Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

वारि सुनसान सिमा पारि नेपालीकाे भीड 

\"\"झापा । दशैँको पूर्वसन्ध्यामा झापाको सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपाली उपभोक्ताको भीड लागेको छ ।

यहाँका बजारभन्दा खाद्यान्न, लत्ताकपडा केही सस्तो हुने भएपछि ती बजारमा नेपाली उपभोक्ताको भीड लागेको हो । दैनिक उपभोग्य वस्तु चिनी, दाल, चामल, तेल, लत्ताकपडालगायत खरिदका लागि भारतको पानीट्याङ्की, नक्सलबाडी, सिलिगुडी, गलगलिया, बतासीलगायतका बजारमा अहिले नेपाली उपभोक्ताको भीड लाग्ने गरेको छ । “चाडपर्वका बेला किनमेलका लागि प्रायःजसो गलगलिया जाने गरेकी छु”, भद्रपुर–५ की पूजा शर्माले भनिन“त्यता सामान किन्दा अलि सस्तो पर्ने गरेको छ ।” दुई÷चार रुपैयाँ सस्तो हुने भएपछि आफू भारतीय बजारमा किनमेलका लागि जाने गरेको बताइन । नेपाली बजारमा चिनीको मूल्य पसलअनुसार रु ८० देखि ९० सम्म पर्ने गरेको छ भने भारतीय बजारमा भारतीय रुपैयाँ ४० देखि ४३ (नेरु ६२ देखि ६८) पर्ने गरेको छ । “यहाँ रु १७० प्रतिकेजी पर्ने दाल त्यहाँ भारु ७० मा पाइन्छ”, बिर्तामोड–६ की मीना बस्नेतले भनिन “सामानको दाम दुई÷चार रुपैयाँ कम हुने भएकाले किनमेलका लागि भारतीय बजार जाने गरेकी हुँ ।” नेपाली बजारमा सामानको मनपरी मूल्य र बजार अनुगमन नहुँदा नेपाली उपभोक्ता भारतीय बजार जान बाध्य भएको उनको भनाइ छ । “बजार अनुगमन हुँदैन”,  “दाम पनि पसलैपिच्छे फरक–फरक हुन्छ, पसल सञ्चालकले अनुहार हेरेर सामानको मूल्य लिन्छन् ।” भारतीय सीमावर्ती बजार नेपाली उपभोक्ताका कारण दिनदिनै बढ्दै गएका छन् भने नेपाली बजार सुक्दै गएका छन् । भद्रपुरको नजिकको भारतीय बजार गलगलिया दिनदिनै फस्टाउँदै गएको छ । “भारतीय सीमावर्ती बजारको ग्राहक भनेकै नेपाली उपभोक्ता हुन्”, भद्रपुर–८ निवासी नेपाली काँग्रेस जिल्ला सदस्य तोया गड्तौलाले भने, “सस्तो हुने भएपछि यहाँका उपभोक्ता उतै जान्छन्, सामानको गुणस्तरबारे खासै चासो हुँदैन ।” खाद्यवस्तुमा मिसावट बढ्दै गएकाले उपभोग्य वस्तु खरिद गर्दा सर्वसाधारणले गुणस्तरमा पनि ध्यान दिनुपर्ने उनकाे सुझाव छ । “नेपाली रुपैयाँ भारतीय बजार जाने गरेकाले त्यसका लागि सरोकारवाला र व्यापारीले प्रभावकारी कदम चाल्नुपर्छ”, उनले भने । कुनै पनि वस्तु बिक्री गर्दा लागत मूल्यभन्दा २० प्रतिशतसम्म मुनाफा लिन पाइँदैन । त्योभन्दा बढी भएमा कालोबजारी गरेको ठहर्छ । तर, बजार अनुगमन नहुँदा अत्यधिक मुनाफा राखेर व्यापारीले मालसामान बिक्री गर्ने गरेको भद्रपुर–७ की लक्ष्मी ढकालले गुनासो गरे । त्यस्तै, सीमावर्ती क्षेत्रमा खुलेका मनी चेञ्जरले महँगो दरमा भारतीय रुपैयाँ सटही गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकको मुद्रा विनिमय दर भारु एक सयको १६० रुपैयाँ १५ पैसा भए पनि यहाँ रु १६५ मा कारोबार हुँदै आएको छ । सरोकारवाला निकायले नियमन र अनुगमन गर्न नसक्दा नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies