Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विचित्रको कहानीः ‘विवाहको रात सेक्स भएन, तर धेरै कुरा भयो’

\"\"एक यस्ती महिलाको कहानी जो श्रीमती पनि हुन् र श्रीमान् पनि । यो आफैंमा एक अचम्मको कुरा हो, तर उनले यस्तै गरिन् । ती महिलाको शब्दमा नै पढ्नुहोस्, विचित्र विवाहको अनुभवः दुई वर्ष पहिले मैले आफैंसँग विवाह गरें । विवाहको दिन मेरो जीवनको सबैभन्दा उत्कृष्ट दिन थियो । म विन्टेज गाउनमा थिएँ र रसाएका परेलीले मेरो पिताले मलाई विदाई गरेका थिए । मेरा थुप्रै साथीहरु विवाहमा निकै खुसी भएर नाचिरहेका थिए । पुरुष र महिलाबिच आफूसँगै विवाह गर्ने अभियान संसारभरी निकै तिब्र रुपमा बढिरहेको छ । संसारभरी आफैंसँग विवाह गर्ने चाहना राख्ने मानिसहरुका लागि योसँग जोडिएका सल्लाहकार र सेल्फ–वेडिङ प्लानर तीब्र रुपमा विकसित भइरहेको छ । ब्राइटन (बेलायत) मा जुन दिन मैले विवाह गरें, त्यतिबेला आकाश निकै खुलेको थियो । त्यहाँ म आफ्नो ल्याब्राडोर कुकुर एलासँगै थिएँ । बेलायतमा मेरो यो विवाह वैध छैन । तर मेरा लागि उक्त समारोह निकै विशेष थियो । म ३८ वर्ष पुगिसकेकी छु र मैले जीवनमा दुःखद सम्बन्धको अनुभव बटुलेकी छु । मेरो अन्तिम पार्टनरलाई म अत्यधिक माया गर्दथें । म उनको प्रेममा बगेकी थिएँ तर उनले निकै चाँडै सम्बन्ध तोडिदिए । उक्त प्रेमको उमेर १८ महिना \"\" थियो । उनले मेरो साथीसँग मिलेर मलाई धोका दिए । उक्त धोका मेरा लागि सामान्य थिएन । यसले मलाई भयानक पीडा दियो । म गहिरो शोकमा डुबेकी थिएँ, मेरा आँसु रोकिएका थिएनन् । त्यतिबेला म आफैंसँग प्रश्न गर्दथें । ......... त्योभन्दा अघि पनि मैले धोका पाइसकेको थिएँ र मलाई त्यसको डर थियो । मलाई तत्काल लाग्न थाल्यो कि एक पटक पुनः गलत व्यक्तिसँग प्रेम गरिरहेकी छु । मैले कहिले पनि युवतीजस्तो उक्त विशेष दिनका लागि कुनै सपना देखेकी थिइनँ । यद्यपी, ब्रेकअप पछि मैले आफूभित्र आफैंलाई खोज्न सुरु गरें । आफैंभित्र प्रेमको खोजी गर्नुजस्तो रोमान्टिक अरु के हुनसक्ला भन्ने बारे सोच्न थालें । कुनै अन्य राम्रा नराम्रा व्यक्तिको साथ न त मलाई चाहिन्छ न नै कसैको लगातार खोजी गरिरहन सक्छु । सायद म जसको खोजीमा थिएँ, त्यो म नै हुँ । विवाह समारोहको आयोजना निकै सजिलो थियो । उक्त आयोजना मेरो खुसीको लागि मात्र थियो । मैले लण्डनबाट विन्टेज ड्रेस खरिद गरेकी थिएँ । विवाहका लागि मैले ब्राइटन बीच बुक गरेकी थिएँ । मैले विभिन्न प्रकारका पेय पदार्थको व्यव स्था गरेकी थिएँ । साथै विवाहको पारम्परिक मूल्यमान्यतालाई पनि अपनाकी थिएँ ता कि आफैंप्रति प्रतिबद्ध हुन सकूँ । मैले आफ्ना निराशासँग जुघ्ने कसम खाएँ । मैले आफ्ना असफलता स्विकार गरें । मैले राम्रो र नराम्रो दिनमा आफ्नो सबैभन्दा राम्रो साथी बन्ने कसम खाएँ । साथै, मैले सफलतालाई उत्सवको रुपमा मनाउने संकल्प पनि गरें । ......... मैले विवाहको क्रममा संकल्प लिँदै भने, ‘म गर्नेछु ।’ जब म संकल्प लिइरहेकी थिएँ तब समारोहमा आएका अतिथीबिच एक प्रकारको सन्नाटा छाएको थियो । विवाहको समारोह निकै भव्य थियो । मैले समारोहमा आएका प्रियजनतर्फ हेर्दा सबैले मसँग खुसी बाँडिरहेको देखें । पूरा माहोल मेरो निर्णयप्रति आश्वस्त हुने भाव थियो । मैले सबैलाई डान्समा समावेश हुनका लागि आग्रह गरेकी थिएँ । विवाहमा उपस्थित सबैजनाले मज्जाले डान्स ग \"\" र्नुभए को थियो । मेरी साथी क्याथले आफ्ना सन्तानसँग नाचिन् । थुप्रै मानिसहरुले अहिलेसम्म जति विवाह समारोहमा सरिक भए तीमध्ये सबैभन्दा उत्कृष्ट विवाह अनुभव भएको मलाई बताए । मेरा बुवाले उक्त विवाहलाई गम्भीरताका साथ लिए । उनी डराउँदै आफ्नो टाई सिधा गरिरहेका थिए । उनले मलाई पाखुरामा समाते र मलाई नै सुम्पिए । मलाई थाहा छ कि बुवालाई म कति माया गर्दछु । उनले सधैं मलाई साथ दिए । जे पनि मैले चाहें त्यसको समर्थनमा उनी उत्रिए । यति खुल्ला दिमाग भएका व्यक्ति मैले अहिलेसम्म देखेकी छैन । आफैंसँग विवाह गरेपछि मैले आफ्नो साथ र प्रशंसा पाउन थालें । मैले आफूलाई धेरै समय दिन थालें । यो जटिल पटक्कै छैन । आफूलाई प्रेम गर्न निकै सजिलो छ । म सधैं विवाहमा गरिएको आफ्नो संकल्पलाई याद गर्दछु र त्यसबारे प्रतिबद्ध छु । मेरो वेडिङ नाइट सेक्सी थिएन । वेडिङ नाइटमा सेक्स प \"\" नि थिएन वा रोमान्टिक थिएन भन्न सकिन्छ । तर मैले रातभरी ती मानिसहरुसँग नाचे जसलाई म प्रेम गर्छु । जब बिहान भयो तब म विवाहित महिला भइसकेकी थिएँ र मलाई निकै राम्रो महसुस भइरहेको थियो । थुप्रै मानिसहरु मलाई एक ‘निराश महिलावादी’ भन्छन् । मैले आफूलाई कुनै व्यक्तिसँग रोमान्स गर्नका लागि अलग्गाएको छैन । नन बन्नका लागि मैले कुनै हस्ताक्षर गरेकी पनि छैन । यदि जीवनमा कसैको साथ मिल्छ भने त्यो उत्कृष्ट हुनेछ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending