Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रतिनिधिसभा र प्रदेशसभाका लागि यी हुन् गोरखाबाट सिफारिस भएका उम्मेद्वार

\"\"गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच तालमेल गर्ने तयारी भइरहेका बेला गोरखामा भने एमाले, माओवादी र नयाँ शक्तिले आफ्नो पार्टीबाट छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन् । एमाले गोरखाले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर–१ बाट यादव बस्नेतको नाम सिफारिस गरेको छ । सोही क्षेत्रमा माओवादीले हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जाराको नाम सिफारिस गरिसकेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा एमालेले विकलकुमार श्रेष्ठ, बुद्धि दवाडी र मैती सुनारलाई सिफारिस गरेको छ भने सो क्षेत्रमा माओवादीले नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चूडामणि खड्काको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर–१ को प्रदेशसभा सदस्यका लागि एमालेले रामशरण बस्नेत र सुरेन्द्र थापाको नाम सिफारिस गरेको छ । माओवादीले लेखबहादुर थापा, माया चेपाङ र जानुका पौडेलको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर–१ को प्रदेशसभा–२ मा एमालेले कृष्ण नेपाली र टेकराज भट्टको नाम सिफारिस गरेको छ भने सो क्षेत्रमा माओवादीले ऋषि खनाल, स्थिरप्रसाद खनाल र नीमा लामाको नाम सिफारिस गरेको पार्टीले जनाएको छ । यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा एमालेले हरि काफ्ले र प्रकाश न्यौपानेको नाम सिफारिस गरेको छ भने माओवादी केन्द्रले कमला नकर्मी, विवश चिन्तन र बन्दना पाण्डेको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा सदस्यका लागि एमालेले देवराज श्रेष्ठ र विश्वज्योति बानियाँको नाम सिफारिस गरेको छ भने माओवादीले अमर तमु, दीपक देवकोटा र भगवती तिवारीको नाम सिफारिस गरेको छ । वाम गठबन्धनमा रहेको अर्को दल नयाँ शक्ति पार्टीले क्षेत्र नम्बर–२ को प्रतिनिधिसभामा पार्टी संयोजक डा। बाबुराम भट्टराईलाई उठाउने भएको छ । अन्य क्षेत्रमा नयाँ शक्तिले उम्मेदवार सिफारिस गरेको छैन । कांग्रेसले आकांक्षीको नाम केन्द्रमा पठायो नेपाली कांग्रेस गोरखाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा हरि घले, चीनकाजी श्रेष्ठ, राजेन्द्र बजगाइँ, भूगोल थापा, किरणबाबु श्रेष्ठ, देवेन्द्र वाग्ले, बुद्धिप्रसाद श्रेष्ठको नाम सिफारिस भएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा कांग्रेसले सुरेन्द्रराज पाण्डे, कमला पन्त, अब्दुल सतार, चेतमान श्रेष्ठ र राजनदेव भट्टको नाम सिफारिस गरी केन्द्र पठाएको पार्टी सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए । प्रतिनिधिसभा क्षेत्र नम्बर–१ को प्रदेशसभा–१ मा धिरन थापा, तुलाराम दाहाल, रेशम गुरुङ, विश्वदेव श्रेष्ठ, जनार्दन अर्याल, परशुराम पन्त, भीमप्रसाद अर्याल, ठाकुर पन्त, भगवान मास्के, ध्रुव खनाल, जानुका पन्त, कमल अम्गाइँको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर–१ को प्रदेशसभा–२ मा नन्दप्रसाद न्यौपाने, ठाकुर पुडासैनी, डिल्लीराम तिमिल्सिना, युवराज बस्ताकोटी, भरत भट्ट, फणिन्द्र भट्ट, धर्मेन्द्रकाजी श्रेष्ठ, रामकृष्ण लामिछाने, शीतलकाजी श्रेष्ठ, कृष्णप्रसाद भट्ट र प्रेम खत्रीको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा–१ मा रविकला खनाल, बलराम खड्का, इमानसिँह बस्नेत, अम्बिका न्यौपाने, पदम भट्टराई, कृष्ण पोखरेल, ईश्वर परियार, चन्द्रप्रकाश मरहट्ठा, इन्द्रमान गुरुङ, चेतनारायण श्रेष्ठ र गेहेन्द्रराज विष्टको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा–२ मा प्रकाशचन्द्र दवाडी, गोविन्द गुरुङ, मनकुमारी गुरुङ, सुकदेव दवाडी, ओम गुरुङ, मोहन पोखेरेल र सिपी पोखरेलको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: