Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौ ७ देखिः यस्ता छन छलफल हुने विषय

\"\"काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति करिब तय भइसकेको बताउँदै भ्रमणका कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिए । सञ्चारकर्मीका जिज्ञासामा उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीति र वार्ताका माध्यमले सुमधुर रहिरहोस् भन्ने नेपालको स्पष्ट नीति रहेको बताए । प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय चिनियाँ प्रतिनिधमण्डलको नेपाल भ्रमण हुने र सो भ्रमण नेपालको भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुने उनको भनाइ थियो । उपप्रधानमन्त्री महराका अनुसार यही साउन २६ गतेदेखि नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य मुलुकको मन्त्रिस्तरीय सम्मेलन हुने छ । त्यसको आवश्यक तयारी भइरहेको छ । सम्मेलनमा सातै सदस्य मुलुकका विदेशमन्त्री वा सो सरहको सहभागिता रहनेछ । मन्त्रिस्तरीय सम्मेलनपछि बिमस्टेकको शिखर सम्मेलनसमेत आयोजना गरिने छ । आर्थिक कूटनीतिमा जोड उपप्रधानमन्त्री महराले अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्मान र प्रतिष्ठा अझ माथि उठाउने र समृद्ध नेपालका लागि आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालन गर्ने मुलकको परराष्ट्रसम्बन्धी तत्कालीन प्रमुख लक्ष्य भएको बताए । ‘मौलिक, स्वतन्त्र र स्वाधीन नेपाली पराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्मान र राष्ट्रिय समृद्धिका लागि कूटनीति’ भन्ने नाराका साथ तत्कालीन कार्ययोजना सार्वजनिक गरिएको छ । कार्ययोजनामा दुवै छिमेकी मुलुकसँग हालैका वर्षमा सम्पन्न गरिएका सन्धिसम्झौता र समझदारीको कार्यान्वयनको व्यवस्था मिलाइने उल्लेख छ । साथै चीन सरकारसँग हस्ताक्षर गरिएको ‘एक क्षेत्र एक मार्ग’ (ओबोर)बाट मुलुकले अधिकतम लाभ लिन अन्तरमन्त्रालय वा निकाय संयन्त्र बनाई ठोस अधिकार र जिम्मेवारी दिइने उपप्रधानमन्त्री महराले बताए । कार्ययोजनामा परराष्ट्र मन्त्रालयको संरचनात्मक सुधारका लागि मन्त्रालयमा नियमित रुपमा कर्मचारी, राजदूत तथा विज्ञबाट समसामयिक एवं परराष्ट्र नीतिका दृष्टिकोणबाट महत्पूर्ण विषयमा अन्तरक्रिया गराइने व्यवस्था मिलाइने उ्रल्लेख छ । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा कूटनीतिक क्षेत्रका अनुभवी व्यक्तित्वको क्षमता र अनुभवबाट राष्ट्रले लाभ लिन सक्ने गरी सल्लाहकार समिति बनाई काम गरिने मन्त्रालयको योजना छ । वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र सम्मानित बनाउन सम्बन्धित निकायसँग समन्वय गरी काम गरिने र त्यसका लागि नेपाली नियोगलाई प्रभावकारी रुपमा परिचालन गरिने छ । उप्रधानमन्त्री महराले अन्तर्राष्ट्रिय मञ्चमा भूपरिवेष्ठित देशको समूहलाई प्रभावकारी बनाउन पहल गरिने बताए । नेपालको संविधानमासार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्र संघको बडापत्र, अंसलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परारष्ट्र नीति सञ्चालन गरिने उल्लेख छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE