Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

पछि आउँछौं भनेका छोरीहरुलार्इ कहिल्यै नआउने गरि सडकले निलेपछि...

\"\"रौतहट । घाँस काट्न घरबाट निस्केका एक्कै परिवारका चार जना छोरीहरु शनिवार सडकमा जमेको पानीमा डुबेर ज्यान गएपछि रौतहटको गरुडा शोकमग्न भएको छ । सडक बनाउँदा छेउमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गुमाएपछि चार जनाको शनिवार ज्यान गएको थियो । दुई छोरी गुमाएपछि बेला-बेला मुर्छित भइरहने रामरती साह होस आउँदा भक्कानिएर रुन्छिन् । राम एकबाल साहकी दुई छोरी र उनका भाइहरु योगेन्द्र र प्रेमका एक-एकजना छोरी बिहान घाँस काट्न घरबाट निस्केका थिए । उनका अनुसार खेतमा बिहान उनले छोरीहरुलाई घर जान भनेका थिए । छोरीहरुबाट \'पछि आउँछौं\' भन्ने जवाफपछि उनी घर फर्किए । तर छोरीहरु कहिल्यै नफर्किने गरी बिदा भइसकेका रहेछन् । दिउँसोसम्म नफर्केपछि खोजी शुरु गर्दा पानीले भरिएको खाल्डोमा चारैजना छोरीहरु मृत अवस्थामा तैरिरहेका भेटिएका थिए । शनिबारको दुखान्त घटनापछि शोकमा डुबेको गाउँमा आइतबार दिउँसोसम्म चुल्हो नबलेको बताउँदै स्थानीय एक महिला पार्वती देवीले भनिन्, \"बालिकाको घरपरिवारका मात्र होइन, टोलका कसैले केही खाएका छैनन् ।\" राम एकबाल साहका अनुसार सडक बनाउने बाटो बाहिरबाट ल्याउ भन्दा पनि ठेकेदारले मानेनन् । र, उनी समेतको जग्गाको माटो खनेर प्रयोग गर्दा खाल्डो परेको थियो । रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार सडक निर्माणको ठेक्का लिएका प्रह्लाद साहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले सडक निर्माणको जिम्मा लिएको दुर्गा निर्माण सेवाको लापरवाही तथा सडक विभागले अनुगमन नगरेकाले उक्त घटना भएको प्रारम्भिक प्रतिक्रिया दिए । तर डिभिजन सडक कार्यालय रौतहटका प्रमुख सुमन योगेशले सडक बनाउँदा जहाँबाट भए पनि माटो ल्याउनुपर्ने समझदारी ठेकेदारसँग गरिएको र जग्गाधनीको असहमति विना ठेकेदारले निजी जग्गाको माटो प्रयोग गर्न नपाउने बताए । उनले भने, \"सहमतिमा खाल्डो कहिले कसले पुर्ने भन्ने जग्गाधनी र ठेकेदारबीचको सहमतिमा भर पर्छ। तर जग्गाधनीको अहसमति थियो भन्ने कुरा अहिलेसम्म हामीकहाँ आएको छैन ।\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE