Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

क्रान्तिकारीमा मनोनयन दर्ता अघि उम्मेदवारी घोषणा गरे कारवाही हुने (अाचारसंहिताको पूर्णपाठ)

[caption id=\"attachment_112176\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । पहिलोपटक निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्न लागेको अखिल (क्रान्तिकारी)ले आसन्न २१ औं राष्ट्रिय सम्मेलनमा मनोनयन दर्ता गर्नु अघि कुनै पनि सदस्यले आफ्नो उम्मेदवारी घोषणा गर्न नपाउने नीति बनाएको छ । क्रान्तिकारीको पदाधिकारी बैठकमा प्रस्तुत आचारसंहिताको दफा ३ (ख) मा भनिएको छ ‘उम्मेदवार मनोनयन दर्ता हुनुभन्दा अगाडि कुनै पनि आयोजक वा प्रतिनिधिले आफ्नो उम्मेदवारी रहेको, भएको, हुने दावी गर्दै बिभित्र संचारमाध्यम, सामाजिक संजाल, भित्ते लेखन, पोष्टरिङ, फ्लेक्स, सार्वजनिक लविङ् र लविङ् प्रेरित लेख रचनाहरुको प्रकाशन र प्रशारण गर्न पाउने छैन् । आचारसंहिता वमोजिम आचारसंहिता लागू हुनु पुर्व यदि कुनै उम्मेदवारले सामाजिक संजाल वा अन्य कुनै माध्यममा राखेको भए त्यसलाई तत्काल हटाउनुपर्ने छ । आचारसंहिता अनुसार संस्थागत ढंगले वाहेक कुनै उम्मेदवारले सम्मेलनको नाममा कुनै आर्थिक रकम कांहिबाट संकलन वा परिचालन गर्न नपाउने प्रावधान राखिएको छ । आचारसंहितामा अनुसार निर्वाचनको दौरानमा समुहगत (प्यानल बनाएर) रुपमा लिस्ट बनाई वितरण गर्ने पनि पाइने छैन । आचासंहिता उल्लङ्घन गर्नेलाई आयोजक वा प्रतिनिधिवाट निलम्बन गर्ने ब्यवस्था गरिएको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तथा सम्मेलन प्रचारप्रसार समितिका प्रमुख सुरेन्द्र बस्नेतले खबरडबलीलाई बताए। आगामी भाद्र ७–११ गते काठमाडौंमा हुने क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको नेतृत्व चयनका निम्ति पुर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा रहेको निर्वाचन समितिले पेश गरेको हो । क्रान्तिकारीको जारी पदाधिकारी बैठकले पारित गरेपछि आचारसंहिता तत्काल लागू हुने बताइएको छ। निर्वाचन समितिका संयोजक मल्लले क्रान्तिकारी आचरण र संस्कारभित्रै निर्वाचन प्रकृया सम्पन्न गर्न आचारसंहिता ल्याइएको बताए । अाचारसंहिताको पूर्णपाठ

अखिल (क्रान्तिकारी)को एकताको २१ औं राष्ट्रिय सम्मेलनको आचार संहिता, २०७४ प्रस्तावना अखिल (क्रान्तिकारी)को एकताको २१ औं राष्ट्रिय सम्मेलनको नीति तथा कार्यक्रमहरु पारीत गर्न र केन्द्रीय समिति पदाधिकारी तथा सदस्यहरु निर्वाचित गर्न, निर्वाचन समितिले सञ्चालन गर्ने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्नको लागि सरोकारवालाले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्नु वाञ्छनीय भएकोले, अखिल (क्रान्तिकारी)को विधान तथा अखिल (क्रान्तिकारी) निर्वाचन कार्यविधि २०७३ र सो को संशोधित अंश २०७४ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन समितिले यो आचार सहिता निर्माण गरेको छ । अखिल (क्रान्तिकारी)को एकताको २१ औं राष्ट्रिय सम्मेलन आयोजक समितिको कार्यालयको बैठक (२०७४ श्रावन २२) ले पारीत गरे पश््चात यो आचार संहिता लागु भएको छ । परिच्छेद—१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस आचार संहिताको नाम “अखिल (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन आचार संहिता, २०७४” रहेको छ । (२) यो आचार संहिता निर्वाचन समितिले तोकेको निकायलाई तोकेको अवधिभर लागूू हुनेछ । २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आचार संहितामा,– क) “सम्मेलन” भन्नाले अखिल(क्रान्तिकारी) को एकताको २१ औं राष्ट्रिय सम्मेलनलाई बुझ्नु पर्दछ । ख) “कार्यविधि” भन्नाले अखिल(क्रान्तिकारी) निर्वाचन कार्यविधि २०७३ र सो को संशोधिन २०७४ समेतलाई बुझ्नु पर्नेछ । ग) “आयोजक” भन्नाले अखिल(क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलनको आयोजक समितिका पदाधिकारी तथा सदस्यहरु बुझ्नु पर्दछ । घ) “निर्वाचन समिति” भन्नाले (क्रान्तिकारी)को विधान तथा अखिल (क्रान्तिकारी) निर्वाचन कार्यविधि २०७३ र सो को संशोधन २०७४ बमोजिमको निर्वाचन समिति बुझ्नु पर्दछ । ङ) “स्वयम् सेवक” भन्नाले अखिल (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन आयोजक समितिले सिफारिस गरेको र निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागि नियुक्त गरिएको स्वयम्सेवक सम्झनु पर्दछ । च) “निर्वाचन” भन्नाले अखिल (क्रान्तिकारी)को निर्वाचन कार्यविधि बमोजिम निर्वाचन समितिले गराउनुपर्ने निर्वाचन सम्झनु पर्छ । छ) “निर्वाचन अधिकृत” भन्नाले अखिल (क्रान्तिकारी)को निर्वाचन कार्यविधि बमोजिम निर्वाचन समितिबाट नियुक्त भएको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत बुझनु पर्छ । ज) “प्रतिनिधि” भन्नाले अखिल (क्रान्तिकारी) निर्वाचन कार्यविधि अनुसार निर्वाचित वा मनोनित गरिएको व्यक्तिलाई बुभ्mनु पर्छ झ) “पर्यवेक्षक” भन्नाले सम्मेलनको र निर्वाचनको समयमा पर्यवेक्षण गर्न निर्वाचन समितिबाट अनुमतिप्राप्त व्यक्ति बुझ्नुपर्छ । ञ) “मतदाता” भन्नाले (ज) बमोजिमका प्रतिनिधि नामावलीमा नाम दर्ता भएको व्यक्ति बुभ्नु पर्छ । ट) “उमेदवार” भन्नाले अखिल (क्रान्तिकारी) निर्वाचन कार्यविधि अनुसार सम्मेलनबाट विभिन्न पदमा निर्वाचित हुन पाउँ भनि निर्वाचन समितिमा उमेदवारी दर्ता गराएका व्यक्तिलाई बुभ्mनुपर्छ ठ) “सम्बन्धित व्यक्ति” भन्नाले उम्मेदवारको तर्फबाट निर्वाचन प्रक्रियामा संलग्न व्यक्ति बुझ्नुपर्छ र सो शब्दले उम्मेदवारको निर्वाचन प्रतिनिधि समेत जनाउँछ । ड) “सार्वजनिक पद धारण गरेको व्यक्ति” भन्नाले संविधान, प्रचलित कानून वा सम्बन्धित निकाय वा अधिकारीको निर्णय वा आदेशबमोजिम कुनै सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्य पालना गर्नुपर्ने वा दायित्व निर्वाह गर्नुपर्ने पदमा बहाल रहेको व्यक्ति सम्झनुपर्छ र सो शब्दले सार्वजनिक संस्थाको कुनै पदमा बहाल रहेको पदाधिकारी, राजैनैतिक नियुक्तिमा रहेका व्यक्ति र कर्मचारीलाई समेत जनाउँछ । तर आंशीक काम(सेवा), दैनीक निर्वाहको लागि गरीने व्यवसाय (शैक्षिक संस्थाबाहेक), र सल्लाहकारी भुमीका रहेका व्यक्तिलाई सार्वजनिक पद धारण गरेको मानिने छैन । ढ) “सामाजिक संजाल” भन्नाले फेसबुक, ट्वीटर, लगायतलाई बुझ्नु पर्छ । ण) “गैर सांगठनिक व्यक्ति” भन्नाले राष्ट्रिय सम्मेलनमा उपस्थित हुन अयोग्यता भएको व्यक्तिलाई बुभ्नु पर्छ । परिच्छेद – २ सम्मेलनको मिति घोषणा भई संगठनको आधिकारीक निकायको सहमतिमा निर्वाचन समितिले जारी गरीएको समय देखि लागु हुने आचार संहिता ३. सम्मेलन आयोजक तथा प्रतिनिधिहरुले पालना गर्नुपर्ने आचार संहिताः क) सम्मेलनको नाममा कुनै पनि आयोजक तथा प्रतिनिधिले व्यक्तिगत रुपमा आर्थीक संकलन तथा परिचालन गर्न पाइने छैन । ख) उम्मेदवार मनोनयन दर्ता हुनु भन्दा अगाडि कुनै पनि आयोजक वा प्रतिनिधिले आफ्नो उम्मेदवारी रहेको, भएको, हुने दावी गर्दै विभिन्न संचार माध्याम, सामाजीक संजाल, भित्तेलेखन, पोष्टरीङ, फलेक्स व्यानर, सार्वजनिक लविङ र लविङ प्रेरीत लेख रचनाहरुको प्रकाशन र प्रशारण तथा संचार माध्यममा गरिने अन्र्तवार्ता आदीको माध्यामबाट प्रचार प्रसार गर्न, गराउन, सहयोगी बन्न पाइने छैन । तर संगठनको विचार, सिद्धान्त, नीति तथा कार्यक्रम र त्यसको प्रभावकारीता सम्वन्धि लेखिएको रचना र गरीएको अन्र्तवार्तालाई सार्वजनिक लविङ मानिने छैन । ग) यदी यो आचारसंहिता जारी हुनु अगावै कुनै पनि आयोजक तथा प्रतिनिििधले सामाजीक संजाल र अन्य संचारका माध्यामहरुमा ३ (ख) मा उल्लेखित कार्य भएको अवस्थामा तुरुन्त सम्वन्धित व्यक्तिले त्यस प्रकारका प्रचार प्रसार र लविङलाई हटाउनु पर्नेछ । घ) आयोजक वा प्रतिनिधिले संगठनको संस्थागत र संरचनागत जिम्मेवारी भन्दा बाहिर गई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कुनै पनि प्रकारका समुहगत भेला, छलफल, जुलुश, सभा, भोज भतेर गर्नु गराउनु हुदैन, पाईदैन । परिच्छेद – ४ ४. सम्मेलन उदघाटन देखि लागु हुने आचार संहिताः क) बन्द सत्रमा प्रस्तुत भएको कार्यतालिका र कार्यक्रम भन्दा बाहिर गई कुनै पनि प्रकारको अन्य कार्य गर्न हुदैन, पाईदैन । ख) बन्द सत्रमा प्रस्तुत छलफलका विषयबस्तुलाई निर्वाचन, पद को विषयसँग जोडि छलफलको मर्मलाई तोडमोड गर्न हुदैन, पाईदैन । ग) व्यक्तिगत जीवन, व्यक्तिगत चरीत्र, जातिगत, धार्मिक, लैंगीक, क्षेत्रगत आधारमा कसैको चरीत्र हत्या गर्नु हुदैन, पाईदैन । घ) कायातालिका बमोजिमको कार्य सम्पादनमा प्रभाव पार्ने गरी कसैले समुहगत हुल हुज्जतकोलागि दुरुत्साहन गर्नु, सहभागी हुनु, कार्य गर्नु हुदैन, पाईदैन । परिच्छेद – ५ निर्वाचन आचारसंहिता ५. आचार संहिता लागू हुने १) यो आचार संहिता देहायका संस्था, व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ क) निर्वाचनको काममा संलग्न निर्वाचन समिति र कर्मचारी, ख) मातृ पार्टी, र यसका सवै भातृ संगठन, ग) उम्मेदवार तथा सम्बन्धित व्यक्ति, घ) प्रतिनिधि तथा पर्यवेक्षक ङ) निर्वाचन समितिले तोकेका अन्य निकाय वा व्यक्ति । (२) निर्वाचन समितिले उपदफा (१) बमोजिमका संस्था, व्यक्ति, निकाय तथा अधिकारीलाई यो आचार संहिता लागू हुनेछ ।” ६. उम्मेदवार, तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण -!_सामान्य आचरण उम्मेदवार, तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने सामान्य आचरण देहायबमोजिम रहेका छन् क) धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, वर्ग, क्षेत्र वा समुदायको आधारमा घृणा वा द्वेष उत्पन्न हुने गरी कुनै क्रियाकलाप गर्न वा गराउन नहुने, ख) उम्मेदवार वा सम्मेलनमा प्रतिनिधिको निजी जीवनलाई आघात पर्ने गरी आलोचना गर्न नहुने, ग) कुनै साम्प्रदायिक भावना फैलाउने गरी मत माग्न वा प्रचार प्रसार गर्न वा गराउन नहुने, घ) प्रचलित कानून तथा निर्वाचन समितिले तोकेबमोजिम निर्वाचनसम्बन्धी कसूर मानिने कार्य गर्न वा गराउन वा त्यस्तो कार्य गर्न उक्साउन नहुने, नपाईने ङ) प्रतिनिधि/मतदातालाई नगद, जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न तथा प्रचलित कानुनले सार्वजनिक रुपले सेवन गर्न प्रतिबन्धित गरीएका कुनै पनि बस्तु तथा पदार्थको प्रयोग गर्न, गराउन वा सेवन गर्न वा वितरण गर्न वा गराउन नहुने, नपाइएने च) निर्वाचनसम्बन्धी प्रचार–प्रसारको लागि सामाजिक संजाल वा भौतिक संरचना लगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा, तुल, व्यानर, फोटो पोष्ट गर्न टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने, नपाईने । छ) निर्वाचनमा समुह तयार गरी मनोनयन दर्ता र प्रचार प्रसार गर्न हुदैन । ज) प्रचलित कानूनबमोजिम निषेध गरेको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसार गर्न वा गराउन नहुने, झ) उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवारको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने । ञ) निर्वाचन समितले तोकेको समय सिमा, स्थल र तोकेको ढाँचामा मात्र निर्वाचन प्रचार प्रशार गर्नु पर्नेछ । २) मतदानको दिन पालना गर्नुपर्ने आचरण क) मतदातालाई शान्तिपूर्वक मताधिकारको प्रयोग गर्न दिनुपर्ने, ख) मतदानमा खटिएका स्वयम् सेवक र सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने, ग) मतदान केन्द्रमा रहेको उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा सङ्केत नभएको पहिरन, परिचयपत्र र व्याजमात्र प्रयोग गर्नुपर्ने, घ) उम्मेदवार, मतदाता, प्रचलित कानूनले अनुमति दिएका व्यक्ति, निर्वाचन समितिले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने, ङ) मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले कुनै काम गर्न वा गराउन नहुने । ३) अन्य आचरण १) उम्मेदवारले आफ्नो फोटो सहितको व्यतिmगत विवरण उम्मेदवारीे दर्ता गर्दा सम्बन्धित निर्वाचन अधिकृतसमक्ष बुझाउनु पर्ने । ४) पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण निर्वाचनको पर्यवेक्षण गर्न खटिने पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण देहाय बमोजिम रहेका छन् । क) विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा–भाषी, क्षेत्र र संस्कृतिको सम्मान गर्नुपर्ने, ख) निष्पक्ष, तटस्थ र विश्वसनीय भएर पर्यवेक्षण गर्नुपर्ने, ग) निर्वाचनको कार्यलाई बाधा पुग्ने कुनै काम गर्नु नहुने, घ) पर्यवेक्षणको क्रममा आफ्नो पहिचान खुलाउनुपर्ने, ङ) उम्मेदवारकोे पक्ष वा विपक्षमा सार्वजनिकरुपमा वा सञ्चार माध्यममा कुनै किसिमको टिप्पणी गर्न नहुने, च) अनुमति प्राप्त क्षेत्रमामात्र पर्यवेक्षण गर्नुपर्ने, छ) प्रतिवेदन तयार गर्दा निष्पक्ष ढङ्गले तथ्यमा आधारित भएर गर्नुपर्ने, ज) उम्मेदवार, स्वयंसेबक वा अन्य व्यक्तिसँग उपहार वा अन्य कुनै सामान लेनदेन गर्न नहुने । परिच्छेद—६ विविध ७. अनुगमन संयन्त्र (१) निर्वाचन समितिले निर्वाचन आचार संहिता कार्यान्वयनका लागि निर्वाचन कार्यविधि बमोजिमको अनुगमन संयन्त्र निर्माण गर्नेछ । ८. आचार संहिताको व्याख्या यस आचार संहितामो उल्लेख भएका व्यावस्थाहरुको व्याख्या गर्ने अधिकार निर्वाचन समितिमा निहित हुनेछ । २) उपदफा (१) बमोजिम निर्माण गरिएका अनुगमन संयन्त्रको काम, कर्तव्य र अधिकार निर्वाचन समितिले तोके बमोजिम हुनेछ । ९. आचार संहिता विपरित कार्य गरेमा उजुरी गर्ने यस अचार संहिता विपरित कार्य सम्बन्धीत कसैले गर्नु गराउनु हुँदैन । यदि त्यस्तो कार्य कसैले गरेमा थाहा पाउने, देख्ने सरोकारवाला र प्रत्यक्ष प्रभावित जो कसैले निर्वाचन समितिमा प्रमाण सहित उजुरी गर्न सक्नेछ । त्यस्तो उजुरी परेको तत्कालै, र उलंघनको प्रकृतिको आधारमा यथासक्य छिटो निर्णय गर्नु पर्नेछ । १०. कारबाही र सजाय (१) कसैले यस आचार संहिताको उल्लंघन गरेमा निर्वाचन कार्यविधि बमोजिम आचार संहिता उल्लंघन गर्नेलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने र उमेदवारीको खारेजी सम्मको कारबाही हुनेछ । २) दफा ३ (क) को व्यवस्था विपरित कार्य गरेको पाईएमा उक्त रकम निर्वाचन समितिले लिई संगठनको खातामा जम्मा गरी दिनेछ । मितिः २०७४।०४।२३ नोटः आचार संहिता जारी भएको मिति २०७४ श्रावन २३ गते देखि संगठनात्मक कार्यविधिमा कुनै हेरफेर गर्न वा सम्मेलन प्रभावित हुने खालका कुनै पनि निर्णय गर्नु हुदैन ।)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE