Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

नेपाल ताजिकिस्तानसँग अाज भिड्दै

\"\"काठमाडाैं । एएफसी एसिया कप २०१९ छनोट प्रतियोगितामा मंगलबार नेपाल ताजिकिस्तानविरुद्धको महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै छ । समूह ‘एच’मा नेपालले दुई खेलबाट एक अंक जोडेको छ । ताजिकिस्तानले खाता खोल्न सकेको छैन । ताजिकिस्तानमाथिको जितले नेपालको दोस्रो स्थानमा उक्लने सम्भावना छ । शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् । नेपालले ताजिकिस्तानसँग भिड्न तयार रहेको नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्यातोकु कोजीले बताए । ‘हाम्रो लक्ष्य नै अगाडि बढ्नु हो । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ । विपक्षीको रणनीतिअनुसार टोली कोजीले नियमित कप्तान अनिल गुरुङलाई पाखा लगाउँदै शनिबार राष्ट्रिय टोली घोषणा गरेका थिए । प्रशिक्षक कोजीले ताजिकिस्तानको रणनीतिअनुसार नै नेपालको अन्तिम ११ खेलाडी घोषणा हुने र रणनीति पनि त्यहीअनुरूप गर्ने छन् । ‘विपक्षीको रणनीतिअनुसार टोली बन्नेछ, ताजिकिस्तानको रणनीति कस्तो छ, त्यो खेलबाटै थाहा हुन्छ, त्यही खेलअनुसार म रणनीति बनाउनेछु,’ कोजीले भने, ‘हामीहरूको प्रयास नै जित हुनेछ ।’ प्रिन्सको सम्भावना राष्ट्रिय टोलीमा पहिलोपटक छनोट भएका नेपाली सेनाका जर्ज प्रिन्स कार्कीले मंगलबार नै डेब्यु अवसर पाउनेछन् । प्रिन्सको क्षमता र स्पिरिटका कारण उनलाई टोलीमा समावेश गरिएको कोजीले जानकारी दिए । ‘प्रिन्स युवा खेलाडीमध्ये राम्रो छ, उनको खेल स्पिरिट हामीले हेरेका छौँ, यसै कारण उनले स्थान बनाउन सफल भएका हुन्.,’ प्रिन्सलाई छनोट गर्नुका कारण बताउँदै उनले भने, ‘मलाई विश्वास छ, मगलबारको प्रतिस्पर्धामा प्रिन्सले स्थान बनाउने छन् ।’ ताजिकिस्तानको आत्मविश्वास छनोट चरणका दुवै खेल गुमाएको ताजिकिस्तानले नेपालमाथि जित निकाल्ने रणनीतिमा छ । ताजिकिस्तानका प्रशिक्षक फुजायलोभ खाकिमले पत्रकार सम्मेलनमा नेपालविरुद्ध जित नै अन्तिम विकल्प भएको बताए । ‘हामी नेपालको घरेलु मैदानमा जित निकाल्न सक्षम छौँ,’ खाकिमले भने, ‘हामीले दुई खेलमा हार बेहोरेका छौँ, यसले नेपालविरुद्ध खेलमा प्रभाव पार्दैन र हामी नेपाललाई हराउँदै अंक बटुल्छौँ ।’ ताजिकिस्तानका खेलाडी पनि नेपालविरुद्ध खेल्न उत्साहित भएको उनले बताए । ‘मेरा खेलाडी मैदानमा नेपालविरुद्ध खेल्न लालायित छन्,’ उनले भने । विपक्षीको स्तर माथि नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले ताजिकिस्तान नेपालभन्दा माथिल्लो स्तरको टोली रहेको जनाए । तर, नेपालले ताजिकिस्तानविरुद्ध उत्कृष्ट खेल पस्कने उनको दाबी गरे । ‘ताजिकिस्तान हामीभन्दा माथिल्लो स्तरमा फुटबल खेल्छ । तर, हामी जितका लागि प्रयास गछौँ,’ कप्तान महर्जनले भने, ‘हामीहरूको लक्ष्य नै तीन अंक हो ।’ उनले प्रतिस्पर्धामा रक्षापंक्तिमा ध्यान दिइने जनाए । ‘पछिल्लोपटक डिफेन्समा धेरै गल्ती भयो, अब हामी त्यसमा सुधार गरी प्रतिस्पर्धा गछौँ,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies