Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

स्वास्थ्य क्षेत्रको बजेट सदुपयोग हुनुपर्यो

\"\"इटहरी । स्वास्थ्य मन्त्रालयले सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक केही उच्चस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन रु दुई करोड बजेट निकासा गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका सेवाग्राही नगरवासीको स्वास्थ्य सेवाका क्षेत्रमा उच्चस्तरीय सेवा उपलब्ध गराउन प्राथमिक स्वास्थ्य केन्द्रभन्दा एक तह माथिल्लो तहको स्वास्थ्य सेवा उपलब्ध गराउन उक्त बजेट निकासा दिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ । धरान र इटहरी उपमहानगरकाका लागि रु एक करोडमा स्तरीय चिकित्सा सेवासहित सर्वसाधारण सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी उक्त रकम भौतिक पूर्वाधार निर्माण लगायतमा खर्च गर्नेगरी विनियोजन भई आएको कार्यक्रमका सम्पर्क व्यक्ति (कल पर्सन) राजनारायण मण्डलले जानकारी दिए। उनले उक्त रकम दुवै उपमहानगरपालिकाको खातामा जम्मा भई सकेको तर चालु आर्थिक बर्षको बजेट सार्वजनिक गर्दा त्यो बजेटको विषयमा नगर परिषदसभामा त्यस विषयलाई प्राथमिकतामा पारेको नदेखिदा कार्यक्रम हराउने खतरा बढेको कुरा सार्वजनिक गरे। यसअघि पनि इटहरी उपमहानगरपालिकाका लागि शहरी स्वास्थ्य कार्यक्रममार्फत रु ५० लाख विनियोजन भई आएको र त्यो रकमका विषयमा पनि अहिलेसम्म इटहरी नगरपालिकाले सार्थक काम गर्न नसकेको पाइएकाले यसपटक आएको बजेट पनि हराउने पो हो कि भन्ने खतरा देखिएको मण्डलको भनाइ छ । दुवै नगरपालिकाको नाममा आइसकेको बजेट नगर परिषद्सभाले त्यसको प्रयोजनका विषयमा मौन देखिनुले पनि बजेट हराउनसक्ने खतरा देखिएकाले यो विषयलाई सार्वजनिक गर्न जरुरी देखिएको र विगतमा इटहरीमा आएको रु ५० लाखसमेत प्रयोगविहीन भइरहेको समेत उनले गुनासो गरे। रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending