Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

विप्लव माओवादीद्धारा बागलुङमा ८४ रोपनि जग्गा कब्जा

बागलुङ, नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले बागलुङको ढोरपाटनमा ८४ रोपनि जग्गा कब्जा गरेको घोषणा गरेका छ । माओवादीले जिल्लाको पर्यटकीय स्थल ढोरपाटनमा बैंकर देवि भट्टचनको जग्गा कब्जाको घोषणा गरेका हो । प्रभु बैंकका अध्यक्ष रहेका भट्टचनको बोवाङ ९ मा रहेको ८४ रोपनि जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको सेक्रेटरी विकिरणले बताए । शक्तिको प्रयोग गरेर सर्वसाधरण र सरकारी जग्गालाई भट्टचनले आफ्नो नाममा दर्ता गरेकाले जग्गा कब्जा गरेको विकिरणले दावि गरे । विक्रम संम्बत २०३९ सालमा होमबहादुर भट्टचन गाविस अध्यक्ष भएको बेलामा देविले त्यहाँका दलित र तिब्बतीयन शरणर्थी बसेको जग्गा आफ्नो नाममा पास गरेरेकोले कब्जा गर्नुपरेको उनको जिकिर थियो । कब्जा गरेको जग्गा जनताले भोगचलन गर्ने माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवक बागलुङका अध्यक्ष रामबहादुर कुँवरले बताए । हाल सो जग्गाको मुल्य करिब ८४ लाख पर्ने स्थानियबासीले बताएका छन् । बागलुङको तमानका बासिन्दा रहनुभएका भट्टचनको जग्गामा जिर्ण अवस्थामा रहेको एक घर र स्याउको बोट रहेका छन् । जग्गामा पार्टीको झण्डा गाडेपछि स्थानिय ढोरपाटन सामुदायिक लजमा कार्यक्रमको आयोजना गरि ढोरपाटनबासीलाई जग्गा कब्जा गर्नुको कारणका बारेमा जानकारी गराएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE