Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सरकारले अनसन तोड्न डा. केसीलाई प्रस्ताव पठायो

\"\"काठमाडौं । सरकार र वार्ता टोलीबीच सहमति जुटेपछि प्रा डा. गोविन्द केसीलाई अनसन तोड्न सरकारले प्रस्ताव गरेको छ । शुक्रवार जुटेको सहमतिपछि सरकारले १९ दिनदेखि अनशनरत केसीलाई आजै दिउँसो अनशन तोड्ने प्रस्ताव पठाएको हो । छलफलले केसीको मागहरुबारे एउटा मिलन विन्दु खोज्दै त्यसलाई उहाँसमक्ष अनशन तोड्ने प्रस्तावको रुपमा लिएर जाने निर्णय गरेको थियो । संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिअन्तर्गतको कार्यदलले विधेयकमा बिहीबार संशोधन गरेको बुँदा पुनर्लेखन गर्ने सहमति आज भएको हो । उक्त बैठकमा महिला बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिका सभापति, रञ्जु झा, विधेयकको प्रतिवेदन तयार गर्ने कार्यदलका सदस्यहरु, माथेमा आयोगका संयोजक केदारभक्त माथेमा, विधेयक मस्यौदा कार्यदलका उपाध्यक्ष भगवान कोइराला र केसीको वार्ता समितिका सदस्य पनि सहभागी थिए । विधेयकको दफा १३ मा सम्बन्धन लिन स्वास्थ्य मन्त्रालय र आयोगले तोकेको मापदण्ड पुरा गर्नु पर्ने, आफ्नै अस्पताल पूर्ण रुपमा सञ्चालन गर्नु पर्ने व्यवस्था छ । सरोकारवाला सहितको बैठकले विधेयकले व्यवस्था गरेको आयोग गठन गरेपछि उसले बनाएको नयाँ मापदण्ड अनुसार मात्रै नयाँ मेडिकल कलेजले सम्बन्धन पाउनेछ । सहमति अनुसार समितिले विधेयक टुङग्याउन तीन बजे बैठक राखेको छ । कार्यदलले शुक्रबार समितिलाई प्रतिवेदन बुझाएको थियो । शुक्रबार नै पारित गर्ने तयारी भएपनि सांसदहरुले अध्ययन गर्न समय माग गरेपछि रोकिएको थियो । विधेयकमा पूर्ण रुपमा सञ्चालन भएको अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न दिन सकिने व्यवस्था थियो । पछिल्लो सहमति अनुसार कम्तीमा दुई वर्ष अस्पताल सञ्चालन भएपछि मात्रै मेडिकल कलेजको सम्बन्धन दिन सकिने सम्झौता भएको छ । र, यो पनि डा. केसीको मागबारे बालुवाटारमा सहमति जुट्यो, अनसन तोडाउने तयारी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending