्षभित्र उपमहानगर बनाइने गरी व्यवस्थित शहरी विकास गरिनेछ । चौरजहारी-गुदु, छिन्चु, सिमीकोट, जुम्ला खलङ्गा आदि क्षेत्रमा शहरी विकास योजना तीव्र बनाइनेछ । १०. चन्दननाथ-भैरवनाथ, छायाँनाथ-ठाकुरनाथ, पैक-मष्टदेवता, काक्रेविहार, बढीमालिका, खपार आदि प्रमुख धार्मिक तथा ऐतिहासिक स्थालहरुको संरक्षण तथा विकास योजना बनाई लागू गरिनेछ । ११. शारदा-बबई सिँचाई तथा विद्युत योजना कार्यान्वयनमा ल्याइनेछ । १२. दैलेखको ग्याँस, महावुलेक क्षेत्रको स्टोन र जाजरकोटको बारेकोटको फलाम खानी उत्खननको सम्भाव्यता अध्ययन र कार्यान्वयन गरिनेछ । १३. कालीकोटको रुरु-बन्चु-चौधवीस क्षेत्रमा एकीकृत जडिबुटी संरक्षण, उत्पादन तथा प्रशोधन योजना लागू गरिनेछ । १४. तिला-हिमा-जोवा नदी किनार क्षेत्रमा कालोमार्सी धानको व्यवसायिक उत्पादन पकेट योजना लागू गरिनेछ । १५. जुम्ला मेडिकल कलेजको स्तरोन्नति र क्षमता विस्तार गरिनेछ । घुघुती प्राविधिक शिक्षालयलाई इन्जिनियरिङ्ग तथा कृषि बहुमुखी कलेजका रुपमा विकास गरिनेछ । १६. लुम्बिनी-अपर डोल्पा बौद्धिष्ट धार्मिक परिपथ अवधारणा अनुरुप लिंकरोड र आवश्यक पूर्वाधार निर्माण गरिनेछ । १७. फलफूल, तरकारी, खाद्यान्न, पशुजन्य उत्पादनमा प्रादेशिक आत्मनिर्भरता हासिल गर्ने गरी कर्णाली-आत्मनिर्भर परियोजना लागू गरिनेछ । स्याउ, ऊन र जडिबुटी उत्पादनबाट आयआर्जनमा टेवा पुर्‍याइनेछ । जैविक खेती र मौरीपालनलाई प्रवर्द्धन गरिनेछ । प्रदेश नं. ७ १. प्रदेशको तराई र भित्री मधेसमा अन्न, तरकारी र नगदेवाली, पहाडी जिल्लामा फलफूल, तरकारी र पशुपालन र हिमाली क्षेत्रमा जडिबुटी र पुशपालनलाई प्रवर्द्धन गर्न विशेष योजना बनाइनेछ । प्रदेशमा अर्गानिक कृषिको अवधारणालाई युद्धस्तरमा प्रवर्द्धन गरिनेछ । २. चमेलिया, बुढी गंगा जलविद्युत आयोजनाहरुको शीघ्र निर्माण गरिनेछ । अन्य साना तथा मझौला जलविद्युत आयोजनाहरुको विकास गरिनेछ । ३. खप्तड, बैधनाथ, बढीमालिका, उग्रतारा, शैलेश्वरी, मल्लिकार्जुन, सिद्धबाबा, निगलाशैनी आदि धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको संरक्षण तथा विकासको विशेष गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ । शुक्लाफाँटा, बेदकोट, घोडाघोडी, रामारोशन, टिकापुर क्षेत्रमा र्यटकीय विकास योजना लागू गरिनेछ । अपी र सैपाल हिमालमा पर्वतारोहण पर्यटनलाई प्रवर्द्धन गरिनेछ । ४. प्रदेशका मुख्य प्रादेशिक भाषाहरु डोटेल, थारु र सौका भाषालाई प्रादेशिक भाषाको मान्यता दिई भाषिक विकासका योजनाहरु लागू गरिनेछ । ५. खुटीया-दिपायल लोकमार्गको यथाशीघ्र निर्माण गरिनेछ । ६. बैतडीको पाटन र अछामको साफेबगरमा प्रस्तावित मेगा सिटीको दूत्र गतिमा निर्माण गरिनेछ । ७. दोधारा-चाँदनी महाकाली नदीमा पुल तथा सुख्खा बन्दरगाह निर्माण गरिनेछ । ८. बैतडी-झुलाघाट महाकाली नदीमा पुल तथा सुख्खा बन्दरगाह निर्माण गरिनेछ । ९. कैलालीको खक्रौला, हसुलिया, धनगढी तथा कञ्चनपुरको बेलौरी, दोधारा-चाँदनी, बैतडीको झुलाघाट तथा दार्चुलाको टिंकरमा निर्वाध भन्सार नाकाको विकास गरिनेछ । १०. कैलालीको अत्तरियामा विशेष आर्थिक क्षेत्र (सेज) र लम्कीमा औद्योगिक क्षेत्र निर्माण गरिनेछ । ११. कैलालीको टीकापुरमा कृषि विश्वविद्यालय र गेटामा मेडिकल कजेल स्थापना गरिनेछ । १२. डोटीको दिपायल, अछामको साँफेबगर, डडेलधुरा र कैलालीको अत्तरिया र लम्कीमा ट्रमा सेन्टरको स्थापना गरिनेछ । १३. सार्वजनिक निजी साझेदारीमा प्रदेश विकास बैंकको स्थापना गरिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE