Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

के हो ‘टा–टा टावेल ब्रा’ ? जसले संसारभरी मच्चायो हंगामा (भिडियोसहित)

\"\"महिलाहरुले लगाउने ब्रा र बजारको पुरानो सम्बन्ध छ । खासगरी महिलाहरुको सौन्दर्यसँग जोडेर ब्रालाई बजारको अण्डर गार्मेन्ट नाफामूलक बस्तुका रुपमा पस्किँदै आएका छन् कम्पनीहरु । तर यतिखेर एउटा नयाँ ब्राले यो बजारमा हमला बोलेको छ । ‘टा–टा टावेल’ नामले चर्चित यो ब्राका बारेमा विश्वव्यापी बहस नै चलेको छ । महिला, पुरुष, अधिकारकर्मी, कम्पनीहरुबीच यो बहसले स्थान लिएको बिबिसीमा प्रकाशित रिपोर्टमा उल्लेख छ । यतिखेर बहसको केन्द्र बनेको सोशल मिडिया । यसका समर्थकदेखि बिरोधीहरुसम्मको चर्चाले ब्राले भने मज्जाको व्यापार पाएको छ । के हो टाटा टावेल ? टाटा टावेल एउटा नयाँ डिजाइनको ब्रा हो । तर यो ब्रा भने अहिलेसम्मका ब्रा भन्दा फरक छ । यसअघिका अधिकांश ब्राहरु महिलाहरुको स्तनलाई आकर्षक र सेक्सी देखाउन नै बनेका थिए । यसमा भने महिलाहरुलाई सजिलो हुने किसिमले बनाइएको छ । पसीना नआउने, बच्चालार्इ दूध चुसाउन सजिलो हुने, लगाउन र झिक्न सजिलो हुने यसको विशेषता हो । कतिपयले यसलाई स्तन कोक्रोको संज्ञा पनि दिएका छन् । डिजाइनका हिसाबले यो हल्टर नेक बिकनी जस्तै लाग्छ । यो लगाउने मान्छेको घाँटीमा टिकेको हुन्छ । महिलाहरुद्वारा स्वागत महिलाहरुले भने यो ब्राको स्वागत गरेको बिबिसीले जनाएको छ । खासगरी बच्चालार्इ दूध खुवाउन यो ब्रा निकै राम्रो भएको उनीहरुको टिप्पणी छ । बच्चाले घरबाहिर दुध खान खोज्दा परम्परागत ब्राबाट स्तन झिक्नु त्यति सहज नहुने अवस्थामा यो ब्रा भने सजिलो हुने उनीहरुको टिप्पणी छ । यो ब्राले महिलाहरुको स्तनलाई आकर्षक चाहिँ देखाउँदैन । तर अहिलेको चर्चा हेर्दा यो एउटा मुख्य ब्रा ब्राण्ड बन्नेमा भने शंका गर्नु पर्दैन । टाटा टावेल बनाउने एरिक रोबर्टसनका अनुसार लस एन्जेल्समा रहेको बेला नुहाएर बाथरुमबाट बाहिर आउँदा उनको स्तनमा पसीना आउन थाल्यो । एयर कण्डिशन नभएको कारण पसीनाले समस्या गरेपनि पाउडर लगाएपनि पसीना नसुकेपछि यो ब्राको आवीस्कार भएको उनले बताइन । “मैले तौलिया राखेँ स्तनमुनि” उनी भन्छिन, “तर पसीना रोकिएन, पाउडर लगाएर टि शर्ट लगाएपछि झन बढी पसीना आयो । त्यसपछि मैले यो ब्राको कन्सेप्ट सोचेँ र तयार गरेँ ।” ब्राका बारेमा कम उमेरका महिलाहरुका बीचमा बढी चर्चा र चासो देखिँदै आएको बेला यो ब्राले भने उमेर पुगेका महिलाहरुबीच समेत ब्राको चर्चा भित्र्याएको बिबिसीको टिप्पणी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies