Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

अमेरिकाका लागि आइएसआइएस बढी चुनौतिपूर्ण

वासिङ्गटन, अमेरिकी समाचार संस्था सिएनएन/ओआरसीले अमेरिकी नागरिकसँग गरेको एक सर्वेक्षणमा इराक र सिरियामा भयानक आतङ्क मच्चाइरहेका आइएसआइएस (इस्लामिक स्टेट) आतङ्ककारीहरु इरान र रसिया वा विश्वका अन्य मुलुकहरुका लागिभन्दा अमेरिकाका लागि निकै खतरापूर्ण रहेको देखिएको छ

अन्तर्वार्ताका माध्यमद्वारा गरिएको उक्त सर्वेक्षण प्रतिवेदन गतः बुधबार प्रकाशित भएको थियो ।

सर्वेक्षणमा भाग लिनेहरुमध्ये ६८ प्रतिशतले इस्लामिक स्टेट अमेरिकाका लागि गम्भीर रुपमा चुनौतिपूर्ण रहेको मत प्रकट गरेका थिए । त्यसैगरी ३९ प्रतिशतले इरान, ३२ प्रतिशतले उत्तर कोरिया, २५ प्रतिशतले रसियाका लागि चुनौतिपूर्ण रहेको मत प्रकट गरे । समग्रमा, आइएसआइएस विश्वमै गम्भीर चुनौतिपूर्ण रहेको भन्ने ९० प्रतिशतको मत थियो ।

सर्वेक्षणलाई राजनीतिक र वैचारिक झुकावको दृष्टिकोणबाट विश्लेषण गर्दा पनि ६८ प्रतिशत डेमोक्र्याट समर्थक, ७९ प्रतिशत रिपब्लिकन समर्थक र ६३ प्रतिशत स्वतन्त्र विचारधारा समर्थकहरुले अमेरिकाका लागि इस्लामिक स्टेट अत्यन्त गम्भीर रुपमा खतरापूर्ण रहेको विचार व्यक्त गरेका छन् ।

गत मार्च महिनामा सिएनएन÷ओआरसीले गरेको यस्तैखाले अर्को एक सर्वेक्षणमा इस्लामिक स्टेटले आन्तरिक द्वन्द्व बढाइ अमेरिकी क्षेत्र तथा विश्वका अन्य मुलुकहरुमा समेत ठूलै युद्धको खतरा उत्पन्न हुन सक्नेमा ७९ प्रतिशत अमेरिकीहरुले चिन्ता प्रकट गरेका थिए ।

तर बहुसङ्ख्यकले इस्लामिक स्टेटका युद्ध तथा हिंसाजन्य सबै गतिविधि नियन्त्रण गर्न अमेरिका पूर्ण सफल हुनेमा विश्वस्त रहेको मत प्रकट गरेका थिए ।

naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending