Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

क्यूबाली क्रान्तिका महानायक चे ग्वेभारा हत्याको ५० वर्ष, यसरी अाेर्लीए विश्वभरीका लाखौं मानिस सडकमा

\"\"चे ग्वेभाराको हत्या भएको ५० वर्ष पुगेको दिनको सम्झनामा क्यूबामा हजारौं मानिसहरु सडकमा ओर्लिएका छन् । सान्टा क्लारामा राष्ट्रपति राउल क्यास्त्रोसहितले चे लाई सम्झिएका छन् । ल्याटिन अमेरिकाका अरु देशमा समेत हजारौंले चे को सम्झना गरेको विविसीले जनाएको छ । क्यूबाली क्रान्तिका महानायक चे ग्वेभाराको हत्या भएको आज पचास वर्ष पुगेको छ । विश्वका उत्पीडित जनताहरुको मुक्तिका लागि क्रान्ति र संघर्षको प्रतिक बनेका चे ग्वेभारा मानव इतिहासमा साहस र क्रान्तिकारिताका लागि चिनिन्छन् । चे ग्वेभारालाई सुराकीले दिएको सूचनाका आधारमा अमेरिकी सैनिकहरुले मारेका थिए । मर्नु अघि चे ले भनेका थिए– आऊ, कायरहरु, यो छातीमा गोली ठोक, तिमीले बढीमा एकजना व्यक्तिलाई पो मार्न सक्ने हो । साँच्चिकै त्यस्तै भयो । चे को शरीर अस्त भएपनि उनको विचार भने आगो झैं फैलियो । आज संसारमा चे लाई नसम्झिने र उनका बारेमा थाहा नपाउने धेरै कम छन् । खासगरी ल्याटिन अमेरिकामा त चे एउटा आइकन हुन विद्रोहका । चे ग्वेभारा मारिएको क्षणको तस्वीर ४७ वर्षसम्म सार्वजनिक भएन । तीन वर्ष अघि परिवारले उनको तस्वीर सार्वजनिक गरेको थियो । तस्विर सार्वजनिक गरेका इनामोल आर्टिएगाले भनेका छन् कि १९६७ मा यी तस्विर समाचार एजेन्सी एएफपीका फोटो जर्नलिष्ट मार्क हटनले लिएका थिए । ती तस्विर चे ग्वेराका अंकल लुइस कार्टेरोलाई दिइएको उनको भनाइ छ । लुइस त्यतिबेला बोलिभियामा मिसनरीकोरुपमा काम गर्थे । यी तस्विर उनले ४७ वर्ष सम्म लुकाएर राखेका थिए । अर्जेन्टिनामा जन्मेका चे ग्वेभारा बोलिभियामा पक्राउ परेपछि बन्दी बनाइएका थिए । उनलाई सन् १९६७ अक्टोबर ९ को दिन हत्या गरिएको थियो । ग्वेभाराले क्युवाली तानाशाह फुल्गेन्सियोबतिस्ता विरुद्ध सन् १९५३ को जुलाइमा क्रान्तिको घोषणा गरेका थिए । उनकै नेतृत्वमा भएको क्रान्तिमा अहिले सम्म जिवितै रहेका क्युवामा २८ वर्ष शासन गरेका फिडेल क्यास्ट्रो पनि समावेश भएका थिए । उनले सन् १९५८ मा क्युवामा सत्ता विद्रोह गर्न सफल भए । चे लाई सैनिक कमाण्डरको जिम्मेवारी दिइयो । तर उनले अन्य देशमा समेत क्रान्ति फैलाउन भन्दै क्युवा छोडे । चे ले युवा अवस्थामा सानो मोटर लगाइएको साइकलमा अर्जेन्टिनामा १२००० किलो मिटर लामो यात्रा गरेका थिए । उनले यो विषयमा संस्मरण समेत प्रकाशित गरेका थिए । यस्को नाम थियो (मोटरसाइकल डायरीज । सन् २००४ मा यो डायरीको विषयमा चलचित्र नै बनेको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा विश्वास गर्ने चे सन् १९५९ को जुलाइमा भारत आएर तत्कालीन प्रधानमन्त्री पण्डित जवाहर लाल नेहरुलाई समेत भेटेका थिए । फाेटाेमा चे \"\" \"\" \"\" \"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: