Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

‘डन’ को नेता कनेक्सन

  काठमाडौं, घटना गत साउन २१ को हो । जतिबेला चर्चित गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी ‘इन्काउन्टर’ मा मारिए । उनी मारिएको घटना सार्वजनिक भएसँगै संसद अवरुद्ध भयो । नेकपा (एमाले) धादिङका सभासदहरु संसदमा उफ्रिए । कारण आपराधिक गतिविधिमा संलग्न दिनेश नेकपा (एमाले) धादिङका १ नं क्षेत्रीय उपाध्यक्ष थिए । प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका ‘चरी’ विभिन्न आपराधिक गतिविधिमा संलग्न थिए । निरन्तर आपराधिक घटनामा संलग्न रहँदारहँदै दलीय छत्रछायाँका कारण ‘क्लिन चिट’ पाउँदै आएका उनी एमाले अध्यक्ष ओलीको छत्रछायाँमा गुन्डागर्दी गर्नेमध्येकै एक थिए । चरी प्रकरण नेपाली राजनीतिमा गुन्डाराजको गतिलो उदाहरण थियो । राजनीतिक उतारचढावसँगै गुन्डाराजको उचाइ तलमाथि भैरहनु नेपाली राजनीतिको ‘परम्परा’ नै हो । २०४६ को राजनीतिक परिवर्तनपछि दलीय आवरणमा गुन्डागर्दी मौलाएको छ । त्यसअघिका केही ‘टोले दादा’ हरु यतिबेला विभिन्न ठूला अपराधमा जेल सजाय भोगिरहेका छन् भने केही दलीय आवरणमा खुलेआम  हिँडिरहेकै छन् । दलहरुले आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइकेहरुलाई ‘रेड कार्पेट’ बिछ्याएर भित्र्याउने होडबाजी नै चलेको छ । त्यसैले गुन्डाहरु अपराध गर्छन् र राजनीतिको छायाँमा ओत लाग्छन् । अपराधको दुनियाँ र राजनीतिको दुनियाँ फरक हुनुपर्ने हो तर नेपाली राजनीतिमा अपराध र राजनीति एक–अर्काका परिपूरकजस्तै हुन पेगको छन् । यतिबेला अपराध र राजनीतिलाई एकैसाथ अघि बढाउने ‘गुन्डा नाइके’ हरुमध्येका केही चर्चित पात्र यस्ता छन्– गणेश लामा \"Ganesh-lama-don-400\" राजधानीको ठमेलको रात्रीकालीन व्यवसायमा प्रभाव जमाएका गणेश लामा सुरुआती दिनहरुमा दिपक मनाङेको सहयोगी बने । भारतबाट भित्रिने रक्तचन्दनलाई काभ्रे हुँदै चीन पु¥याउन लामाको विशेष भूमिका छ । काभ्रेकै स्थानीय भएकाले रक्तचन्दन तस्करीमा उनको एकछत्र राज नै चल्यो । रक्तचन्दन र रात्रीकालीन व्यवसायबाट आर्थिक रुपमा बलियो बनेका उनले मनाङे समूहबाट बिदा लिएपछि काभ्रेका युवाहरुलाई समेटेर आफ्नै समूह विस्तार गरे । तेस्रो शक्तिको रुपमा उदाएका उनको आम्दानीका नयाँ स्रोतहरु पनि थपिँदै गए । रात्रीकालीन व्यवसायलाई पनि निरन्तरता दिइरहे । गुन्डागर्दीमार्फत अवैध सम्पत्ति जोडेपछि लामा जेल चलान पनि भए । सम्पत्ति शुद्धीकरण विभागले २७ करोड अवैध सम्पत्ति जोडेको भन्दै विशेष अदालतमा मुद्धा हालेपछि उनीसँग विशेषले ३ करोड धरौटी माग्यो । अदालतले मागेबमोजिमको धरौटी तिरेर उनी जेलमुक्त भए । लामाले निर्माण सामग्रीसम्बन्धी काम गर्न ‘सिरुवा कन्स्ट्रक्सन कम्पनी’ खोलेका छन् । तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारको पछि लाग्दै उनी फोरम लोकतान्त्रिकमा प्रवेश गरेर केन्द्रीय सदस्य भए । संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवारी दिई काभ्रेबाट पराजित भएका उनले गच्छेदारनजिक रहेर काम गर्दै आइरहेका छन् । मिलन गुरुङ ‘चक्रे मिलन’ \"chakre-400\"राजधानीको चक्रपथ क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ पनि आफू राजनीतिमा आउन इच्छुक रहेको बताउँछन् । गत माघमा गोरखामा आयोजित कार्यक्रममा २ लाख रुपैयाँ तिरेर ‘अतिथि’ बनेका उनले भनेका थिए– ‘अब म नेता भएँ, टिकट पाएँ भने गोरखाबाटै चुनाव जित्छु ।’ एमालेका सक्रिय कार्यकर्ता चक्रे शीर्ष नेताको नजिकका मानिन्छन् । एमाले नेता प्रदीप नेपालनिकट रहेर उनले आपराधिक गतिविधि गर्दै आएका छन् । नेपालकी श्रीमतीले टीका लगाउने भाइ बन्दै आएका छन् मिलन । अवैध सम्पत्ति जोडेका उनले ‘मिलन फाउन्डेसन’ मार्फत् ‘सामाजिक काम’ समेतमा हात हालेका छन् । अवैध हतियार तथा अवैध सम्पत्ति दुवै मुद्धा खेपेका उनी एमाले नेताको सहयोगी गुन्डा नाइकेका रुपमा परिचित छन् । चक्रेले ७ करोड ८ लाख रुपैंया अवैध सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । विशेषले मागेको १ करोड धरौटी बुझाएपछि गत असारममा उनी जेलमुक्त भएका थिए । कुमार घैंटे \"kumar-ghaite-400\"नेपाली कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी तथा गगन थापाको छत्रछायाँमा हुर्केका कुमार घैंटे कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा लाग्दै आएका उनले पनि पछिल्ला दिनहरुमा आफ्नै समूह बनाएका छन् । प्रहरी ‘इन्काउन्टर’ मा मारिएका चरी समेत उनकै समूहमा लागेका थिए । प्रहरी प्रतिवेदनअनुसार घैंटेले ०६२ असार १८ मा सामाखुसीस्थित भन्ज्याङ दोहोरी साँझमा कुटपिट गरेपछि उनीविरुद्ध उजुरी परेको थियो । त्यतिबेलै उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिए पनि कांग्रेस नेतृत्वको दबावमा छुटेका थिए । ६३ असार १८ मा समेत उनले ट्याक्सीमा गइरहेका प्रेम लामामाथि धारिलो हतियार प्रहार गरेका थिए । त्यतिबेला पनि उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा चलाइएको थियो । तर, यसपटक पनि उनी छुटे, राजनीतिक पहुँचकै आधारमा । ०६३ भदौ १६ मा घैंटेले गोंगबुस्थित ‘सोर्गल रेस्टुरेन्ट’ अगाडि काभ्रेकै विष्णु लामामाथि गोली प्रहार गरे । २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा पक्राउ परे पनि उनी तत्काल रिहा भइहाले । सुजन पौडेल ‘बाहुन डन’ \"ramesh_bahun-600x0\"सुजन पौडेल उर्फ बाहुन डन एमालेको रामेछाप जिल्ला समितिका सदस्य हुन् । ठीक एक वर्षअघि एमाले अध्यक्ष ओलीको हातबाट टीका लगाई एमाले प्रवेश गरेका पौडेल ओलीकै दबावमा रामेछाप जिल्ला समितिको सदस्य बनेका थिए । नेपाली सेनाको रेन्जर तहसम्मको तालिम गरेका उनी विभिन्न घटना घटाउँदै प्रहरीलाई छक्याउँदै हिँड्ने गर्थे । बाहुन हातहतियार तथा खरखजाना अभियोगमा प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा थिए । गत असारमा लागूऔषधसहित भारतको लखनउबाट महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले उनलाई पक्राउ गरेको थियो । बाहुनले हाउजिङ क्षेत्रमा आतंकै मच्चाएका थिए । उनी साना हतियारको कारोबारबाट आपराधिक दुनियाँमा हामफालेका थिए  । ६२ लगत्तै अपराधको दुनिँयामा यात्रा थालेका उनी व्यवासायीहरुका लागि ‘सुरक्षा खतरा’ बन्न पुगे भने प्रहरीको नजरमा समेत ‘मुख्य चुनौती’ का रुपमा खडा भए । बाहुन डन ०६४ मा दरबारमार्गबाट पेस्तोलसहित पक्राउ परे । त्यतिबेला जिल्ला प्रशासन कार्यलयमा धरौटी बुझाएर रिहा भएका उनी पुनः बुटवलबाट दुई पेस्तोलसहित पक्राउ परे । हातहतियार तथा खरखजानाको अभियोगमा दुई वर्ष कारागार बसेपछिपछि सफाई पाएर निस्केको उनी त्यसपछि हाउजिङ व्यवसायीबाट रकम असुल्न लागिपरे । बाहुन डन यतिबेला भने केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् । परशुराम बस्नेत \"Parsuram-Basnet-400\"एमाले युवासंघका केन्द्रीय सदस्य बस्नेत पूर्वाञ्चल  क्षेत्रका चर्चित गुन्डा नाइके  हुन् । विशेष अदालतको फैसालामा दुई करोड रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए । विराटनगर क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका बस्नेतको नाममा स्रोत नखुलेको ११ करोड ६१ लाख ४१ हजार बराबरको सम्पत्ति देखिएको थियो । अवैध सम्पत्ति राख्नेमा उनकी पत्नी अञ्जु बस्नेतको संलग्नता देखिएपछि पक्राउ परेकी बस्नेतपत्नीलाई साधारण तारेखमा छाडिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको छत्रछायाँमा आपराधीक गतिविधिमा समलग्न उनलाई महेश बस्नेतले राजनीतिक बढुवा गर्दै आएका छन् । केहि वर्ष अघि पत्रकार माथि आक्रमण गरेपछि बस्नेत चर्चामा आएका थिए । दिपक मनाङे \"dipak-manage-nepali-don-400\"लामो समयदेखि ठमेल क्षेत्रमा राज गर्दै आएका दिपक मनाङे पछिल्ला दिनमा गुमनाम छन् । २०४६ को राजनीतिक परिवर्तनलगत्तै सक्रिय बनेका क्षेत्रपाटीका दिपक मनाङेले राजनीतिक रुपमा त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आधार बनाए । खुला राजनीतिक अवस्थाको लाभ उठाउँदै मनाङेले पर्यटकीय क्षेत्र ठमेललाई ‘आधारइलाका’ को रुपमा प्रयोग गरे । त्यही ‘आधारइलाका’ मा उनले आफ्नो एक ढंगको ‘अवैध सत्ता’ कै अभ्यास गरे । २०६० पछि मुलुकमा रक्तचन्दन तस्करी बढ्यो । मनाङेलगायतका सबैजसो ‘गुन्डा’ हरु रक्तचन्दन तस्करीमै लागे । प्रशस्त आम्दानी हुने भएपछि ‘डन’ हरुले यसलाई ‘पेसा’ कै रुपमा अघि बढाए ।  र, मनाङेले पनि पहिलेको धन्दा जारी राख्दै रक्तचन्दन कारोबारलाई समेत एकैसाथ अघि बढाए । मनाङेको अवैध सम्पत्तिमाथी बिस्तारी बढ्यो सरकारी हस्तक्षेप । गुन्डागर्दीमार्फत अवैध सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि पनि विशेष अदालतमा मुद्धा हाल्यो । उनको नाममा १४ करोड ७४ लाख ३१ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति देखिएको दावीका साथ मुद्धा चलाइयो । विशेष अदालतले मागेको २ करोड ९० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी तीन महिना करागार बसे । तीन महिनापछि धरौटी बुझाएर उनी रिहा भए । मनाङे अहिले लक्ष्मण थारु नेतृत्वको संघीय लोकतान्त्रिक पार्टीको कार्यकर्ताका रुपमा क्रियाशील छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE