Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

काठेपुलसिहत दर्जनौं भोलुङ्गे पुल बगाएपछि...

[caption id=\"attachment_143301\" align=\"alignleft\" width=\"750\"]\"\" फाइृल फोटो[/caption] डोल्पा । उपल्लो डोल्पाका विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या उत्पन्न भएको छ । ठूलीभेरीको उद्गमस्थल मानिने उपल्लो डोल्पाका विभिन्न स्थान हुँदे आउने भेरी नदीमा विगत वर्षभन्दा यस वर्ष पानीको बहाव उच्च भएपछि ठाउँ ठाउँमा क्षति पुर्याएको स्थानीयवासी ओम गुरुङले बताए । साउन लागेदेखि मात्रै उपल्लो डोल्पामा दर्जनभन्दा धेरै काठेपुलसहित एक झोलुंगे पुल बगाएको छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताएका छन् । बाढीको उच्च बहावले छार्काताङसोङ गाउँपालिका मुकोट कागकोटमा पर्ने भेरी नदीमा रहेको पुरानो झोलुंगे पुलसमेत बगाएको छ । भारी वर्षात्सँगै ठूलोभेरी नदीमा आएको बाढीले फलामे पुलसमेत बगाएको उनको भनाइ छ । विभिन्न स्थानमा लगाइएको काठेपुल तथा झोलुंगे पुल बगाएपछि उपल्लो डोल्पाका छार्काताङसोङ, डोल्पो बुद्धलगायत गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा आवतजावत गर्न समस्या भएको छ । यसबाट यार्सागुम्बा व्यापारका लागि छिमेकी चीनको तिब्बत जाने व्यापारीलाई मर्का परेको छ । वर्षौदेखि सञ्चारविहीन उपल्लो डोल्पाका लागि नेपाल खाद्य संस्थानले उपलब्ध गराएको नुन तथा चामल वितरण गरिने समय यतिखेर नै परेको छ । उपल्लो डोल्पाका लागि खाद्यान्न तल्लो डोल्पामा पर्ने हवाई मार्ग तथा पैदल मार्गबाट ढुवानी गर्न ढिला हुनाका साथै ढुवानी रकमसमेत महंँगो पर्ने भएकाले हरेक वर्ष काठमाडाँैबाट चीनका केरुङ तथा क्याटु नाकाबाट ढुवानी हुने गरेको नेपाल खाद्य संस्थान डोल्पा प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए । क्याटु तथा केरुङबाट खाद्यान्न लैजानका लागि चीनसँग सडक अनुमति मागिए पनि अनुमति नआएको जोशीले बताए । गत आवमा उपल्लो डोल्पाका लागि चार हजार ५०० क्वीन्टल खाद्यान्न स्वीकृत भएको थियो ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE