Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम ?

\"\"उत्तर कोरियाले आइतबार भूमिगत विष्फोट गराएको हाइड्रोजन बम निकै शक्तिशाली मानिएको छ । कुनै अनुमानले त्यसको शक्ति एक सय किलोटन भएको उल्लेख गरेका छन् । अर्थात अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको फ्याट बोय नामक अणु बम भन्दा यो पाँच गुणा शक्तिशाली हो ।

हाइड्रोजन बम परिक्षणले ठूलो भूकम्पको धक्का

नागासाकी विष्फोटले तत्काल ७० हजारको ज्यान गएको थियो । तर अझ पनि मानव निर्मित सबभन्दा शक्तिशाली विष्फोटहरुको तुलना गर्ने हो भने चाहिं यो निकै सानो नै हो । परमाणु दौड उत्कर्षमा पुगेको बेला सन् १९६१ मा सोभियत युनियनले बमहरुको राजा नाम दिएको बमको विष्फोट गराएको थियो । उक्त हाइड्रोजन बमको शक्ति ५० हजार किलोटनको थियो ।

अमेरिकाद्वारा उत्तर कोरियालाई कडा चेतावनी

तर पनि उत्तर कोरियाको हालको शासन शैली अनि उसका छिमेकीहरुसंगको सम्बन्धका कारण उसको परीक्षणलाई अन्तर्राष्ट्रिय जगतले निकै गम्भीरताका साथ लिएको छ । बीबीसीका विश्लेषक जनाथन मार्कस भन्छन् यसले कयौंले अपेक्षा गरेभन्दा तीव्र गतिमा सबै कित्तामा उत्तर कोरियाली परमाणु कार्यक्रमले प्रगति गरिरहेको छ भन्ने संदेश दिएको छ । सैन्य चेतावनी, एक्ल्याउने प्रयास र प्रतिबन्ध जस्ता उत्तर कोरियामाथि दवाव दिने सबै उपाए प्योङ्याङलाई पछाडि धकेल्न विफल देखिएका छन् । उत्तर कोरियाको हाइड्रोजन बम विफल बनाउने दक्षिण कोरियाको ‘लाइभ-फायर’ अभ्यास के यो भन्दा थप पनि गरिनसक्छ ? पक्कै पनि, तर कडा आर्थिक दवावले त्यहाँको सत्तालाई सम्भवत: निसहाय बनाइदिन र उसलाई वर्वादीतर्फ धकेल्न सक्छ जुन कुराको सामना गर्न चीन अनिच्छुक लाग्छ । प्योङ्गयाङ्गको परमाणु कार्यक्रमलाई अब पछाडी फर्काउने भन्दा पनि परमाणु अस्त्रले सुसज्जित भइसकेको उत्तर कोरियासंग अब विश्व जगतले नियन्त्रण र प्रतिरोधको नीति प्रधान रुपमा अपनाउन सक्ने देखिन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending