Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

‘रेणुविरुद्ध आत्महत्या गर्नेदेखि मलामी जाने तयारीसम्म’

\"\"काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी हुनपूर्व नै नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी उम्मेद्वार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमा गाली र अपशब्दको बर्षा नै चल्यो । ताकि अहिले नेकपा एमालेका कार्यकर्ताहरुले सामाजिक सञ्जाल रेणु दाहालविरुद्ध रंग्याएका छन् । त्यसो त उनलाई बधाइ दिनेहरु पनि कम भने छैनन् । \"\" रेणु मेयर पदमा विजयी हुनअघि प्रकाश अधिकारीले सामाजिक सञ्जाल फेसबुकबाट नेकपा एमाले बौद्धिक समूहको गु्रपमा स्ट्याटस पोष्ट गरे ‘प्रचण्ड पुत्रीले मेयरमा जिति भने त आत्महत्या गरेरै मर्छु बरु ।’ यो स्ट्याटस रेणुले जित्नु भन्दा अघि नै पोष्ट गरिएको हो । स्ट्याटस हेर्दा लाग्छ अधिकारी नेकपा एमालेका कार्यकर्ता हुन् । यसरी कसैले जित्यो या हार्यो भने आत्महत्या गर्छ भन्ने जस्ता स्ट्याटसले गर्दा अधिकारी मात्रै होईन अरुले पनि यस्तै सिक्छन् । र, भोलि जो कोहिले पनि आत्महत्या गर्न सक्छ । त्यसैले सामाजिक सञ्जालको दुरुपयोग होईन, सदुपयोग गर्न जरुर छ । त्यसो त रेणु दाहाल मेयरमा विजयी भइसकेपछि निरज श्रेष्ठ नामक फेसबुक एकाउण्टबाट अर्को स्ट्याटस पोष्ट भयो । श्रेष्ठले दाहाललाई अश्लिल शब्द प्रयोग गरेका छन् । उक्त स्ट्याटसमा रेणुलाई श्रदाञ्जलीसमेत दिइएको छ । श्रेष्ठले स्ट्याटसको अन्तिममा लेखेका छन् ‘मलामीको तयारी गर्दैछु ।’ \"\" सामाजिक सञ्जाल अचेल सदुयोग भन्दा दुरुपयोग नै बढि भएको देखिन्छ । कसैलाई गाली गर्नु परे फेसबुक ट्वीटर नै बढि प्रयोग भएको पाइन्छ । कोहि कसैलाई अश्लिल गाली गलौज गर्दा कानु लाग्ने ठान्दा ठान्दै पनि फेसबुकमा समाजमा पच्नै नसक्ने शब्दहरु प्रयोग गरिएको छ । रेणु त एउटा पछिललो उदाहरण हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध पनि फेसबुकमा अश्लिल शब्द प्रयोग गरेर गाली गर्ने कम थिएनन् । भण्डारीलाई अश्लिल शब्दले गाली गर्नेलाई प्रहरीले प्रक्राउ गरिसकेको छ । तर यसअघि रेणुलाई नै अश्लिल शब्द प्रयोग गर्ने निरब ज्ञवाली भने २५ हजार धरौटीमा छुटिसकेका छन् । भरतपुर महानगरपालिकाको मेयर पदमा एमालेका उम्मद्वार देवी ज्ञवालीलार्इ २०३ मत अन्तर हराउँदै रेणु विजयी भएपछि उनीबिरूद्द सामाजिक सञ्जालमा एमाले कार्यकर्ता खनिएका हुन् । जेठ १४ गते विवादका कारण मतपत्र च्यातिएपछि भरतपुर-१९ मा शुक्रवार मतदान भएको थियो । भरतपुरको मेयरमा माअोवादी नेतृ रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह निर्वाचित भएका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending