Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

अफगानस्थानमा युद्ध लड्ने ट्रम्पको घोषणा

\"\"वाशिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा आतंकवादीहरुविरुद्ध यसअघि जस्तै युद्द गर्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यो युद्दमा साथ दिन भारत र पाकिस्तानलाई समेत आग्रह गरेका छन् । भर्जिनियाका फोर्ट मेयरमा अमेरिकी सैनिकहरुमाझ भाषण गर्दै ट्रम्पले अबको युद्द जित्नका लागि लड्ने बताए । “हामी जित्नका लागि लड्ने छौं ।” ट्रम्पले भने, “हामी कहिले आक्रमण गइरहेका छौं भन्ने कुरा त म भन्न सक्दिनँ, तर हामी आक्रमण गर्नेछौं ।” ट्रम्पले विगतमा आफूले सेनाको संख्यामा कटौती गर्ने भनेपनि त्यो अफगान युद्दमा मारिएका अमेरिकी फौजको अपमान हुने बताए । अफगानिस्तानबाट सेना फिर्ता बोलाए आतंकवादीहरुका लागि आक्रमण गर्न ठाउँ खाली हुने र उनीहरुले आफ्नो सञ्जाल बलियो बनाउने ट्रम्पको तर्क थियो । पाकिस्तानले आतंकवादीहरुलाई संरक्षण गरेको आरोप लगाउँदै ट्रम्पले पाकिस्तानको कटु आलोचना समेत गरे । “पाकिस्तान आतंकवादी संगठनका लागि सुरक्षित स्वर्ग बनेको छ । हामी यो कुरामा लामो समय मौन बस्न सक्दैनौं ।” उनले भन, “हामीले चाहिँ पाकिस्तानलाई अर्बौं डलर दिने, तर पाकिस्तानले भने हामीले नै लडिरहेका आतकंवादीहरुलाई पाल्ने ? यो तत्काल परिवर्तन हुनुपर्छ ।” उनले यो युद्दमा भारतलाई समेत सहयोग गर्न आग्रह गरे । ट्रम्पले भने, “अफगानिस्तानमा स्थायीत्व हुनुपर्ने भारतको चासोलाई हामीले सम्मान गर्छौं तर भारतले अमेरिकासँग व्यापारबाट अर्बौं कमाइरहेको छ भने हामीलाई सहयोग गर्नैपर्छ ।” ट्रम्पको अभिव्यक्तिविरुद्ध तालिबानले भने कडा प्रतिक्रिया दिएको छ । अमेरिकाले युद्दको धम्की दिनु भन्दा आफ्ना सैनिक फिर्ता लग्नुपर्ने तालिबानले बताएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: