Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

महन्थ ठाकुरसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो दिए बचन

\"\"काठमाडाैं । राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । भेटका अवसरमा आगामी भदौ ५ गते संविधान संशोधन प्रस्तावलाई भोटिङमा लैजाने विषयमा छलफल भएको छ ।छलफलका क्रममा ठाकुरले देउवालाई जसरी भए पनि संविधान संशोधन विधेयक पारित गराउनुपर्नेमा दबाब दिएका छन् । भोटिङमा लैजादा दुई तिहाई बहुमत नपुग्ने अवस्था देखिएको भन्दै त्यसतर्फ सरकारले गम्भीर रुपमा सोचेर बहुमत पु¥याउनका लागि सबै दलसँग सहमति गर्नुपर्नेमा ठाकुरले देउवाको ध्यानाकर्षण गराएका हुन् । लामो रस्साकस्सीपछि सरकारले सातबुँदे संविधान संशोधन विधेयक व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । तर विधेयक पारित हुने सम्भावना ज्यादै न्यून देखिएपछि राजपाले सरकारलाई दबाब दिदै आएको छ । व्यवस्थापिका संसदको कार्यसूचीमा लामो समयदेखि अड्किएको संविधान संशोधन विधेयकमा छलफल सुरु भइसकेको छ । भदौ पाँच गते निर्णयार्थ पेश गर्ने तयारी भइरहेका बेला राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरले प्रधानमन्त्री देउवालाई विधेयक पास गराउनका लागि बाधक देखिएको नेकपा एमालेलाई पनि मनाउन आग्रह गरेका छन् । भेटका अवसरमा तराई क्षेत्रमा आएको बाढीले जनधनको क्षति भएको तर सरकारले प्रभावकारी रुपमा राहत र उद्धारको काम नभएको भन्दै ठाकुरले असन्तुष्टी व्यक्त गरेका छन् । ठाकुरले राहत वितरणलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । यस्तै भेटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका विषयमा पनि छलफल भएको थियो । भारत भ्रमणका बेला नेपालले उठान गर्ने एजेण्डाका विषयमा छलफल भएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: