आश्विन १० गते, २०७४ मगलवार 26th September, 2017 Tue१४:०५:०६ मा प्रकाशित
मलेखु । नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष भयो ।
विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छ । सिद्धलेक गाउँपालिका–६ की देवकी पण्डितका छोरा दामोदर विदेश गएको लामो समय भयो कहाँ भन्ने अत्तोपत्तो नभएपछि यस वर्षको दशैँ पनि अरु वर्षमा जस्तै बाटो हेरेर बित्ने भएको छ । “छोरा घर आउला र छिमेकीको घरमा जस्तै रमाइलो गरुँला” भन्ने उनको आशा निराशामा परिणत भएको छ ।
सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका–२ की अस्मिता पौडेल “घर आउँछु” भन्ने छोराको यादमै बित्ने पक्का भएको छ । चार वर्षअघि कुवेत गएका उनका छोरा सम्पर्कमा छैनन् । दशैँमा आउँछु भनेर फोन गरे पनि केही वर्षदेखि उनी कता हराए भन्ने कसैलाई थाहा छैन । साथीभाइले पनि पत्ता लगाउन सकेका छैनन् ।
आर्थिक अवस्था सुधार गर्नका लागि विदेशिएका व्यक्ति धमाधम बेपत्ता हुनु र चाडबाडमा समेत सम्पर्कमा नआउँदा घरमा रहेका परिवार आत्तिने गरेको मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बताउनुभयो ।
वैदेशिक रोजगारीमा सुरक्षित तरिकाले जाने लगायतको सूचना तथा परामर्श उपलब्ध गराउँदै आएको सिर्ड्स धादिङले विदेश जाँदा अपनाउनुपर्ने विषय र अन्य सुरक्षित वैदेशिक रोजगारसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउँदै आए पनि विदेश गएर बेपत्ता भएकाको संख्या कम छैन ।
सिड्र्स धादिङका कार्यक्रम संयोजक गंगा सुवेदीले विदेश गएर बेपत्ता भएकाको खोजी गरिदिनका लागि निवेदन दिनेको संख्या धादिङ जिल्लामा ४५ जना रहेको जानकारी दिनुभयो ।
धादिङबाट विदेश गएकामध्ये मलेसियामा २५, कतारमा तीन, साउदी अरब र युएइमा चार चार, भारत र कुवेतमा तीन तीन, जर्जियामा दुई र इराकमा एक जना बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ । जिल्लाको उत्तरी भागबाट बढी मानिस विदेशमा बेपत्ता छन् । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, बसेरी, जोगीमारा, थाँक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटारलगायत क्षेत्रबाट धेरै मानिस हराएको सूचना प्राप्त भएको छ ।
बेपत्ता हुनेको हकमा खोजी गर्नका लागि सरकारबाट कुनै पनि निश्चित संयन्त्र नहुँदा विदेशमा बेपत्ता भएकालाई खोजी गर्न अप्ठ्यारो परिरहेको छ । यद्यपि सूचना तथा परामर्श केन्द्रले विभिन्न छापा र अनलाइनमार्फत सूचना सार्वजनिक गरेर खोजी गरिरहेको छ ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: