Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

१९ लाखले छोडे काठ्माण्डौ

\"\"काठमाडौँ । दशैं मनाउन उपत्यकाबाट हालसम्म १९ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैँका लागि बाहिरिनेको सूचीमा राखिएको छ । उपत्यकाबाट बाहिरिनेको संख्याभन्दा भित्रिनेको संख्या भने निकै न्यून छ । बडादशैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यकाका चार नाका थानकोट, साँगा, दक्षिणकाली र बालाजुबाट दिनहुँ राजधानीमा पेशा, व्यवसाय र अध्ययनका लागि बसेकाका साथै विदेशबाट फर्किएकाहरु धमाधम बाहिरिरहेका छन् । विशेषगरी थानकोट नाका हुँदै बाहिरिने यात्रुले लामो समय ट्राफिक जामको समस्या भोग्नु परिरहेको छ । प्रवक्ता रञ्जितकारले सडक विस्तारका क्रममा भत्काइएको संरचनाको कारण सो क्षेत्रमा जाम भइरहेको बताए। उनले भने, “सम्झौताको काम शुरु नहुँदै हामीले आग्रह गरेर ठेकेदारलाई कलंकीबाट थानकोटसम्मको सडकका खाल्डाखुल्डी पुर्न लगार्यौँ, अझै सडक सफा नभएकाले केही समस्या परेको छ ।” दशैँमा बाहिरिने यात्रुलाई ध्यानमा राखी उपत्काका १२ ठाउँमा ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । सो कक्षबाट यात्रुलाई कुनै समस्या परे सहयोग गर्ने, जानकारी दिने, सवारी भाडा अनुगमन गर्ने लगायत काम भइरहेको छ । यस्तै सवारी साधनको बढी चाप हुने नयाँसडक, बसपार्क, कलंकीलगायत स्थानमा थप जनशक्ति परिचालन गरिएको प्रहरीको भनाइ छ । चाडपर्वमा मादकपदार्थ सेवन(मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढ्ने भएकाले मापसे जाँचलाई तीव्रता दिइएको छ । वरिष्ठ उपरीक्षक रञ्जितकारले अरु समयमा साँझ मात्रै हुने मापसे जाँच चाडपर्वको अवधिभर दिनभर पनि हुने जानकारी दिए । यस वर्ष यही असोज १४ गते विजयादशमी परेको छ । टिकटको कालोबजारी गर्ने र तोकिएकोभन्दा बढी भाडा लिने ३० सवारी साधनलाई कारबाही गरिएको र बढी रकम लिनेलाई लिएको रकम यात्रुलाई फिर्ता गर्न लगाई आवश्यक कानुनी कारबाही गरिएको रञ्जितकारले बताए । चाडपर्वमा यात्रुबाट बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई निगरानीमा राखिएको ट्राफिक प्रहरीको भनाइ छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending