Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

विवादस्पद डिआइजी सिलवाल राजीनामा टुंगो नलाग्दै एमालेमा प्रवेश, कारवाहीको तयारी

\"\"काठमाडौं । विवादस्पद छविका डिआइजी नवराज सिलवालको राजीनामाको टुंगो नलाग्दै पार्टी प्रवेश गरेका छन् । राजीनामाको टुंगो नलाग्दै शुक्रवार डिआइजी सिलवाल एमालेमा प्रवेश गरेपछि प्रहरी संगठनभित्र हल्लीखल्ली मच्चिएको छ । प्रहरी नियमावलीमा रहेको कानुनी प्रावधान अनुसार बहालवाला प्रहरी अधिकारीलाई राजनीतिक क्रियाकलापमा पूर्ण बन्देज लगाइएको छ ।

डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश

प्रहरी स्रोतका अनुसार राजीनामा टुंगो नलाग्दै पार्टी प्रवेश गरेपछि प्रहरी प्रधान कार्यालयले डिआइजी सिलवालविरुद्ध आचारण विरुद्धको कारबाहीको प्रक्रिया अघि बढाउने तयारी छ । सिलवालले सर्वोच्च अदालतमा दिएको रिट निवेदन भदौ २७ मा पूर्ण इजलासले खारेज गरेपछि भदौ २८ मा प्रहरी सेवाबाट राजीनामा दिएका थिए । उक्त पत्र सिलवालले प्रहरी प्रधान कार्यालयमा बुझाएका थिए । सरकारले बरियता मिचेर डिआइजी जयबहादुर चन्दलाई आइजिपी सिफारिस गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए । सिलवालले रिट दायर गर्नेक्रममा सर्वोच्चमा पेश गरेको कागजात कीर्ते भएको भन्दै गृह र प्रहरी प्रशासनले कारबाहीको तयारी अगाडि बढाएका थिए । त्यसैका लागि उनको राजीनामा स्वीकृत नगरी थाँती राखिएको थियो। २०७३ फागुन १ गते डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्च गएका सिलवालको रिट निवेदनको सुनवाइ गर्दै फागुन ८ मा जयबहादुर चन्दको बढुवा बदर गरिएको थियो। सरकारले चैत २९ मा डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि सिलवाल दोस्रो रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतले पहिलो रिट निवेदनको सुनवाइका क्रममा मगाएको कार्य सम्पादन मूल्यांकनमा कीर्ते गरेको आशंकामा वैशाख ११ मा सिलवाल पक्राउसमेत परेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies