पाँचथर । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि नेपाली काँग्रेस पाँचथरले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सांसदको आकांक्षीमा दुईजना पत्रकारको नामसमेत पार्टीले सिफारिस गरेको छ ।
क्षेत्र नं २ बाट समानुपातिकतर्फ हरिराज आङ्दम्बे, धनेन्द्र चेम्जोङ, रामराज आङ्दम्बे, गंंगामाया आङ्दम्बे, आशा आङ्दम्बे, नीरबहदुर धमला र वीपेन्द्र गौतमको नाम सिफारिस भएको छ ।
आकांक्षीमध्ये प्रदेशसभा प्रत्यक्षतर्फका लवदेव ढुंगाना र क्षेत्र नं २ बाट समानुपातिकतर्फका वीपेन्द्र गौतम पत्रकार हुन् । त्यस्तै नेकपा (एमाले) पाँचथरले प्रतिनिधिसभाका लागि प्रत्यक्षबाट पूर्व सांसद तथा एमाले जलस्रोत तथा ऊर्जा विभाग सचिव वसन्तकुमार नेम्वाङ र समानुपातिकतर्फ केन्द्रीय सदस्य पूर्व सामान्य प्रशासन मन्त्री डम्बरसिं सम्बाहाम्फेको नाम सर्वसम्मतरूपमा छनोट गरिएको जनाएको छ । त्यसैगरी प्रदेशसभाका लागि क्षेत्रीय कमिटीबाट सिफारिस भएका आकांक्षीको नाम नै जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको बताइएको छ । आकांक्षीहरुको टुंगो लगाउन नसकिएपछि दुईवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फबाट पाँच–पाँचजनाको नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव तिवेन्द्र चापागार्इंले बताए ।सिफारिस भएका भध्ये प्रदेशसभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ एमाले सल्लाहकार परिषद् सदस्य तथा सांसद गणेशकुमार काम्वाङ, पार्टीका पूर्व उपसचिव थुमनाथ चापागार्इं, जिल्ला सचिव तिवेन्द्रराज चापागाईं, जिल्ला सचिवालय सदस्य महेन्द्र थाम्सुहाङ र भवानी लिङ्देन छन् भने क्षेत्र नं १ बाट समानुपातिकतर्फ उपेन्द्र दंगाल, आशारत्न जबेगु, वीरदल राई, सुदर्शन थापा, कमल जबेगुको नाम सिफारिस भएको चापागार्इंले बताए ।
यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ कृष्ण आङ्देम्बे, नरेन्द्र बस्नेत, मेघराज घिमिरे, गंगा चेम्जोङ र छवि लावती छन् भने समानुपातिकतर्फ गोविन्द तामाङ, नरबहादुर खड्का, ड्राइभरसिं महरा, करुणा राई र सन्त राईको नाम सिफारिस भएका बताइएको छ । पाँचथरबाट यसअघि माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाइसकेको छ । जसमा संघतर्फ श्रीप्रसाद जबेगु, पाँचथरको क्षेत्र नं ‘क’ बाट हर्क नेम्वाङ मिक्सो र ‘ख’ बाट इन्द्र आङ्बो मौसमको नाम केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: