Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

दुबै खेल जित्नुको विकल्प छैन : पारस

\"\"काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ उड्नु  राष्ट्रिय टोलीका कप्तान पारस खड्काले  हरेक खेल जित्नै पर्ने भनेका छन । नेपालले थुप्रै प्रतियोगिताहरुमा यस्तै दबावका बीच जित निकालेको छ । यो पटक पनि त्यही दबावका बीच हङकङलाई उसकै घरेलु मैदानमा हराउने लक्ष्य लिएको छ । शीर्ष चारमा परेर विश्वकप छनोटको सम्भावना कायमै राख्न नेपाललाई बाँकी सबै खेल जित्नु बाध्यता छ । शीर्ष दुईमा रहेका नेदरल्याण्ड्स (१८) र पपुवा न्यूगिनी (१६) ले विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन् । स्कटल्याण्ड (१५), केन्या (१२), हङकङ (११) र नेपाल (८) दुई स्थानका लागि प्रतिस्पर्धामा छन् । नेपाल र हङकङको खेल शुक्रबार र आइतबार छ । अन्तिम चरणमा नेपालले यूएई, केन्याले स्कटल्याण्ड र हङकङले पपुपा न्यूगिनीसँग खेल्नेछ । कप्तान पारस भन्छन्, ‘अंक तालिका अझै पनि खुला छ । तर, हाम्रा लागि जित्नुको अर्को उपाय छैन ।’ हङकङका लागि पनि उस्तै दबाव छ । नेपालले सन् २००५ पछि हङकङको घरेलु मैदान खेलेको छैन । त्यसबेला पारससँगै र शरद भेषावकरले खेलेका थिए पछिल्लो समय युवा बलर सन्दिप लामिछानेले हङकङमा टी-२० लिग खेलेका छन् । अन्य खेलाडीका लागि हङकङको कन्डिसन केही नयाँ हुनसक्छ । यो पटक नेपाली टोलीमा दुई नयाँ अनुहार सुशील कँडेल र ललित भण्डारी आएका छन् । ओपनिङमा ज्ञानेन्द्र मल्ल र सागर पुन छन् भने शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी र सन्दिप लामिछाने टिममा पर्ने लगभग पक्का जस्तै देखिएको छ । ११ औै सदस्यका रुपमा स्पिनर थप्ने हो भने सुशील कँडेल, सुशन भारी विकल्प हुनसक्छन् । भर्खर टिममा स्थान बनाएका ललितको बलिङ पनि राम्रो छ । यदि अलराउण्डरतिर जाने हो भने आरिफ शेखले स्थान पाउन सक्ने देखिन्छ । प्रशिक्षक जगत टमाटाले राम्रो क्रिकेट खेल्ने र जितेर आउने आफूहरुको लक्ष्य रहेको बताए । कप्तान पारस र प्रशिक्षक टमाटा दुबै यो पटक तयारी राम्रो भएको बताउँछन् । नेपाली टोली मंगलबार हङकङ जानेछ । टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय झण्डा हस्तान्तरण गरेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies